अलि–अलि चन्चले अलि–अलि चकचके तर आमा बुवाले भनेको मान्ने १० वर्षीय सृजना सिंह जि.एच.पि सेकेन्ड्री स्कुलको कक्षा ५ मा अध्ययनरत छात्रा हुन । सामुदायिक विद्यालय घरदेखि टाढा भएको र पु¥याउन र ल्याउन गाह्रो हुने भएकोले निजि विद्यालयमा राखेको उसकी आमा विभाले बताईन् । बुवा अभिमन्यू प्रसाद एम आर हुन् भने आमा विभा देवी सिंह गृहणी हुन् । दुई सन्तान मध्यकी पहिलो सनतान हुन् सृजना। सृजनाका वर्षीय भाई छन् । भाइ आर्यन पनि सोहि विद्यालयको कक्षा ३ मा अध्ययनरत छन् । हाल वीरगंज महानगरपालिकाको वडा नं. १५ स्थित आफ्नो परिवार संगै वसोवास गर्दै आएकी छिन् उनी ।
सबै साथीहरु भmगडालु भएकाले कोही पनि बेस्ट फ्रेन्ड नबनाएकी सृजना पढ्न भन्दा बढी खेल्न रुचाउछिन् । स–सानो कुराहरुमा पनि धेरै खुसि हुने सृजना बढी पूजा पाठमा रुचि देखाउछिन् । त्यो बाहेक विद्यालयमा हुने अन्य अतिरिक्त क्रियाकलापहरुमा पनि चासो छ उसको । फेशन सो, हाजिरी जवाफ, गायन प्रतियोगितामा आफू सरिक हुने गरेको उनले बताईन् । नयाँ नयाँ कुराहरु पढ्न र जान्न पाउँने भएकोले विज्ञान विषय आफूलाई मन परेपनि नेपाली गणित गाह्रो लाग्ने बताउँछिन् । त्यस्तै आफूलाई बुझाएर पढाउने खुश्बु मिस आफ्नो बेस्ट मिस भएको पनि जानकारी गराईन ।
घरमा पाकेका खानेकुरा रमाई रमाई खाने सृजनालाई चाउमिन असाध्यै मन पर्छ । र उसलाई खाना आमालेनै खुवाउनु पर्छ । घरमा हुँदा आफ्नी आमालाई घरको काममा पनि उतिकै सहयोग गर्छिन् । त्यो बाहेक टिभि हेर्दै साईकिल चलाउदै उसको दिन बित्छ । भविष्यमा गायक भन्ने ठूलो सपना छ सृजनाको ।
बच्चा हो चञ्चले र चकचके हुने त उमेर नै हो । तर पनि हामीले भनेपछि मान्छिन् । पढाई भन्दा बढी खेलमा ध्यान भएपनि विद्यालयबाट आएपनि पढ्न बस भन्दा नाई भन्ने बानी छैन् । आफ्नो गृहकार्य सकेर मात्रै खेल्न निस्कने साह्रै राम्रो बानी छ । टिभि हेर्ने र साईकल चलाउने उसको दैनिकी कार्यनै हो । त्यो बाहेक घरको स–सानो काममा मलाई सहयोग पनि गर्छिन् । पूजा पाठमा सबै भन्दा बढी उसको रुचि छ ।
अहिले हामीले केही योजना बनाएका छैनौ । यसको रुचि र ईच्छा पनि बुझेका छैनौ । पढ्दैछ पछि उसको रुचि के मा हुन्छ । त्यसपछि नै थाहा हुन्छ । अहिले निजि विद्यालय सरह कै शिक्षा सामुदायिक विद्यालयले पनि दिई रहेको छ । उनकी आमा विभाले भनिन् । मैले अहिले जति हेरचाह र समय दिएको छु त्यती नै समय सामुदायिक विद्यालयका राखेपछि पनि दिने हो भने सामुदायिक विद्यालयको पढाईलाई नराम्रो भन्न मिल्दैन ।
हामीले पनि यिनीहरुलाई सामुदायिक विद्यालयमै राख्ने भनेका हौ तर सामुदायिक विद्यालय घरदेखि टाढा छ निजि वद्यालयको जस्तो सवारी साधनको व्यवस्था पनि छैन् । जस्ले गर्दा हामीलाई पु¥याउन र ल्याउन समस्या हुन्छ । त्यसैले हामीले निजि विद्यालयका राखेका हौ । आमा विभाले थपिन ।