नेपाली कांग्रेस पर्साले ग्रामिण भेगबाट आउने भारतीय सवारी साधनलाई प्रवेश गर्ने व्यवस्था मिलाउन मांग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ ।
भरतबाट ग्रामिण भेगका नाका हुदै नेपाल भित्रिने भारतीय गाडीहरुलाई चेकजाँचको नाममा अनावश्यक दुःख दिएकोले सिमा जोडिएका पर्साको ग्रामिण भेगका नाकाहरुमा पनि भारतीय सवारी साधन सजिलै आउन सक्ने इन्ट्रि गर्ने व्यवस्था मिलाउन मांग गर्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति रमेश पाण्डेको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाईएको हो ।
भारतबाट नेपाल आउने दर्इू÷चार पाङग्रे भारतीय नम्बर प्लेटका सवारी साधनको लागी वीरगंज भन्सार कार्यालयमा मात्र इन्ट्रि गर्ने हुँदा दुबै सिमावर्ती क्षेत्रका मानिसहरुलाई सास्ती खेप्न बाध्यता भएकोले सहजताको लागी पर्साको ग्रामिण भेगमा पनि सवारी साधन इन्ट्रि गर्ने सुविधा मिलाउन कांग्रेसले मांग गरेको छ ।
पर्साको भिस्वा, ठोरी, जानकिटोला, मिर्जापुर, बलुवा, सेण्वा, पाण्डेपुरस्थितको प्रहरी चौकीमा भारतीय नम्बर प्लेटका सवारी साधनलाई इन्ट्रि गर्ने व्यवस्था मिलाउन कांग्रेसले मांग गरेको हो ।
ज्ञापन पत्र बुझाउने क्रममा कांग्रेस पर्सा क्षेत्र नम्बर ४ का सभापति रमेश पाण्डे सहित कांग्रेसका जिल्ला सदस्य नविन सिह, नेता श्रीकान्त यादव, तरुण, बलिस्टर साह, धुरेन्द्र साह, इसराइल देवान लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।