फिजियोथेरापी मेसिनको सहायताले वा शारीरिक कसरतबाट रोग निदान गर्ने तथा पीडा कम गर्न सघाउने उपचार विधि हो । एलोप्याथी अन्तर्गत पर्ने यो विधि धेरै किसिमका रोगको उपचारका लागि उपयुक्त रहेको वीरगजकै पहिलो मोर्डन फिजियोथेरापी संचालक एवम डाक्टर सत्यनारायण कुमार सिंह बताउछन । फिजियोथेरापीले हिँड्न नसक्नेलाई हिँड्न सक्ने बनाउनुका साथै विभिन्न अर्थोपेडिक समस्याको सर्जरीपछि अंगहरूको सञ्चालन क्षमता फर्काउनसमेत सहयोग पुया¥उँछ । फिजियोथेरापी औषधि विज्ञानको महत्वपूर्ण भाग हो । भौतिक चिकित्सा विज्ञान पद्धतिद्वारा यसको उपचार गरिन्छ । फिजियोथेरापी प्रत्येक उमेर समूहका व्यक्तिका लागि एकदमै महत्वपूर्ण उपचार पद्धति रहेको उनले बताए । जसमा औषधिको प्रयोगभन्दा पनि शरीरका जोर्नीहरू, चिसो–तातोको प्रयोग, मांसपेशीका तन्तुलाई चलाएर उपचार गरिन्छ । फिजियोथेरापीको मुख्य काम भनेको मानिसलाई सक्रिय बनाउनु, क्रियाशील बनाउनु, रोगीको अवस्थालाई पुरानै जीवनशैलीमा ल्याउन मद्दत गर्नु हो । कतिपय अवस्थामा एउटा रोगको कारणले शरीरका विभिन्न अंगमा असर पारिरहेको हुन्छ । जसले गर्दा मानिसको जीवनशैलीमा नकारात्मक असर पु¥याइरहेको हुन्छ । औषधिको प्रयोगविना विभिन्न तरिकाबाट गरिने थेरापीले बिरामीलाई स्वस्थ बनाउन मद्दत गर्नेमा समेत उनले जोड दिए । हाडजोर्नी तथा नसासम्बन्धी समस्या लिएर आउने बिरामीमा प्रायःजसो हड्डी खिइएर नसा च्यापिएका, घाँटीको हड्डी खिइएका, हड्डी कमजोर भएका, क्याल्सियमको कमीले हड्डी बांगिने र कति त जन्मजात हड्डी बांगिएका हुन्छन् । यस्तै, कम्मरमा हड्डी खिइने वा उमेरअनुसार हड्डी खिइएर नसा च्यापिने बढी हुन्छन् । कसैमा काम गर्ने तरिका नमिलेर या मांसपेशी कमजोर भएर समस्या देखिने गरेको बिगत लामो समयदेखीको अनुभव रहेको उनले बताए । वीरगजकै पहिलो मोर्डन फिजियोथेरापी संचालक एवम बरिष्ट फिजियोथेरेपिस्ट डाक्टर सत्यनारायण सिंह संग गरिएको कुराकानी
१) के हो फिजियोथेरापी कस्तो उपचार पद्दती हो ?
यो आजको पद्दति होईन । यो धेरे पुरानो पद्दति हो । व्यायमको माध्यमबाट मांशपेसिहरुलाई सक्रिय बनाएर जागरुक गर्ने उपचार विधिलाई नै हामीले भौतिक चिकित्सक वा फिजियोथेरेपि भन्छौ । मुख्यतः यसमा व्यायम, ईलेक्ट्रिकल थेरेपि र हाईड्रो थेरेपि को सहयोगले गरिन्छ । फिजियोथेरेपि पद्दतिमा नशा, हाडजोर्नी र मांसपेसिको उपचार गरिनछ । सर्जिकल बाहेकका कुनै पनि किसिमको दुखाई फिजियोथेरेपिको उपचार पद्दतिबाट निमूर्ल पार्न सक्छौ ।
२) योग र फिजियोथेरापि एउटै हो ?
हिपोग्रेटसको समय देखि नै थेरापीलाई मानिन्छ । यसको सुरुवा डाटा अनुसार १८१३ मा रोयल सेन्ट्रल ईन्टिच्यूट अफ जिम्नास्टिक मा भएको थियो । १८८७ मा नेशनल बोर्ड अफ हेल्थ वेलफियर भनेर स्विडेनमा स्थापना भयो । त्यसपछि १८९४ मा ब्रिटेनमा सेन्ट्रल सोसाईटि अफ फिजियो थेरापि भनेर स्थापना भयो यो पहिलो सोसाईटी हो । १९१३ मा न्यूजिल्याण्डले ग¥यो । १९१४ मा यू एस ए को कोल्यान्डले ग¥यो । भारत र नेपालमा १९४० पछि सुरुवात भएको हो । नेपालमा सबैभन्दा पहिला टिचिङ्ग मा सुरु भएको थियो । तर नेपाल सरकारले २०५२ मा पहिलो दरबन्दीको व्यवस्था गरेको थियो ।
३) २०५२ देखि सुरु भएको भन्नु भयो फिजियोथेरापी सुरु भएको दुई दशक बितिसक्दा पनि फिजियोथेरापिको बारेमा प्रचारप्रसार हुन् नसक्नुका कारण के हो ?
फिजियोथेरापिको प्रचारप्रसार पनि कम छ र जनसमुदायमा यसबारेमा चेतना पनि छैन् । जनचेतना हाम्रो पक्षबाट पनि भएन र अरु पक्षले पनि यसालाई संम्प्रेस गरेर राख्यो । २०५२ मा नेपाल सरकारले केही अस्पतालहरुमा जस्तै वीर अस्पताल, जनकपुर अस्पताल नारायणी उप–क्षेत्रीय अस्पताल लगायतका अञ्चल स्तरीय अस्पतालहरुमा फिजियोथेरापिको पाँचौ तहको दरबन्दी सृजना ग¥यो । त्यसपछि नेपालसरकारले सातौ तहको दरबंन्दी पनि सृजना गरेको थियो तर पद पूर्ति गरेन । म लाई लाग्छ २०६५–०६६ सालमा नेपाल सरकारले पहिलो पल्ट सातौं तहको दरबंन्दीको पद पूर्ति ग¥यो । पहिला यहाँ शिक्षा पनि थिएन छिमेकी मूलूकबाट अध्ययन गर्नु पथ्यो । तर अहिले सरकारले पनि धमाधम जिल्ला अस्पतालदेखि अञ्चल अस्पताल सम्मको दरबंदी खुलायो धामाधम फिपजयोथेरोपिस्टहरु आउँन थाले । अहिले हरेक शहरमा ६ भन्दा बढी फिजियोथेरापिहरु खुलेका छन् ।
४) बिगत कति समयदेखी तपाई यो पेशाामा आबद्ध हुनु भयो ?
२०६१ सालमा नारायणी उपक्षेत्रीय अस्पतालमा विकास समितिको तर्फबाट पाँचौंतहको दरबंन्दीमा म आए । नियमित म अहिले पनि त्यही छु छैटौ तहमा । २०६१ सालदेखिनै मैले विधिवत रुपमा नारायणीमा सुरुवात गरे । त्यसबाहेक नेशनलमेडिकल कलेजमा पनि गएर सेवा दिएको छु । २०६२ मा मैले मोर्डन फिजियोथेरापी नाम दिएर आफ्नो फिजियोथेररापी खोले । म आएको २, ३ वर्ष पछि नै अरु फिजियोथेरेपिस्टहरु आउनु भयो ।
५) पहिला र अहिले कत्तिको फरक पाउनु भएको छ ?
पहिला धेरै गाह्रो थियो । डाक्टरहरुले पनि बिरामी रेफर गर्न मान्दैनथे । फिजियोथेरापिमा तपाइलाई कस्ले पैसा दिन्छ ? भनी प्रश्न गर्थे । मसाजले पनि रोग निको हुन्छ र भन्ने अविश्वास बिरामीहरुमा थियो । तर हामीले हिम्मत हारेनौ । डाक्टरहरुसंग आग्रह ग¥र्यौ । बिरामीहरुलाई काउन्सिलिङ्ग ग¥र्यौ । त्यो समयमा हामीले ३५ रुपैयामा थेराफिको सेवा दिएका थिर्यौ । नारायणि अस्पतालमा २५ थियो भने हामीले अस्पताल बाहिर ३५ रुपैंया चार्ज राखेका थियौं , विस्तारै बिस्तारै जनमानसमा जनचेतना फैलियो । फिजियोथेरापिको बारेमा सकारात्मक सोच र बिश्वास राख्नेको संख्यामा बढोत्तरी भयो । यसमा हामीलेपनि व्यापक प्रचारप्रसार ग¥यौ । यसमा संचारमाध्यम र संचारकर्मीहरुको ठूलै भूमिका रह्यो । सबैको साथ सहयोग पाएर नै आज यो सथान सम्म पुग्न सफल भएको छु । हामी पछिका फिजियोथेरापिस्ट साथीहरुले पनि सत्यनंद जी ले हाम्रो लागि राम्रो प्लेटफर्म बनाईदिनु भएको छ भन्ने प्रशंसा सुन्दा खुशि लाग्छ ।
६) यहाँ कुन उमेर समूहका बिरामिहरु बढी आउने गर्नु हुन्छ ?
खासमा फिजियोथेरापिमा बढी वृद्धसमूहका विरामिहरु नै आउने हो । किनभने वृद्धावस्थामा स्टोप्रोसिस, जोर्निको दुखाई, नसा तथा बाथ सम्बन्धी रोग बढी हुुनेभएकोले वृद्धहरु बढी आउँछन् । तर अहिले सबै उमेर समूहका व्यक्तिहरु आउँछन् । त्यस मध्यमा पनि बढी आउँने भनेको महिलाहरु र वृद्ध उमेर समुहका व्यक्तिहरु हुन् ।
७) यो पद्दतिमा कसरी र के कस्ता उपकरणहरुको प्रयोग गरि बिरामीको उपचार गरिन्छ ?
फिजियोथेरापी उपचार पद्दति जटिल र सरल दुवै छ । यसमा हामीले व्ययाम द्दारा (भौतिक) शारिरीक कार्यहरुबाट उपचार गर्छौ । अर्को हामीले ईलेक्ट्रिक थेरापि गराउँछौ । यसको लागि हामीले विद्युतिय उपकरणहरुको सहयोग लिन्छौ । अर्को भनेको हाईड्रोथेरापी हो । हाईडोथेरापीमा हामीले पानी, बरफ प्रयोगमा ल्याउँछौ । फिजिकलथेरापी, ईलेक्ट्रिकल थेरापी र हाईड्रो थेरापीको मिश्रण नै फिजियोथेरापी हो ।
८) विद्युतिय उपकरणहरुको सहायताले बिरामिलाई उपचार गराउँदा असर हुन्छ कि ? हुदैन ?
हामीले यहाँ कुनै किसीमको औषधि वा रासायनको प्रयोग गर्दैनौ । त्यसैले पनि कु प्रभावको कुनै ठाउँनै रहदैन । यो पूर्ण सुरक्षित छ । तर यदि फिजीयोथेरापिस्टले नै गलत तरिकाले ग¥यो भने असर पर्न सक्छ ।
९) औषधी र फिजियोथेरापीमा फरक के छ ?
औषधी त खानु प¥यो नि तर फिजियोथेरापीमा बिरामिको शरीर भित्रको मुख्य स्रोतलाई सक्रिय बनाएर उपचार गरिन्छ । यसमा कुनै पनि औषधिको प्रयोग हुँदैन । यसमा हात र विद्युतिय उपकरबाट बिरामीको उपचार गरिन्छ ।
१०) फिजियोथेरापीको उपचार खर्च कतिको लाग्छ ?
यो गैर नाफा मूलक संस्था हामीले स्थापना गरेका छौ । नाफा भन्दा पनि बढी बिरामिको स्वास्थयलाई मध्यनजर गरि यो संस्थाको स्थापना गरिएको हो । नेपाल अधिराज्य भरिकै सबैभन्दा कम शुल्क वीरगंजमा छ । हामीले विरामीको अवस्था हेरेर रकम लिने गर्छौ १५० देखि २५० सम्मको शुल्क हामीले लिईरहेका छौ । होम सर्भिसमा पनि हामी अत्यन्तै कम रकममा सेवा प्रवाह गरिरहेका छौ । होम सर्भिसमा हामीले ३०० रुपैया शुल्क लिने गरेका छौ ।
११) बिरामीको चेतनाको स्तर कस्तो पाउँनु भएको छ ?
हामी कहाँ आउने ७० प्रतिशत बिरामीहरु पुर्ण रुपमा जानकार भएर आउँनुस भएको मैले पाएको छु भने ३० प्रतिशत अरुले भनेको सुनेर आउनु हुन्छ । उहाँहरुको मुख्य समस्या भनेकै तुरुन्तै नतिजा खोज्ने हो । एकदिन आउँनु हुन्छ अनि आर्कोदिन मलाई ठिक भएन भन्दै जानुहुन्छ । हामी उहाँहरुलाई सकेसम्म सम्झाउने प्रयास गर्छौ भएन भने फर्काउछौं ।
१२) फिजिरोथेरापिमा आएको विरामीहरुलाई पूर्वावस्थामा फर्किन कति समय लाग्छ ?
यसमा यतिनै समय बस्नु पर्छ भन्ने हुँदैन । बिरामिको प्रकृति हेरर समय लाग्छ । कसैको ५ दिनमै ठिक हुन्छ भने कसैको ३ महिना पनि लाग्न सक्छ ।
१३) अहिले बजारमा फिजियोथेरापीका लागि विभिन्न उपकरणहरु आईसकेको छ । के फिजियोथेराीपको लागि उपकरणहरुकै आवश्यकता पर्ने हो र ?
फिजियोथेरापी स्थको हात नै काफी हुन्छ यसमा अरु यन्त्रहरुको त्यती आवश्यक्ता पर्दैन । म मेरो शब्दमा फिजियोथेरापी भनेको वर्कशप ट्रिटमेन्ट भन्ने बुझ्छु । यसमा हामीले काम गर्नै पर्छ विरामीलाई शारीरिक अध्यास गराउँनै पर्छ । हुनत आजको समयमा विभिन्न मेसिनहरु आईसकेको छ तर ति सबै मसाजका लागि हुन् ती सबै बिरामिहरुका लागि उपयोग हुँदैनन् । कतिपय बिरामीको लागि हातले नै काम गर्नु पर्ने हुन्छ र त्यो एकदमै राम्रो पनि हो ।
अन्त्यमा तपाई के भन्न चाहानु हुन्छ ।
म अन्त्यमा जनसमुदायलाई के भन्न चाहान्छु भने यदि तपाईलाई नशा सम्बधि रोगहरु छ भने फिजियोथेरापिस्ट समक्ष जरुर जानु होला किनभने फिजियो थेरापि एउटा यष्स्तो उपचार विधि हो जस्ले प्यारालाईस भएकाहरुलाई पनि जिवन दिन सक्छि । यस्ता कयौं समस्याबाट गु्रजिरहेका र जीवनबाट हार खाएकाहरुको नयाँ जिवन हो फिजियाथेरापी महंगो पनि छैन् ।