नेपालमा मात्र हैन विश्वको ईतिहासले समेत बताउछ लैङ्गिकता सम्बन्धीको बिषय कति जटिल हो भनेर । विश्वमा आज आन्दोलनकै ईतिहासलाई पल्टाएर हेर्ने हो भने महिला आन्दोलनको स्वरुप भित्र जेण्डर विभेदको आन्दोलनले बढी प्राथमिकता पाएको छ तर पनि यो विभेदको अन्त्यको सम्बन्धमा चर्चा अहिले पनि उस्तै छ जति हिजो थियो । विभेदको अन्तर सम्बन्धी आयाम सहितको लैङ्गिकता नेपालको आजको वास्तविकता हो । महिला आन्दोलनमा लैङ्गिकता सम्बन्धी पहिचान र समावेशिताको बहश अहिले पनि उत्तिकै मात्र छ । यस्ता बहस दिन प्रतिदिन फरक फरक पाटोमा लैङ्गिक असमानताको आन्दोलनले फरक फरक बिषयमा आन्दोलनका आवाजहरु बुलन्द भई नै रहेका छन ।
जीवनमा कतिपय सोचाई अनि भोगाई आफुले चाहे जस्तो नहुन पनि सक्छ । जस्को कारण व्यावहारीक वा शारिरक रुपले दुखी हुन पर्ने कारणले यही जन्म लिन्छ । समय र परिस्थिीति अनुरुप समयको माग अनुसार प्रस्तुत हुन स्वतन्त्रपुर्ण जीवनको लागि समाजमा विभेदपुर्ण जीवन जिउने वातावरणको लागि समान हक र अधिकारका लागि गरिने आन्दोलनले सार्थकता पाउनु पर्दछ । पटक पटक महिला आन्दोलनको प्रमुख मुदा जेण्डर विभेद सम्बन्धी नै हुने गरेका छन् । आजको समाज, परिवर्तन मात्र नभएर समाज रुपान्तरणको लागि जेण्डरताका आन्दोलनमा सबैको सहर्काय आवाश्यक छ । तसर्थ कतिपय आन्दोलन र मुदाहरु बहस गरिरहदा वास्तवमै यी मुदा आजका समाजको प्रमुख मुदा भनिरहँदा यस्ता मुदालाई साझेदारीको आखाँ बाट हेर्नै हो भने न्यायका लागि लामो संर्घष गर्न नपर्ने हो तर हाम्रो समाजमा यहिँ साघुँरो सोच, तत्कालका फाईदा अनि असमानताका दृष्टिकोणको कारण आज पनि लैङ्गिक असमानता बिद्यमान छ ।
महिला आन्दोलनका मुलतः राज्यको संयन्त्रमा महिलाको पहुँच, समान अधिकार, पृति सतात्मक सोच, महिलाले गर्ने कामको सम्मान , जेण्डरता विभेद जस्ता विवध तर संवेदनशील बिषयहरु नै पर्दछन् । भौगोलिक, क्षेत्रिय पृष्ठभुमिबाट उठेका आन्दोलन लैङ्गिक सवाल,र प्रतिनिधित्वमा संवेदनहिल उत्तरदायित्व हुन, । उसो त बिगत र वर्तमानलाई नियाल्ने हो भने आन्दोलन प्रति सहमतिको पाटो समर्थन प्राप्त नभएका भने होईनन् ।
परिवर्तनको तुलनामा महिला प्रति हेरिने वा गरिने व्याबहार सगैँ अधिकारका कुरामा समाज वा राज्य संबेदनशिल देखिन्छ । तर पनि पाउनु पर्ने अधिकारको परिणामको सवालमा अलि कन्जुँसाई पो भएको होकि उता पटि ध्यान जान जरुरी छ । योग्यता र क्षमताको आधारमा राज्यका हरेक संयन्त्रमा महिला सहभागिता अनिवार्य हुन पर्दछ चाहे स्थानिय सरकारमा होस या त केन्दि«य तहमा , समाज परिवर्तन सगँ सगैँ समाजमा बस्ने हरेक मानविय सोचमा समेत परिवर्तन आउनु राम्रो कुरा हो । हिजो सम्म तराई क्षेत्रमा महिला भएकै कारण घरबाट निश्किनु हुदैँन ।
चुलो चौकाको काम, बाल बच्चा स्याहार, घर पविारका सबै सदस्यहरुको सेवा नै घर्म हो वहाँहरुको सामु घुम्टोमा पनि शिर झुकाउनु पर्दछ भन्ने सामाजिक मुल्य मान्यता भन्दा माथी उठेर यी सबै काम सग सगैँ समाज र देश प्रतिको जिम्वेवारीलाई बुझेर बाहिर आउनु एउटा ठुलो परिवर्तन हो । भने दलित महिला तथा न्युन वर्गका महिलाहरुको सोचमा समेत सकारात्मक परिवर्तन आउनुले हिजो र आजमा फरक परिवर्तन पक्कै ल्याएको छ । जातिय विभेद तथा न्युन स्तरका महिलाहरुलाई प्राथमिकताको लाईनमा उभियाउन यहिँ आन्दोनलको कारण सम्भब भएको भन्दा अनुयुक्ति नहोला । जातिय लिङ्गय जस्ता विवेधपुर्ण वाक्यसंहरुका कारण कसै प्रति पनि स्वतन्त्र अधिकार हनन गर्न दिनु हुदैन । आज हामी एक्काईसौ सताब्दीमा आई पुग्दा समेत यस्ता अनावाश्यक साघुँरो सोचमा अल्झिएर बस्नु पक्कै पनि परिवर्तको बाधक बुझ्न आवाश्यक छ ।
महिलाको विविध पहिचान र सवालको कुरा गरिरहँदा कतिपय संदर्भमा एक अर्काप्रतिको आधारभुत तहको बुझाईलाई नै सच्याउन पर्दछ । अस्थिरतालाई अधिकारको रुपमा झागिंन दिनु उचित अभ्यास भने होईन । तर यो सबै कुराहरु उठिरहँदा बिभेद बिरुद्घका सकारात्मक पाटोलाई भने भुल्न हुदैँन जस्तो सरकारी गैरसरकारी र राजनितीक क्षेत्रका महिला आन्दोलनलाई बलियो बनाउन अहिलेको नयाँ पुस्ताका खास गरि युवा पुस्ताका महिला, अभियान्ता,कार्याकर्ता अनुसन्धानकर्ताको कारण आनदोनमा थप उत्साह पुग्नुले वास्तवमा शिक्षाको प्रभाव कै कारण हो किटान गर्न सकिन्छ । तसर्थ हरेक परिवर्तको लागि शिक्षा र चेतना नै हो बुझ्न जरुरी छ ।
गीता भण्डारी a