वीरगंज महानगरपालिका – ११ स्थित रहेको ग्लोबल बिजनेश कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थी र सामुदायिक प्रहरीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुर्लीले सहयोगका आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले सामाजिक अपराध, यसको रोकथाम तथा यसबाट हुने सजायबारे जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी नायब उपरीक्षक शर्माले हाम्रो समाजबाटै अपराध हुने गरेको र हाम्रै समाजका व्यक्तिहरुबाट नै त्यस्ता अपराधलाई न्यूनीकरण गर्न सकिने भएको हुनाले समाजमा हुने अपराधिक गतिविधिलाई न्यूनीकरणका निम्ति नेपाल प्रहरीले सामुदायिक प्रहरीसँग हातेमालो गर्दै अगाडि बढिरहेको बताए ।
समाजमा हुने विभिन्न खाले अपराधिक गतिविधिलाई प्रहरीले एक्लै न्यूनीकरण गर्न नसक्ने भन्दै प्रहरी नायब उपरीक्षक शर्माले यस्ता अपराधिक गतिविधि रोक्नका लागि प्रहरी भन्दा पनि सम्पूर्ण नागरिकको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।
उनले सम्पूर्ण नागरिक विना वर्दीको प्रहरी भएकाले, जहाँ अपराध भइरहेको छ, अर्थात हुने अवस्थमा छ, त्यहाँ प्रहरीलाई तत्काल जानकारी गराई त्यस्ता अपराधीक घटना हुनबाट रोक्नुपर्ने बताएका थिए । समाजलाई सहि दिसामा डो¥याउन विद्यार्थीहरुको पनि उत्तिकै भूमिका रहेको उनको भनाई थियो ।
ग्लोबल विजनस कलेजले विद्यार्थीलाई असल शिक्षा संगै समाजका एक असल नागरिक बनाउन यस्तो कार्यक्रमहरु गर्दै आएका छन् । ग्लोबल बिजनेश कलेजका प्रधानाध्यापक श्रीराम दासको सभापतित्वमा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सचिव कुल नारायण प्रधान (दिलीप प्रधान), डा. अशोक दास, ग्लोबल बिजनेश कलेजका प्रधानाध्यापक ओम प्रकाश श्रेष्ठ, अशोक सरार्फ, प्रहरी सहायक निरीक्षक बल बहादुर यादव, सञ्चारकर्मी जियालाल लगायतको उपस्थिति रहेको थियो ।