विगत दुई दिन देखीको अविरल वर्षाका कारण जिल्ला प्रशासन कार्यालय पर्सा लगायत ग्रामिण भेगका अधिकांश क्षेत्र डुबानमा परेको छ ।
विहिबारदेखि परेको अबिरल वर्षाका कारण वीरगंज लगायत पर्साको ग्रामिण भेगको जनजिवन प्रभावित भएको हो । वर्षाले जिल्ला प्रशासन कार्यालयसंग ग्रामिण भेगका अधिकांश कुलो नहर भरिएर वस्तीहरुमा समेत डुबानको जोखिम बढाएको छ ।
लागातार परेको पानीले ग्रामिण भेगका खेत, नहर र खोलामा मिसिएर जाने गरेको पानी भरिभराऊ हुँदा वीरगंज महानगरपालिकाको अधिकांश भाग डुबानमा परेको देखिन्छ ।
बाढीका कारण वीरगंज नगर क्षेत्रको रानीघाट, राधेमाई, पानीटंकी, भिष्वा, श्रीपुर, बसपार्क लगायतका क्षेत्र जलमग्न भएको छ भने सडक आसपासका झण्डै २ सय भन्दा बढि घरहरुमा पानी पसेपछि जनजिवन प्र्रभावित भएको छ ।
यसै गरी पर्साको ग्रमिण भेग बलिरामपुर, भौराटार, पटनी, प्रसौनी, पदमौल, सिसियाडीबैरिया लगायतका गाउँमा समेत पानी पसेको छ ।
यता जिल्ला प्रशासन कार्यालय अन्तरगर्तको दैविक प्रकोप उद्धार समितिले पानीको सतह बढ्दै गएकाले सजग रहन सबैसंग आग्रह गरेको छ ।