गएको रातीदेखि नै लगातार परेको पानीले वीरगंज बजार क्षेत्र लगायत ग्रामिण भेगका क्यौ गाउँबस्तीमा समेत पानी पसिसकेको छ भने क्यौ घरमा पानी पस्दै गरेको अवस्था छ । दुई दिनदेखिको लगातार पानीले सिँग्याई खोलामा आएको बाढीले बगाएर पर्सागढी नगरपालिकाका निलिख पटेलले समेत ज्यान गुमाईसकेका छन् ।
लगातार परिरहेको पानीको बाढीले पर्सामा कुनै बेला पनिे बिकराल रुपलिई मानवीय क्षति पु¥याउन सक्ने सम्भावना बढ्दै गईरहेको छ ।
बिहिबारदेखि नै मुलुकका विभिनन स्थानमा परेको अबिरल वर्षाका कारण हालसम्म ७ जनाले ज्यान गुमाई सकेको छन् । रातिदेखि परेको लगातार पानीले मुलुकभरी कै जनजिवन प्रभावित भएको छ । २ दिनदेखि शुरु भएको अबिरल पानी लगातार आईतबारसम्म परिरहने मौषमपूवानुमान शाखाले समेत दाबी गरेको छ ।
बागमती नदीको बाँधलाई बाढीले भत्काएपछि रौटहटको गौर यतिखेर बाढीको उच्च जोखिम खेप्न बाध्य भएको छ ।
सप्तकोशी, बागमति जस्ता नदीको बाढि नियन्त्रण हुन नसक्दा पर्सा, बारा लगायत प्रदेश नं. २ का धेरै बस्तीहरु बगाएर विगतकै दिनजस्तो हजारौ मानिस घरबार बिहिन हुने तथा मृत्युको संघारमा पुग्ने जटिल अवस्था लगातार परिरहेको पानीले सृजना हुन सक्ने चिन्ताले पर्साबासीलाई खलबलाई रहेको छ ।
रौतहतको लालबकैया र पूर्व बागमतिको बाँध भत्किएर रौतहडका दर्जनौभन्दा बढि गाउँ डुबानमा परि उच्च जोखिममा खेप्न बाध्य भएको अवस्थामा पर्सामा कतिखेर बाढीले के कस्तो क्षति पु¥याउँछ भने चिन्ताले पर्सावासी त्रासित भएका छन् ।
यसरी नै लगातार पानी पर्दै गयो भने पर्साको कुहडी, सिरिसिया, रानीघाट, राधेमाई, कोनिया, बार्वा, झौवागुठी, हरपुर जस्ता गाउँहरु समेत बाढिको उच्च जोखिममा पर्ने खतरा आउन सक्ने सम्भावना बढिरहेको छ । लगातारको पानीले गण्डक नहर, तिलावे नदी, सरिसवा नदी, डोङ्गही जस्ता नदीमा पानी छलाङ्ग मार्दै गाउँघरमा बस्दै गईरहेको अवस्था छ । त्यसकारण बाढीले निमत्याउने जोखिम बारे पर्सावासी विपत पूर्व नै आफ्नो जनधन, खाद्यान्न जस्ता बस्तुहरुलाई उचित ठाउँमा व्यवस्थापन गरि बाढीले हुने जोखिमबाट आफू र आफ्नो घरपरिवारलाई सजग बनाई जनधन, गाईभैसी, खसीबाख्रा जस्ता जिवजनावरहरुलाई पनि व्यवस्थापन गरि सजग हुनु अहिलको आवश्यकता हो ।