हरेक वर्ष झै यस वर्ष पनि मनसुनसंगै बाढी र पहिरोका कारण मानिसले ठुलो जनधनको क्षति व्यहोर्नु परेको छ । कसैलाई नसोधनी, नखोजी, नजानकारी दिई एक्कासी आउने बाढि पहिरोले सर्वसाधारणलाई घरबार बिहिन बनाउनुको सट्टा कतिपयले अकालमै बाढि पहिरोबाट ज्यान गुमाउनु पर्ने बाध्यता छ, भने करोडौं मुल्य पर्नेे खेति योग्य जमिन नदि, सुख्खा बगरका रुपमा परिणत भईरहेको छ । बाढि पहिरोले प्रत्येक वर्ष पु¥याउने यस्ता क्षतिबारे जानकारी हुँदा हुँदै पनि न त स्थानीय सरकारकै ध्यान गएको देखिन्छ न त संघीय र प्रदेश सरकारको ?
बाढीको समस्या अहिलेको मात्रै होइन विगत देखिकै हो । पहिरो, बाढिले सबै ठाँउमा दुख, पिडा, सास्ती मात्र दिएर जान्छ । यो तल देखी माथी सम्मका सबैलाई राम्ररी थाहा छ । चाहे ति घुम्मे कुर्सीमा बस्ने हुन वा चाहे ति प्रकृतिको सुन्दर भुईलाई आफनो बिछे्याउने बनाउने हुँन ।
प्रत्येक वर्ष वर्षातको समयमा बाढी, पहिरो पक्कै आउँछ । कुनै पनि बेला ठुलै धनजनको क्षति गर्न सक्छ अथवा पु¥याउछ । तर हामी सबैले बुझेर पनि नबुझे झै गरि बुच पचाई रहेका हुन्छौं । हाम्रो गाउँ समाजमा एउटा भनाई छ । “जब पर्छ राति तब बुढी ताँती” अर्थात जति बेला बाढि पहिरोले विकराल समस्या निम्ताउछ, अनि मात्र खरो उत्रने चलनले अझै पनि जरा गाडी रहेको छ । जसले भर्खरै आएको बाढिले ठुलो जोखिम मोल्नु पर्ने अवस्था भोगेकै हौ ।
यसमा सरोकारवाला व्यक्ति मात्र दोषि नदेखिएर हामी सर्बसाधारण पनि त्यतिकै दोषि देखिन्छौ । बाढीबाट बच्ने उत्तम उपाय भनेकै बाढी आउनु अगावैको पुर्व तयारी हो । बाढी एउटा प्रकृतिक प्रकोप भएकोले बाढीलाई हामीले रोक्न त सक्दैनौ तर यसबाट हुने क्षतिलाई भने हामी पक्कै कम गर्न सक्छौ । तर पनि यसतर्फ हामी सचेत भएका छैनौ । जसले प्रत्येक वर्ष हामीले ठुलो जनधनको क्षति व्यवहोर्नु परिरहेको छ ।
यहाँसम्म कि नदि किनारमा बस्नेहरुलाई समेत वर्षा हुदा कति नोक्सान हुन्छ भन्ने बारेमा जानकारी हुन्छ । तर पनि न त सम्बन्धीत निकाय नै त्यस तर्फ सजग र सचेत देखिएको छ न त त्यस क्षेत्रका बासिन्दा नै ? आखिर कहिले सम्म हामीले लापर्वाही गर्ने ? बाढि पहिरोले निम्तयाउने विपतीको बारेमा पहिला हामी आफैलाई सजग हुनु जरुरी छ ।
बाढि पहिरो आएपछि सर्वसाधारणले सम्बन्धीतको ढोका ढकढक्याउने अनि सम्बन्धीतन निकायले सक्दो खोज तथा उद्धार, राहत वितरणको कार्य गर्ने र मनसुन सकिए पछि फेरि सर्वसाधारण उही पुरानै ठाउँमा गएर बस्ने प्रवृति कामयमै रहेको देखिन्छ । यो अवस्थाको प्रवृति कहिले सम्म चलाई रहने ? विपत्त क्षेत्रका लागी भन्दै बर्षेनी ठुलो मात्रामा धनराषी खर्च भईरहेको छ । तर दिर्घकालिन पहल हुन सकेको देखिदैन ।यो विषयमा नत सर्वसाधारण जनताले नै आवाज उठाउन सकेका छन, नत सम्बन्धीत सरोकारवाला निकायले पहल गर्न सकेका छन ।
यहि लापरबाहीले गर्दा पनि पटक पटक बाढि पहिरोको समस्या झेल्नु पर्ने वाध्यता बनीरहेको छ । अच्चमको कुरा त अझ के छ भने बाढि पहिरोलाई सधैका लागी नियन्त्रण गर्न भन्दै बिनियोजन गरिएको बजेट खर्च हुन नसकेर फ्रिज भएर जान्छ । यसका पछाडी नेपाल सरकार मातहतका निकाय दोषी हुन वा सर्वसाधारण जनता आफै दोषी हुन त ? यसतर्फ आमजनता र सरोकारवाला पनि जवाफदेहि हुनु पर्छ । हैन भने वर्षेनी बाढि पहिरोले मानववीय, जनधन लगायत तराईका खेती योग्य जग्गाजमिनहरु बालुुवामा परिण्त हुँदै केषि प्रधान भनिएको देश भनिने नेपाल मरुभूमि प्रधान देश कह्लाउन समय लाग्दैनन् ।