महिला बिरुद्घ हुने सबै प्रकारका भेदभाव अन्त्य सम्वन्धि महासन्धि माथि बालिकाको नेतृत्वमा तयार पार्ने प्रतिवेदनका लागि कलैयामा परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार समपन्न कार्यक्रमका प्रमुख अतिथि बारा क्षेत्र नं. ३ का प्रदेश सभा सदस्य ज्वाला साहले बालिका माथि हुने कुनै पनि किसिमका हिंसाहरु सहन नसकिने प्रस्टयाईन् । समाजमा रहेका सामाजिक बिकृती, सामाजिक बिभेद, बाल बिवाह, दाइजो प्रथा, छोराछोरीमा भेदभाव र छुवा छुत जस्तासामाजिक बिकृतीहरु अत्यको लागि प्रदेश सरकारले गम्भीर भएर काम गर्ने बताईन् ।
बेटी पठाउ, बेटी बचाउ र छोरीहरुको सशक्तीकरण गर्ने जस्ता कार्यहरु गाउँ गाउँमा गएर सशक्त रुपमा समाजिक संस्थाहरुले गर्नुपर्ने बताएकी थिईने ।
कार्यक्रममा अधिकारकर्मी बबिता जयसवालले बारा जिल्लाका किशोरीहरुको नेर्तत्वमा किशोरीहरुसंग छलफल गरि तयार गर्ने प्रतिवेदनमा छोरीहरुको समस्याहरु समेटने बताईन् । प्रतिवेदनहरुमा प्रत्येक जिल्लाबाट आएका समस्याहरु समेटी नेपालको तर्फबाट संयुक्त महासंघमा पठाउने आयोजक संस्थाको अध्यक्ष बृजमोहन कुशवाहाले बताए ।
संरक्षण नेपालको आयोजना तथा कन्सोर्टियम नेपाल र एनएसिजिको संयोजन रहेको कार्यक्रममा प्लान नेपाल, सेभ द चिल्ड्रेन, अक्सफम लगाएतका संस्थाहरुको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
पुजा बर्मा र सपना चौधरीले सहजिकरण गरेको उक्त कार्यक्रममा विभिन्न बाल क्लब, किसोरी समुह लगायतका किसोर किसोरीको सहभागीता रहेको थियो ।