घरमा बसी आराम गर्ने उमेरमा अलिना खातुन फोहरबाट मोहर कमाउन लागी परेकी छिन् ।
धनुषा जिल्ला घर भएकी खातुन वीरगंज बजार क्षेत्रबाट फालिएका विभिन्न प्लास्टिक जन्य (फोहोर) संकलन गरी आफ्नो जिविका पार्जन गरिरहेकी छिन् ।
उमेरले ७० काटेपनी आफु बाच्नका लागी संघर्ष गर्नु परेको बताईन् । थकित अवस्थाको उमेर काटिरहेकी खातुन अहिले पनि ३०/३५ केजी फोहोरजन्य बस्तुको भार उठाई मासिक १५ देखि २० हजारसम्म आम्दनी गरिरहेकी उनले बताईन्् ।
वीरगंज बजार क्षेत्र लगायत ग्रामिण भेगबाट पनि उनी प्लास्टिक, टुटेका चप्पल, डब्बा, भाडाकुडालाई संकलन गरि वीरगंजको शंकराचार्य गेटस्थित रहेको कबाड कारखानमा जम्मा गरि आम्दानी गर्ने गर्दछिन् ।
औधोगिक करिडोरसंग जोडिएको वीरगंजको सिर्सिया खोला, बसपार्क, जिल्ला प्रशासन कार्यालय पर्सा अगाडीको कुलो
जस्ता स्थानबाट फोहरजन्य पलास्टिक जम्मा गरी आफनो जिविको पार्जन गर्दै आएकी छिन् । छोरी, जवाई, नातिनातिनी सहित ५ जना उनको परिवारमा रहेको खातुनले बताईन् ।
यसअघि उनि राजाधनी काठमान्डौँमा समेत विगत १५ वर्षसम्म फोहोर संकलनको काम गरेकी उनले सुनाईन् । छोरीको विवाह रक्सौलमा भएपछि बसाई सजिलो हुने हिसाबले वीरगंज मै फोहर संकलनको काम गर्दै आएको उनले बताईन् ।