बुवा नवराज कार्की तथा आमा ज्योती कार्कीको दाम्पत्य जीवनबाट जन्मिएका वि.सं.२०३२ साल असोज १ गते सिरहाको गाउँमा भए पनि हुर्कने र पढने मौका भने जनकपुरबाट पाएको उनले बताइन । दुई दिदीबहिनी दुई दाजुभाई मध्येकी जेठी छोरी हुन् सुधा । शिक्षित र सम्पन्न परिवारमा जन्मिए कार्कीको बाल्यवस्था भने सुखमय रहेको उनले बताइन ।
उनी आइ.कम मा अध्ययनरत १८ वर्षको हुदाँ वि.सं.२०५० सालमा नविल वैंकमा कार्यरत वीरगंज निवासी कृष्ण थापासंग आफनै धार्मिक रितीरिवाज अनुसार विवाह भई १ छोरा १ छोरीकी आमा समेत हुन् सुधा कार्की । आफूलाई एकदमै भाग्यमानी मान्ने सुधाले श्रीमान्को सहयोग सुरुदेखि नै पाईरहेको बताईन ।
बच्चा देखीनै नै अलि राम्री बन्नुपर्ने सौख थियो उनले थपिन । आर्ट अफ लिभिङ्गलाई घरघरमा पु¥याउने उद्धेश्य छ । व्यवसायलाई अगाडी बढाउने, गित गाउने कामलाई निरन्तरता दिने हाल वीरगंज – १६ मिथिलानगरमा बसोबास गर्दै आईरहेकी सुधा कार्की थापा संग मध्य नेपालले गरेको कुराकानी :-
१) सुधा जी, आर्ट अफ लिभिङ्ग के हो यसको बारेमा बताई दिनुस न ?
आर्ट अफ लिभिङ्ग भनेको जीवन जिउने कला हो । यसको मुख्य उद्धेश्य भनेको हिंसा रहित समाजको निर्माण गर्ने यो १५६ वटा देशमा अहिले संचालनमा छ । यसको संचालक पूज्य गुरु श्री श्री रविशंकर हुनुहन्छ । यसको मुख्य आश्रम भारतको बैंगलोरमा छ । आर्ट अफ लिभिङ्गले सवैको जिवन जिउने तरिकामा परिवर्तन ल्याउछ । आर्ट अफ लिभिङ्गमा योग, ध्यान, ज्ञानको माध्यमले जिन्दगीलाई जिउने कला सिकाईन्छ । जुन सम्पुर्ण महिला तथा पुरुषको लागि आवश्यक छ । आर्ट अफ लिभिङ्गको कोर्ष ३,४, ६ दिनको हुन्छ । यसको वाहेक हामी निरन्तर रुपमा कार्यक्रम संचालन गरिरहेका छौ वीरगंजमा । ममा आएको परिवर्तन यसै कारणले भएको छ र मेरो उद्धेश्य छ की वीरगंजका खास सम्मपुर्ण महिलालाई यसको बारेमा बताउँ जानकारी गराउँ ।
२) यहाँ कहिले देखि र कसरी आर्ट अफ लिभिङ्गमा आबद्ध हुनु भयो ?
सातवर्ष पहिला नै मैले हयापीनेस कोर्ष गरे जसलाई पहिला आधारभुत कोर्ष भन्ने पनि चलन थियो । त्यस पछि तीन वर्ष पहिला मैले बुटवलमा गएर कोर्ष संचालन गर्ने अवसर पाए । यसमा धेरै कोर्षहरु हुन्छ । दिव्य समाज निर्माण, टिचर र सहज कसरी ध्यानमा जाने । मलाई टिचर बन्ने उद्धेश्य त थिएन तर मेरो श्रीमान्को प्रेरणाले वैगलोरमा २२ दिन वसेर टिचरको कोर्ष गरेर आए । यसको लागि समय एकदमै मिलाउनु पर्छ । अहिले सवैको भागदौडको जिन्दगी छ । आर्ट अफ लिभिङ्गमा आए पछि समयको कसरी व्यवस्थापन गर्न सकिन्छ । महिलाहरुलाई धरै जिम्मेवारी हुन्छ । घरको काम गर्ने, बालवच्चाको हेरचाह, घर वाहिरको काम, श्रीमान्को हेरचाह आदी यसलाई सजिलै व्यवस्थापन गर्ने क्षमता आर्ट अफ लिभिङ्गले प्रदान गर्छ जस्तो मलाई लाग्छ । सवै महिला तथा पुरुषहरुलाई यसको खाचो छ जस्तो लाग्छ । वीरगंजका पुरुषहरुलाई अझ यसको खाँचो छ । यसमा आउँनका लागि मैले श्रीमान्को प्रेरणा तथा सहयोग पाए । श्रीमान्का साथसाथ सवै सहयोगी साथले म यसमा आवद्ध हुन सफल भए ।
३) आर्ट अफ लिभिङ्गमा आबद्ध हुनका लागि के–कस्तो प्रक्रियाहरु छन ?
यसमा प्रवेश गर्नका लागि सवभन्दा पहिला एउटा ह्यापिनेस कार्यक्रम हुन्छ त्यो चाहि गर्नुपर्छ । त्यो ३,४,६ दिनको हुन्छ । यसका लागि हामी फारम भराउछौ । यसका लागि हामी रु.१५०० जम्मा गर्छाै । हामीले अहिले अनलाईन मार्फत विश्वव्यापी रुपमा नै यसको आह्वान गर्नुपर्छ । टिचरले कुन ठाउँमा कोष गरिरहेको त्यसको जानकारी गराउनु पर्छ । फर्मबाट उठेको रकम सामाज सेवाको लागि आश्रममा नै जम्मा हुन्छ । ६ दिनको कोर्ष गराई सकेपछि हामी नियमित फलोअपमा जान्छौ । यसमा योग, ध्यान आदी गराईन्छ ।
४) तपाई गृहिणी पनि हुनुहुन्छ सामाजिक कामलाई निरन्तरता दिईरहनु भएकोमा समय व्यवस्थापन गर्न कतिको सजिलो वा गा¥हो छ ?
सर्वप्रथम त केही गर्नका लागि आफुमा ईच्छा शतिm हुनुपर्छ । म यो काम गर्छु भनेर ठाने पछि गर्न सकिन्छ । आफु कामको योजना बनाए पछि त्यसै अनुसार त्यसमा परिवारले पनि सहयोग गर्छ । मै विहान ४ बजे देखि नै उठेर आफनो काम भ्याएको छु । मैले घरको कामका साथ–साथै सानो व्यवसाय, तथा २० जनालाई कोर्ष गराउने काम गरिरहेको छु । मलाई लाग्छ यसको व्यवस्थापन गर्नका लागि मलाई आर्ट अफ लिभिङ्ग कोर्षले पनि सहयोग गरेको छ । हामीले कुनै पनि काम गर्नका लागि अठोट लिनुपर्छ । असम्भव भन्ने कुरा केहि हुदैन व्यवथापन गर्न सकिन्छ । उर्जा प्राप्त हुन्छ सजिलै गर्न सकिन्छ जस्तो लाग्छ ।
५) अहिले हाम्रो समाजमा दिनप्रति दिन हिंसा, बलात्कारका घटनाहरु बढी रहेका छन यस्ता ध्यान तथा साधनाहरुबाट कसरी परिवर्तन ल्याउन सकिन्छ ?
आर्ट अफ लिभिङ्गको मुख्य उद्धेश्य भनेकै तनाव रहित, हिंसा रहित, अपराध रहित समाज निर्माण गर्नु हो । म वीरगंजमा आउदा के लाग्या छ भने शहरमा यसको पहुँच सजिलै तर गाउँगाउँमा अझ पुग्न सकेको छैन । हामी १५०० रुपैया लिएर शहरमा ह्यापिनेस कोर्ष संचालन गर्छाै त्यसको सट्टा ५०० लिएर अरु पनि कार्यक्रमहरु छन जनु गाउँगाउँमा गर्न सकिन्छ जसले गर्दा समाजमा रहेका हिंसा,तनाव तथा अपराधलाई कम गर्न सकिन्छ । हामी यसका लागि योजना बनाईरहेका छौ । वास्तवमा यस्ता खालका कोर्ष, ध्यान तथा योगले गर्दा मानिसलाई सुविचार प्रदान गरेर राम्रो समाजको निर्माण गर्न सक्छौ ।
६) महिला हिंसामा कमी ल्याउनका लागि यसको प्रयोगले कसरी सहयोग गर्न सकिन्छ ?
यसका लागि सवै महिला पुरुष सवैलाई ह्यापिनेस कोर्षमा सहभागी गराउनुपर्छ । तराईमा महिला भन्दा पनि पुरुषहरुको लागि यो अति आवश्यक छ । आर्ट अफ लिभिङ्गले आफनो पढाईलाई कसरी राम्रो बनाउने, व्यापार व्यवसायलाई कसरी अगाडी बढाउने, घर परिवार कसरी व्यवस्थाप गर्ने, मनमा आएको तनाव, समाजमा हुने अपराध तथा हिंसालाई कसरी कम गर्न सकिन्छ भन्ने कुरा सिकाउँछ ।
आर्ट अफ लिभिङ्गको कोष सवैलाई गराउने मेरो ईच्छा पनि छ र सवैमा मेरो अनुरोध छ समय मिलाएर यो कोर्षमा सहभागिता जनाउँनुस यसले तपाईको जिवनमा हुने तनावलाई व्यवस्थापन गर्ने र जिवन जिउने कला दिन्छ । यसरी समाजका सवै जनामा अपराध मुतm समाज निर्माण गर्ने सोच पलायो भने हाम्रो समाजमा हुने महिला हिंसा, अपराधलाई कम गर्न सक्छौ ।
७) अधिकांश महिलाहरु अहिले पनि घरपरिवारको भरमा बाचिरहनु भएको छ । वहाँहरुलाई तपाईले के सल्लाह सुझाव दिनुहुन्छ ?
महिला दिदिवहिनिहरुलाई मेरो एउटा अनुरोध घरमा वस्ने काम गर्दै नगरौ । बच्चा जन्माउने र खाना पकाउने काम सवैले गरेका छन । खाना पाक्छ, घरको सवै काम हुन्छ । त्यसका साथसाथै तपाई वाहिर निस्कनुस यस्ता किसिमका कोर्षहरु गर्नुस जसले तपाईलाई अरु काम गर्नका लागि प्रेरणा मिल्छ । घरका साथसाथै पैसा आउने काम गर्नुस त्यसका लागि प्रयास गर्नु । तपाईले प्रयास गर्नु भयो भने घरपरिवारले पनि तपाइलाई साथ दिन्छन र सहयोग गर्छ तर त्यसका लागि तपाई साहस गर्नुप¥यो घरबाट वाहिर आउँनुप¥र्यो । घरमा मात्र बसेर केहि हुदैन ।
८) महिलालाई बाहिर आउने त भन्नु भयो तर महिलालाई बाहिर आउन सजिलो छैन यहाँलाई पनि थाहा छ ? महिलालाई अगाडी ल्याउनका लागि कसरी सहयोग गर्न सकिन्छ ?
मलाई के लाग्छ भने आफुले मिहिनत गर्नुपर्छ । सक्दै नसक्ने त होईन तर यसको लागि पहिला आफुले मिहिनेत र प्रयास गर्नुपर्छ । आफुले गरेर देखाए पछि अरु–अरुले पनि सहयोग गर्दै आउँछन । पहिला आफु अगाडी बढ्नु प¥यो ? कुन काम गर्न सकिन्छ सानो भए पनि आफुले केहि गर्न सुरुवात गर्नुस् । सहयोगी हाथहरु साथ दिनका लागि आउँछन । आतिनु भएन आफुले काम गर्दै जानु प¥यो ।
९) आर्ट अफ लिभिङ्गमा आबद्ध हुन चाहनेहरु लाई यहाँले के सुझाव दिनुहुन्छ ?
सर्वप्रथम आर्ट अफ लिभिङ्गमा पहिले त कोर्ष नै गर्नुपर्छ । यसलाई निरन्तर दिनु भयो भने घरमा पुरै सकारात्मक परिवर्तन हुनेछ । परिवारमा एक जनाले पनि यो कोर्ष गर्नुभयो भने परिवारलाई, समाजलाई, देशलाई विश्वलाई नै तपाईले योग्दान गर्नुहुनेछ । यो कोर्षले तपाईलाई मात्र नभएर तपाईसंग जोडेका सवैलाई प्रत्यक्ष अप्रयक्ष रुपमा फाईदा पुग्नेछ । आफुलाई पायक परेको स्थनामा सम्पर्क गरेर एक पटक यो कोर्ष गर्नु अनि तपाईले परिवर्तन आफै महशुस गर्नुहुन्छ ।