खुशी शर्मा
बराबर समय र मेहनत खर्च गरे पनि पुरुषकोभन्दा कम ज्याला थाप्नु पर्ने बाध्यताबाट मुक्त हुन सकेकोमा मख्ख छिन् ३६ वर्षिया रेशमी देवी कोइरी । व्यवसाय गर्दा ज्यालादारीमा जस्तो महिला र पुरुष भनेर पैसामा विभेद नहुने भएकाले उनी व्यवसाय तर्फ लागेको बताउँछिन् । ज्यालादारी काममा भन्दा व्यवसायमा सन्तुष्ट छु उनले भनिन् ।
यो खुशी उनलाई विरगन्ज महानगरपालिका वडा नं. ३० लालपर्सा चोकमा सञ्चालित पान पसलले दिएको हो । सिक्टा भिष्वाबाट विवाह भइ लालपर्सा आएकी उनले ५ कक्षा सम्म मात्रै पढ्न पाएको बताइन् । संस्कार जोगाउने बुबाआमाको सोचले पढ्दा—पढ्दैको सानो उमेरमै पारिवारिक जिम्मेवारी वहन गर्ने क्रममा ३ छोराकी आमा बनिसकेकी रेश्मीका श्रीमान् कपडा फ्याक्ट्रीमा मजदुरी गर्छन् । स्थानीय अन्य महिला सरह हातमा सिप तथा शैक्षिक योग्यताको अभावले परिवारका अन्य महिला झैं उनले पनि केही समय जिविकोपार्जनका लागि ज्यालादारी कार्यमा आवद्ध भएको अनुभव सुनाइन् । कडा मेहनत गरी पसिना काढेर काम ग¥यो ज्याला पाउने समयमा त सहकर्मी पुरुषभन्दा आधा मात्र थाप्नु पर्दा निकै दुःख लाग्ने गरेको उनको अनुभव छ ।
त्यसै क्रममा महिला दिदिबहिनीहरुका लागि आएको ५२ हप्ते रिफ्लेक्ट कक्षामा सहभागी हुने अवसर पाएपछि उतै समय छुट्याएर जान थालें । यो अवसर भने नागरिक सचेतना केन्द्र (नासके) ले जुराइ दिएको हो रेश्मीले भनिन् । महिला अधिकार, प्रजनन् अधिकार, सामाजिक विभेद, ज्याला विभेद लगाएत धेरै विषयमा जान्ने अवसर त्यहि पाएँ । त्यसले विभिन्न अभियानमा समेत सक्रिय भएर थप जानकारी लिने अवसर मिल्यो । त्यसै क्रममा नासकेमा छलफल गरी बनाएको व्यवसायिक योजना अनुसार नासकेबाटै सस्तो ब्याजमा ऋण लिई श्रीमान्सँग मिलेर २० हजार घरबाट थपी एउटा पुरानो घुम्ती किनी टेवलमा सुरु गरेको व्यवसाय घुम्तीसम्म सारेको रेश्मीले विगत सम्झदै भनिन् । यसले एउटा टेबलको भरमा जसोतसो चलिरहेको पान व्यापारलाई व्यवस्थित बनाएँ उनले तर्क गरिन् ।
‘पहिला अरुको खेतमा काम गर्न जाँदासँगै काम गर्ने पुरुषकोभन्दा कम ज्याला हात पथ्र्यो’ तर अहिले म, मेरा श्रीमान् वा छोराहरु जो पसलमा बसे पनि पैसा बराबर पाइन्छ । पान बाहेक उनको पसलमा चिसो पेय पदार्थ, विस्कुट, चक्लेट, साबुन लगायत दैनिक आवश्यकताका सामानहरु पनि राखिएका छन् । छोराहरु पढ्न वोर्डिङ्ग गएको बेला रेश्मी आफैं पान पसल चलाउँछिन् । छोराहरु आएपछि भने बरालिएर नबसुन् भनेर पसल चलाउन लगाउँछिन् । यसरी उनले व्यवस्थित रुपमा पसल चलाएर दैनिक १५ सय देखि २ हजार सम्मको व्यापार गर्दा घरखर्च राम्ररी चलेको छ । साथै श्रीमान्को कमाई बचत हुने भएकोले रेश्मीका श्रीमान् पन्नालाल महतो कुश्वाहा पनि पहिले भन्दा वेखुस छैनन् । पसलको आम्दानीबाट दैनिक रु २ सय बचत पनि गर्ने गरेको छ । यसो गर्दै सबै परिवारमा समान हैसियत भएपछि सञ्चित गरेको पैसाले उनीहरुले भर्खरै ३ कोठे पक्की घर पनि बनाएको उनले सारांशमा भनिन् ।
लालपर्साकै मोस्तकीमा खातुनलाई पनि बाहिरी ज्यालामजदुरीको काममा जान नसकेकोमा कुनै दुःख छैन । किनकी, उनको पनि आफ्नै घरमा किराना पसल छ । पसलको आम्दानीले उनी खुसी नै छन् । समाजिक काममा निकै सक्रीय महिला हुन्, पर्सागढी नगरपालिका ५ पचरुखीकी प्रभा देवी रायभर । टाठीबाठी भए पनि ज्याला विभेदको शिकार उनी पनि कुनै समयमा थिइन् । तर आफ्नै खाजा पसल चलाउन थालेदेखि उनलाई काम गर्ने जाँगर बढेको छ । उनि भन्छिन् ‘ओत्ने समय लगाईं, ओही बराबरके काम करीं, आ मर्दानासे कम पैसा लीं तब मनमे पुछीं जे हम मर्दाना से कमजोर बानी का ? पर जब से आपन दुकान चलावतानी, तबसे ना कोइ से कम पैसा लेवेके परता, ना मन छोटा करेके परता । एकर शान अलग बा’ । प्रभाको अनुभवसँग सहमत छन् विरगञ्ज महानगरपालिका २९ बस्डिल्वाकी प्रमिलादेवी महतो । खाजा नास्ताको पसल चलाउन थालेदेखि बेफुर्सदी त छन् उनी पनि । ज्याला विभेदको शिकार हुनु नपरेकोले योग्य र सक्षमताको अनुभव पनि गर्दै गरेको उनको भनाइ छ ।
विपन्नहरुको लागि नेपाल तथा बेलायत सरकारको सहयोगमा संचालित सामुदायिक विकास कार्यक्रम सिडिपिले विपन्न महिलाहरुको लागि जिविकोपार्जन गर्न एक लाखका दरले प्रति नासके मार्फत घुम्ती कोष प्रदान गर्न थालेपछि पर्साका पनि केही ज्यालादारी गरिखाने केही महिलाहरुको जीवन शैली फेरिन थालेको उनीहरुको भनाइ छ । अहिले कुरा र काम बुझ्न थालेका उनीहरुले ज्याला विभेदभन्दा व्यवसाय नै रोज्ने बताएका छन् ।