३७ औँ बिपि स्मृति दिवस र ४१ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा वीरगंजमा बिशेष विमर्श बहस कार्यक्रम समपन्न भएको छ ।
पाठशाला वीरगंजको आयोजनामा भएको नेपालमा समाजवाद बिशेष बहस कार्यक्रममा सरकारको काम कार्वाही र कर्तव्य विषयमा खुलेर बहस भएको छ ।
सरकारको कडा विरोध गर्दै आफ्नो मनतव्य सुरु गरेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप गिरीले दुई–दुई तिहाईको दुहाई दिइरहेको सरकार दलाल र पुजिबाद तर्फ उन्मुख भएकाले देशमा समाजवाद ल्याउन नसकिने बताएका थिए । जनताले जुन अकाक्षाका साथ मत दिए त्यसको सहि बोध नभएकाले हामीले परिकल्पना गर्दै आएको समाजवाद आउन नसक्नेमा उनको जोड थियो ।
वीरगंजको नगरसभा गृहमा आयोजित नेपालमा समाजवाद बिशेष बहस कार्यक्रममा बोल्दै अर्का वक्ता घनश्याम भुषालले समाजवादको लागि हरेक नागरीक जिम्मेवार भए आफ्नो ठाउँबाट राज्यको गलत गतिविधिप्रति बिरोध र सहिकामको खुलेर प्रशंसा गर्नुपर्ने बताएका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ठ पार्टीका स्थाई कमिटि सदस्य समेत रहेका भुसालले जनताले आवाज नउठाएकै कारण नेपालमा समाजवाद यस्तै सभा गोष्टीमा सिमित हुन पुगेको बताएका थिए ।
पाठशाला वीरगंजका अध्यक्ष बालगोपाल थापाको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य राम कार्कीले आफ्नै जनताको सल्लाह सुझावमा निति नियम बनाए मात्र त्यस्ता निति नियमको पालना गर्न सहज हुने बिचार ब्यक्त गरेका थिए । सरकारले ल्याउने कतिपय निति नियम व्यवहारिक नभएकाले नै क्षणभर मै समाजिक सञ्जालमा खुलेर विरोध हुन पुग्छ । समाजवाद कुनैपनी देशको उत्कृष्ट व्यवस्था हो । हाल आर्थिक सुधारका लागि चलाइएका कार्यक्रमहरु राजनितिक भागवण्डाको कार्यक्रम भएकाले यसले जनतामा नकरात्मक सन्देश प्रवाह भइरहेको छ । राजनितिक संरक्षण नै समाजवाद हो उनको टिप्पणी थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, प्रदेश सांसद ओमप्रकाश शर्मा, पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, जिल्ला सभापति अजय दिवेदी, पुर्व जिल्ला सभापति जर्नादन सिँह क्षेत्री, नेजामुद्धिन समानी, राजपाका शिव पटेल, नेकपाका पूरुषोत्तम पौडेल, नागेन्द्र चौधरी, नेकपा पर्साका इन्चार्ज अशोक राई, प्रधुम्न चौहान, विचारी यादव, युवा नेता अरविन्द सिंह, शिवजी गुप्ता लगायतको उपस्थिति रहेको थियो ।