मेष : साता फलदायी नै रहला । साताको शुरुमा सरकारी उल्झन सुल्झने छ । विदेश सम्बन्धि काममा सफलताको योग छ । मातापिताको स्वास्थ्य उपचारमा धनखर्च हुन सक्छ । मध्यतिर प्रशस्त धनलाभ हुने गीत संगीत श्रवण साहित्य लेखन आदिमा अभिरुचि बढनेछ । मनोरन्जनात्मक रमाइला कार्यक्रममा सहभागी हुने अवसर मिल्ने देखिन्छ । अन्त्यमा अनावश्यक खर्च, व्यर्थभ्रमण बेचैनी उच्चरक्तचाप बढन सक्छ । सकतर्कता आवश्यक छ ।
वृष : साता मध्यम फलदायी रहला । साताको शुरुमा खाँदा, बोल्दा सतर्कता, आफूभन्दा ठूलाको हप्की खानु पर्ने ग्रहयोग, शरीरमा आलस्ता मनमा द्विविधा देखा पर्ला । मध्य अन्त्यतिर सरकारी काम र वैदेशिक कार्यमा सफलता मिल्ने नोकरीमा सन्तोष कृषि कार्यमा व्यस्तता बढनेछ ।
मिथुन : साता मिश्रित फलदायी रहला । साताको शुरुमा शरीरमा चोटपटक लाग्न सक्छ । स्वास्थ्य उपचारमा धनखर्च हुने योग छ । मध्यतिर पनि काममा अलमल मनमा भय र शरीरमा आलस्यता देखा पर्ने हुँदा सतर्कता आवश्यक छ । अन्त्यमा काममा जस मिल्ने सरकारी उल्झन सुल्झने मनमा प्रसन्नता छाउने र काँधमा नया जिम्मेवारी आउने ग्रहयोग रहेको छ ।
कर्कट : साता मध्यम फलदायी रहला । साताको शुरुमा दामपत्य जिवनमा खटपट प्रेममा असमझदारी हुने व्यापार व्यवसायमा लाभ प्रगति देखा पर्न सक्छ । मध्य अन्त्यतिर काममा अलमल मनमा द्विविधा शरीरमा कष्ट हुन सक्छ । आर्थिक समस्या देखा पर्ला , अत : यो साता गणेश भगवानको दर्शन र ऊँ गं गणपतये नम : मन्त्रको जप गर्नाले शुभ फल मिल्नेछ ।
सिह : साता मिश्रीत फलदायी रहला । साताको शुरुमा शत्रुभय हुने काम गरे अनुसार जस र सफलता नमिल्ने देखिन्छ । मध्यतिर व्यापार, व्यवसायमा लाभ, प्रगति हुनेछ । दामापत्य जीवनमा सुमधुरता प्रेममा सफलता र यात्रा अविस्मरणीय बन्ने छ । अन्त्यमा शारीरिक पारिवारिक स्वास्थ्य उपचारमा धन खर्च हुन सक्छ । कोही कसैसँग विवाद पर्न सक्ने हुँदा खामदा, हिडदा र बोल्दा विशेष सतर्कता आवश्यक छ ।
कन्या : साताको शुरुमा मनमा खिन्नता मालसामान हराउन वा चोरिन सक्छ । काममा अलमल हुनेछ । मध्यतिर शत्रुभय विरोधीसँग कडा प्रतिस्पर्धा हुनेछ । परिश्रम गरे अनुसार जस र सफलता नमिल्दा दिक्क लागेर आउनेछ । अन्त्यमा सामुहिक भोजा भतेरको अवसर मिल्नेछ । मनोरञ्जनात्मक अविस्मरणीय यात्रा हुनेछ । व्यापारमा लाभ व्यवसायमा सन्तोषजनक प्रगति हुनेछ । साताको उत्तराद्र्ध केही प्रगति उन्मुख समय देखा पर्न सक्छ । यो साता शनिदेवको मन्त्र ऊँ शं शनैश्चराय नम : जप गर्नाले काममा सफलता मिल्नेछ ।
तुला : साता सामान्य रहने देखिन्छ । साताको शुरुमा शारीरिक कष्ट मनमा भय र ारातीमा अनिद्रा आदिले सताउँला । मध्य अन्त्यतिर मनमा खिन्नता मालसमान हराउन वा चोरिन सक्छ । शिक्षामा खर्च हुनेछ । शत्रुभय विरोधीसँग कडा प्रतिस्पर्धा गर्नु पर्ला । आफन्तले कुरा काटलान् । यसर्थ यो साता यो साता कुनै पनि काम गर्दा खाँदा हिडदा र बोल्दा विशेष सतर्कता आवश्यक छ ।
वृश्चिक : साता मध्यम फलदायी रहला । साताको शुरुमा आफन्त एवं मित्र सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । प्रयास गर्दा प्रशस्त धनलाभको योग देखिन्छ । मध्य अन्त्यतिर शरीरमा आलस्यता, मनमा भय एवं वाहनका लागि धनखर्च हुन सक्छ । चोरभय काममा बाधा अलमल हुने ग्रहयोग रहेकोले सतर्कतापूर्वक काम गर्नु पर्ने देखिन्छ ।
धनु : साता मिश्रीत फलदायी रहला । साताको शुरुमा संचित धनखर्च घरमा आउने अतिथि सत्कारमा खर्च योग देखिन्छ । आफनै बोलीका कारण काम विग्रन सक्छ । मध्यतिर बोली व्यक्तित्व बढने सरकारी उल्झन सुल्झने धनलाभ र आफन्त एवं मित्र सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । अन्त्यमा घरायसी समस्या देखा पर्ने खानपिनको लापरवाहीले पेट सम्बन्धि रोग देखा पर्ने र मनमा भय र रातीमा अनिद्राले सताउँला । यसर्थ साताको शुरुमा बोली र खर्चमा नियन्त्रण । अन्त्यमा खानपिनमा सावधानी आवश्यक छ ।
मकर : साता फलदायी नै रहला । साताको शुरुमा भाग्यले साथ दिनेछ । सामाजिक मानसम्मान बढनेछ । अन्नलाभ धनलाभ हुने ग्रहयोग रहेको छ । आफनै बोली र रिसले काम विग्रन सक्छ । यसतर्फ विाशेष सतर्कता आवश्यक छ । साताको मध्यतिर संचित धनको खति घरमा अतिथि पाहुनाको आगमनमा धन खर्च हुने र कोही कसैबाट अपमाणित हुनु पर्ला । अन्त्यमा नयाँ पुराना साथीभाइसँग भेट हुने मित्र एवं आफन्तको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ ।
कुम्भ : साता मिश्रीत फलदायी रहला । साताको शुरुमा मनमा बेचौनी उच्च रक्तचाप अनावश्यक खर्च काममा अलमल र व्यर्थ भ्रमण हुन सक्छ । मध्यतिर काममा सफलता मनमा शान्ति समाजिक सम्मान मिल्नेछ । अन्त्यमा घरमा अतिथि आगमन आम्दानी खर्च बराबर हुने काममा अपजस कसैबाट अपमानित हुनु पर्ने ग्रहयोग रहेकाले सतर्कता आवश्यक छ ।
मीन : साता फलदायी नै रहला । साताको शुरुमा सरकारी उल्झन सुल्झने छ । विदेश सम्बन्धि काममा सफलता मिल्नेछ । राज्यबाट समर्थन मिल्ने योग छ । मातापिताको स्वास्थ्य उपचारमा धन खर्च हुन सक्छ । मध्यतिर मनमा बेचैनी काममा अलमल यात्रामा सफलता शरीरमा उच्च् रक्तचाप देखा पर्ला । अन्त्यमा भाग्यले साथ दिनेछ । मानसम्मान पुरस्कार पाउने ग्रहयोग छ । बोली व्यक्तित्व पनि बढला । बुद्धि पु¥याएर प्रयास परिश्रम गर्नु भए साता फलदायी नै रहने साताको गोचर ग्रहबाट देखिन्छ ।