नेपालकै प्रमुख भन्सार नाका वीरगंजले ५ वर्ष भित्रमा ३ वर्ष असफल भएका छन् । राजश्व विभागले वीरगंज भन्सार कार्यालयलाई दिएको राजश्व संकलनको लक्ष्यभन्दा २ वर्ष मुश्किलले पुरा गरेको छ भने, ३ वर्ष लक्ष्य भेटाउनै सकेको छैन् ।
आर्थिक वर्ष २०७०/०७१ मा राजश्व विभागले वीरगंज भन्सार कार्यालयलाई दिएको लक्ष्य भेटाउन सफल भएको कार्यालयले त्यसपछी २०७३/०७४ मा मात्रै पुनः राजश्व असुलि गर्न सफल भएको थियो । त्यसपछि लगातार दुई वर्षसम्म वीरगंज भन्सार कार्यालयले लक्ष्य भेटाउन सकेका छैनन् । २०७०/०७१ म विभागले दिएको ७९ अर्ब ३२ करोढ २७ लाख लक्ष्य मध्ये १००.०३ प्रतिशत अर्थात ७९ अर्ब ३४ करो ६३ लाख रुपैयाँ संकलन गरेको थियो ।
यसलग्तै आर्थिक वर्ष २०७२/०७३ मा भने मधेश आन्दोलन लगायत नाका अवरुद्ध हुदाँ राजश्व विभागले दिएको ७१ अर्ब ८६ करो ६४ लाख मध्ये झण्डै २१ प्रतिशत अर्थात १५ अर्ब ६ करो ४५ लाख रुपैयाँ कम भई ५६ अर्ब ८० करोड १९ लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको वीरगंज भन्सार कार्यालयका सुचना अधिकारी मनिष महतोले बताए । तर यता आर्थिक वर्ष २०७३/०७४ मा भने कार्यालयले आफनो लक्ष्य भेटाएको छ । विभागले दिएको १ खर्ब ७ अर्ब ११ करोड ३२ लाख रुपैयाँ मध्ये १ खर्ब ८ अर्ब १० करोड ९८ लाख अर्थात १००.९३ प्रतिशत राजश्व असुलि गरेको हो ।
यसपछि मात्रै विग्त २ वर्ष यता वीरगंज भन्सार कार्यालयले राजश्व विभागले दिएको लक्ष्य भेटाउन नसकेको देखिन्छ । विभागले आर्थिक वर्ष २०७४/०७५ का लागी दिएको १ खर्ब ३४ अर्ब ३९ करो २४ लाख मध्ये १ खर्ब ३१ अर्ब ३१ लाख मात्रै ९७.४८ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको छ ।
यसैगरी भर्खरै समपन्न आर्थिक वर्ष २०७५/०७६ मा समेत झण्डै १४ प्रतिशत अर्थात लक्ष्य भन्दा २४ अर्ब ७ करोड ९८ लाख ६५ हजार रुपैयाँ कम संकलन गर्न सकेको सूचना अधिकारी मनिष महतोले बताए ।
राजश्व विभागले वीरगंज भन्सार कार्यालयलाई दिएको लक्ष्यमा यसैवर्षदेखी संचालनमा आएको नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसीपी) र पुरानो वीरगंज भन्सार कार्यालय दुवैतर्फबाट गरेर पनी ८५.९७ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको हो ।
विभागले कुल १ खर्ब ७१ अर्ब ६० करोड ५८ लाखको लक्ष्य दिएको मध्ये १ खर्ब ४७ अर्ब ५३ करोड १३ लाख मात्रै राजश्व संकलन गर्न सकेको हो ।
ड्राइपोर्ट स्थित सुख्खा बन्दरगाह भन्सार कार्यालय पनी असफल
यसैगरी सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले पनी आफ्नो राजश्व संकलनको लक्ष्य भेटाउन सकेको छैन् । आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्यको ८९.३६ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । भन्सार विभागले दिएको ३६ अर्ब ९ करोड ३२ लाखको लक्ष्य मध्ये ३२ अर्ब २५ करोड १३ लाख मात्रै राजश्व संकलन गरेको हो ।
आर्थिक वर्ष २०७४/०७५ मा समेत यस कार्यालयले विभागले दिएको राजश्वको लक्ष्य पुरा गर्न सकेका थिएनन् । कुल २८ अर्ब २९ करोड ४२ लाख लक्ष्य मध्ये जम्मा २७ अर्ब ३३ करोड ५१ लख अर्थात ९६ प्रतिशत मात्रै राजश्व संकलन गरेको थियो ।