२०५४ सालमा वीरगंज स्थित ज्ञानज्योति सेकेन्ड्री स्कुलबाट एस.एल.सी उतीर्ण भई नेपाल मेडिकल कलेज अतरखेल जोरपार्टीबाट एम.बि.बि.एस गरी वीरगन्जमा नै कार्यक्षेत्र बनाई कार्यरत डा. अमर क्याल नेत्ररोग विशेषज्ञ हुन् । आँखा सम्बन्धी एम डि टिचिङ्ग हस्पिटलबाट अध्ययन पूरा गरेका नेत्र रोग विषेशज्ञ डां. अमर क्यालको पारिवारीक अवस्था राम्रो रहेको उनले बताए । अध्ययन पूरा भएपछि आफ्नै ठाउँमा सेवा दिनुपर्छ भन्ने उद्देश्यले आफ्नी आमाको नामबाट किरण आँखा अस्पताल संचालनमा ल्याएको उनको भनाइ छ । आँखा शरीरको महत्वपूर्ण अंग हो जुन दृष्टिको काममा आँउछ । मानव शरीरमा दुई आँखा हुन्छन् । यो दुईटै आँखा खोपडीको अर्बिटमा अवस्थित हुन्छन् ।
आँखाको फोटोरिसेप्टर प्रकाशलाई विद्युतीय सिग्नलमा परिवर्तन गर्दछ । यो सिग्नललाई अप्टिक स्नायु मष्तिश्कमा पुर्याउँछ र व्यक्तिलाई दृष्टिको अनुभुति हुन्छ । उमेर बढदै जादा आँखाका लेन्स कडा हुने प्रक्रिया जारी हुन्छ । त्यसैले दृष्टि क्षमता अझै कमजोर हुन सक्छ र लेन्स वा बाइफोकल (नजिक र टाढा दुवैका लागि चश्मा) लगाउनुपर्ने हुनसक्ने डा. क्यालको भनाइ छ । मोतियाविन्दुले हाम्रो आँखाको लेन्स धमिलो भएर दृष्टि अस्पष्ट हुन्छ । उमेर जति बढ्दै गयो त्यति नै मोतियाविन्दु हुने सम्भावना हुन्छ । उमेर बढ्दै गएपछि सबैलाई हुने रोग मोतियाविन्दु हो, भन्छन डां.क्याल । जलविन्दु (ग्लुकोमा) आँखाभित्र दबाब बढेर अप्टिक नर्भ नष्ट हुँदा ग्लुकोमा हुन्छ’, यसले बिस्तारै दृष्टि क्षमता हराउँदै अन्त्यमा दृष्टिविहीन नै बनाउँछ । विश्वभर अधिकांश युवाले दृष्टि गुमाउने प्रमुख कारण मध्ये जलविन्दु एक हो । वंशाणुगत वा वातावरणीय कारणले रेटिनाको एउटा भाग माकुला खराब हुन्छ र दृष्टि क्षमता गुम्दै जान्छ । यसको लक्षण धमिलो देखिनु हो । घामको पराबैजनी (अल्ट्राभ्वाइलेट) किरण र धूमपानले यो रोग बढाउँछ । ६५ वर्षमाथिका ककेसियनहरूको दृष्टि गुम्ने प्रमुख कारण नै माकुलर डिजेनेरेसन मानिएको उनले बताए । जति उमेर बढ्दै गयो आँखाका डाक्टरकहाँ नियमित आँखा परीक्षण गराउनुको साथ साथै खासगरी ४० वर्ष पुग्दा र नाघेकाले बेला(बेला आँखाको जाँच गराए रोगको प्रारम्भिक चरणमै जानकारी पाइने र उपचार र रोकथाम गर्न सकिने दृष्टि धमिलो वा देख्न समस्या भए डाक्टर कहाँ जँचाउन गइहाल्नुपर्छ । यसो गरे मात्र आँखा स्वस्थ र दृष्टि क्षमता कायम राख्न सकिने उनको भनाई छ । किरण आँखा अस्पतालका संचालक तथा डां. अमर क्यालसंग आँखाको हेरचाह कसरी गर्न सकिन्छ ? र रोग लागे पछि यसको उपचार कसरी गर्न सकिन्छ भन्ने बिषयमा मध्य नेपालको लागी गरिएको बिशेष कुराकानी :
१) किरण आँखा अस्पतालमा आँखाको कस्तो–कस्तो उपचारहरु हुन्छ ?
यस अस्पतालमा आँखाको सम्पूर्ण तथा सबै रोगको जाँच गरिन्छ । समान्य आँखा पाक्ने रोगदेखि, मोतिविन्दु, जलविन्दु, चस्माको जाँच, चस्मा लगाउनु पर्ने नानीको घाउ जस्ता आँखाको रोगहरुको उपचार गरिन्छ ।
त्यसै गरी जनरल, ओपीटी चस्माको सेवा, डेढोपनको जाँच, मोतिविन्दुको छनोट शल्यक्रिया आँखाको प्रेशर, जलविन्दुको उपचार मधुमेह तथा ब्लड प्रेसरले गर्दा आँखाको पर्दामा हुने रोगको समेत पहिचान लगायतका सेवा प्रदान गदै आएको छौ साथै मोतीया विन्दुको बिना ईन्जेक्सन बिना पट्टि अत्याधुनिक फेको प्रविधिबाट अप्रेसन गरिरहेका छौं ।
२) मोतियाविन्दु र जलविन्दुको बारेमा के फरक छ ?
मोतियाविन्दु भनेको उमेर ढल्किदै जाँदा हुने आँखाको समस्या हो । यसमा खास गरि खेतमा काम गर्ने किसानहरुलाई बढी हुन्छ । उनीहरु दिनभर घाममा काम गर्छन् । उनीहरुको खानपान मिल्दैन । जस्का कारण आँखाधमिलो देखिने हुन्छ । यो वंशाणुगत कारणले पनि हुन्छ । जलविन्दु नशाको समस्या हो । आँखामा विभिन्न नशाहरु हुन्छन् । त्यही नशाले नै हाम्रो आँखालाई सन्तुलनमा राख्ने गर्छ । नशामा पानीको मात्रा कमी भयो भने जलविन्दुको समस्या देखा पर्छ ।
३) गर्मी समयमा आँखामा देखिने समस्या कुन कुन हुन् ? अस्पतालमा हाल कुन – कुन रोगका विरामीहरु बढी आउने गरेका छन् ?
हालसम्म आएका विरामीहरु मध्य धेरै जसो मोतियाविन्दुले गर्दा दृष्टि कम भएका विरामीहरु ब्ढि आउने ग रेका छन् । मोतिविन्दु वाहेक आँखा चिलाउने, पोल्ने, पाक्ने, त्यसै गरी आँखामा मासु पलाउने तथा सामान्यदेखि जटिल किसिमका विरामीहरु आउने गरेका छन् । हालसम्म आएका विरामीहरु मध्ये अहिलेआँखा पाक्ने रोग तथा एलर्जीका धेरै विरामी आउने गरेका छन् ।
४) अस्पतालले हाल दिदै आएको सेवाहरु कुन कुन हुन् ?
हामीले प्रायः आँखा सम्बन्धी सबै प्रकारका अप्रेशन गरिरहेका छौ । आँखाको पर्दा च्यातिएको जसलाई (रेटिनल डिट्याच्मेन्ट ) भनिन्छ । त्यो सेवा हामी कहाँ उपलब्ध छैन । किनकि त्यसका उपकरणहर धेरै महंगा हुन्छन् । त्यसको लागि विषेश तालिम पनि लिनु पर्ने हुन्छ । त्यो बाहेकका ल्याब रेजर, लेटिनल रेजर, जलविन्दु मोतिबिन्दुको अप्रेसन आदि हुन्छन् । नेपालका आँखा अस्पतालमा हुने सबै प्रकारका सेवा हमीले प्रवाह गरिरहेका छौं ।
५) अस्पतालको सेवा जनता सम्म पु¥याउन के गर्नु भएको छ ?
विभिन्न संचार माध्यमको सहायताले प्रचार प्रसारका काम गरिरहेका छौ । हामीले विभिन्न स्थानमा आँखा सम्बन्धी निशुल्क वा केही शुल्क लिएर आँखा शिविरहरु संचालन गरिरहेका छौ । जस्ले गर्दा आँखामा समस्या भएका पनि अन्जान रहेका विरामीहरुलाई धेरै नै राहत मिलेको छ ।
६) रोग पालेर घरमा नै बस्नु भएका आँखाका विरामीहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?
आँखा भनेको ऐना जस्तै हो । यसले संसार देखाउनुका साथै धेरै भाव पनि बुझाउछ । समयमा यसको जाँच र उपचार गरेमा अनावश्यक अन्धोपनको दुःखबाट पर रहन सकिन्छ ।
आँखाले शरीरको अरु अङ्गको रोगको संङेत दिन्छ । अन्धोपनको साथै ज्यानमा पनि हानी हुन सक्छ । ऐना जस्तै एक पटक फुटे पनि यो जोड्न गाह्रो हुन्छ । त्यसैले हरेक ६ महिनामा आँखा जचाएर स्वास्थ्य रहौ भन्न चाहन्छु ।