पर्साको बहुदरमाई नगरपालिका वडा नं. ९ स्थित रहेको नारा खोला अतिक्रमणमा परेको छ ।
बहुदरमाई नगरपालिका वडा नं. १ पिपरा टोलस्थित श्रीराम जानकी मन्दिर र विश्रामपुर टोलको बिचमा रहेको नारा खोलालाई कुखुराफार्म सञ्चालनका लागी एकसय मिटरको खोलाको जग्गा अतिक्रमण गरेको पाइएको छ ।
विश्रामपुर, पिपरा, बैरियाविर्ता लगायतका स्थानीयहरुको प्रत्यक्ष सरोकार राख्ने नारा खोला हाफिजी भन्ने जाकिर हुसेनले अतिक्रण गरेको स्थानीय रामअजोध्या यादवले बताए ।
घरपालुवा जनावर गाई, भैसि तथा बाख्रा चराउन त्यहीँ खोलाको डिलमा दैनिकि यापन गरिरहेका सार्वजनिक जग्गा एक्लौटि रुपमा जाकिर हुसेनले हत्याएको स्थानीयहरुको आरोप छ ।
बुहदरमाई नगरपालिकाको दुईतिवटा गाउँ जोड्ने खोलालाई माटोले भरिरहदाँ समेत नगरपालिकाले यसमा कुनै चासो नदेखाएको स्थानीयहरुले आरोप लगाएका छन् ।
सदियौँदेखी स्थानीयहरुको दैनिकि बन्दै आएको नारा खोला अतिक्रमणले गाईभैसी चरिचरण हुने ठाउँ अहिले जाकिर हुसेनले एक्लौटी रुपमा हडपेपनी जनप्रतिनिधिहरु मुख दर्शक बनेको स्थानीय देवनन्न साहको भनाई छ । कुखुरा फर्मका संचालकले नै माटो पुरेर खोलालाई नै बन्द गर्ने अवस्था ल्याएकाले स्थानीय जनता मर्माहित भएका छन् ।
गाईभौसीको साथसाथै सयौँ किसानले यसै खोलाको पानीले सिचाई गर्दै आएको नारा खोला व्यक्तिगत भोगचलन गर्ने बारे बहुदरमाई नगरपालिका वडा नं. १ का स्थानीय देवनन्न साहले बताए ।
लामो समय पश्चात स्थानीय सरकार गठन भएपछि प्रायः ठाउँमा सार्वजनिक तथा ऐलानी जग्गा, खोला, नाला, सडक हडपने चलन नै बनेको देखिन्छ ।
पटक पटक आग्रह गरे पनि फर्म संचालक जाकिर हुसेनले आफू मेयर नितेन्द्र साह नजिकको व्यक्ति भएको र वडा नं. ९ का वडाअध्यक्ष रबी गुप्ता समेत यस फर्ममा शेयर रहेकाले आफूले जे गरे पनि कसैले केही गर्न नसक्ने स्थानीयहरुलाई बताउने गरेको स्थानीय रामअयोध्या प्रसाद यादवको भनाई छ ।