मोवाईल फोनको रेडिएशनले स्वास्थमा पार्ने नाकारात्मक असर बारे जानकारी पाएपछि वीरगंजका युवाहरु एन्टिरेडिएशन चिप्स प्रयोग गर्ने भएका छन् ।
मोबाईल फोनमा भएको रेडिएशन मानवीय स्वास्थको लागी खतरा भएको भन्दै एन्टिरेडिएशन चिप्स प्रयोग गर्न लागेका हुन ।
अहिलेको आधुनिकतासंगै प्रत्येक घरका प्रायः सबै सदस्यहरुको हातमा मोबाईल फोनको प्रयोग बढेसंगै यसले पार्ने असरप्रति सचेत हुँदै स्वस्थ र सुरक्षित रहन वीरगंजका युवाहरु मोबाईलमा एन्टिरेडिएशन चिप्स प्रयोग गर्न शुरु गरेका हुन् ।
निरन्तर ५० मिनेटसम्म मोबाईलफोन प्रयोग गर्नाले मोबाईलमा भएको रेडिएशनले दिमागको शेल्सलाई प्रभावित पार्नुको साथै टाउको दुख्ने, हात झनझनाउने जस्ता समस्याले दिमागलाई असर पार्ने गर्दछ । यसले आँखामा ड्राईनेस, निद्रा नलाग्ने, चक्कर आउने जस्ता अनेकौँ समस्या निमत्याउने भएकाले एन्टिरेडिएशन चिप्स प्रयोग गरिरहेको वीरगंज भिस्वाका योगेश वर्णवालले बताए ।
उनले भने, मोबाईल फोनलाई पाईन्टको पकिटमा राख्दा त्यसमा भएको रेडिएशनले शरिरलाई प्रभावित पारि सेक्स अर्गेन्सलाई समेत डाईमेज गरेको अनुसन्धान समाजिक संजाल मार्फत जानकारी पाउने वितिकै मोबाईलमा भएको रेडिएशनको प्रभावबाट बच्न लागी मोबाईलमा एन्टिरेडिएशन चिप्स प्रयोग गर्न लागेका छौँ ।
कयान्सर, ब्लडप्रेसर, सुगर, हार्डअटेक्ट जस्ता विभिन्न रोगको बढावा पनि मोबाईल रेडिएशनकै उपज भएकाले स्वस्थ रहन एन्टिरेडिएशन चिप्स प्रयोग गर्नु अनिवार्य भएको ड्राईपोर्ट वीरगंजका किसन सहनिले बताए ।
ज्वालमुखीको लावाबाट निस्केको अंशको भागलाई मिलाएर एन्टिरेडिएशन चिप्स बनेकोले मोबाईलको रेडिएशनलाई काटेर शरीरमा हुने विभिन्न किसिमका रोग व्यथाहरुबाट बच्न मद्दत गर्ने गर्दछ । हाल यसमा युवाहरुको विश्वास बढ्दो भएकाले युवाहरुमा यसको प्रयोग प्रति आकषण बढेको हो ।