नेपाल भारतको मुल प्रवेशद्वार वीरगंज भन्सारस्थित शंकराचार्य गेटलाई बडो तामझामको साथ सौन्र्दरीयकरण गरिएको थियो । भारतबाट नेपाल आउने पर्यटकहरुमा सकारात्मक सन्देश जाओस् भन्ने उद्देश्यका साथ तत्काली वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालको नेतृत्वमा शंकराचार्य गेटलाई सौन्र्दरीयकरण गरिएको थियो र त्यसको नाम दिइएको थियो ‘सेल्फी स्थल’ । सेल्फी स्थल नाम दिइएतापनि हालसम्म कोही पनि त्यहाँ तस्विर खिच्न पुगेका छैनन् ।
दिनहुँ उक्त सडकबाट हिँड्ने ठूलठूला सवारी साधनले विग्रको सडक भएको कारण उड्ने गरेको धुँलोले गर्दा सेल्फी स्थलको विजोग बनेको छ । बढो तामझामका साथ गरिएको सौन्र्दरीयकरणले छिमेकी मुलक भारत वा तेस्रो मुलकबाट आउने पर्यटकहरु त्यहाँ ५ मिनेट समेत कुर्न नमान्ने गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।सौन्र्दरीयकरणको बेला वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषाल लगायत विभिन्न राजनीतिक दलका नेता, समाजसेवी लगायतका व्यक्तित्वहरुको सहभागितामा रिबन काटेर उद्घाटन गरियो । तापक्रम तथा समय देखाउने ठूलो एल.ई.डि. बोर्ड पनि लगाइयो र त्यही स्थानमा नेपालको ठूलो झण्डा पनि झुन्ड्याइयो । दुर्भाग्य संरक्षणविना विजोग बनेको छ ।
नेपाल प्रवेश गर्दा नेपालको झण्डा देखिनु कुनै नराम्रो कुरा होइन, तर त्यसको संरक्षण हुन पनि उत्तिकै आवश्यक छ । विरुवा रोप्नु ठूलो कुरा होइन्, त्यसलाई उमार्नु, हुर्काउनु ठूलो कुरा हो । जुन कुरा स्थानीय जनप्रतिनिधिसंगै जिम्मेवार वीरगंज महानगरपालिकाले समेत बुझ्न सकेन, जसको परिणाम त्यहाँ लगाइएको नेपालको झण्डा जथाभावी फालिएको अवस्थामा भेटियो । नेपालको झण्डा भनेको प्रत्येक नेपाली नागरिकको मुटु हो र त्यसलाई जथाभावी फालेमा एउटा सच्चा नेपाली नागरिकलाई सहाय हुँदैन तर वीरगंज महानरपालिका जस्तो सरकारकै एउटा अँगले बेवस्था गरेको देखिन्छ । सोझो अर्थमा भन्ेहो भने वीरगंज महानगरपालिका आफ्नै सार्वजनिक सम्पती प्रति कतिको चिन्तीत छ भनेर छर्लड्डै देखिन्छ ।
त्यहाँ फेरि दिनहुँ नेपाली नागरिक आवत जावत गर्नुको साथै नेपाल सरकारको सुरक्षाको अँग नेपाल प्रहरीको चेकजाँच प्वाइन्ट पनि छ । दिनहुँ नेपाल प्रहरी र सशस्त्र प्रहरी खट्ने गरेका छन् तर त्यो नेपालको झण्डालाई व्यवस्थित ठाउँमा लगेर राखिदिने भने कसैलाई फुर्सद छैन । वीरगंज महानगरपालिकाले पनि बजेट खर्च गरि सौन्र्दरीयकरण त गर्यो तर त्यसको संरक्षणमा भने ध्यान पु¥याएन जसले गर्दा अहिले ति ठाउँ जस्ताको त्यस्तै छ ।
उद्घाटनको दिन रजतजयन्ती चोकदेखि शंकराचार्य गेटसम्मको सडकलाई वीरगंज महानगरपालिकाले बरुण यन्त्र लगाएर सडक पखालिएको पनि थियो तर त्यो एक दिनको लागि मात्रै । त्यसपछि सडक पखाल्ने कार्यले निरन्तरता पाएन् र दिनहुँ धुलो उड्ने खाल्डा खुल्डी भएको सडक भएको कारण त्यो स्थल पुनः जस्ताको त्यस्तै बन्यो । दीर्घकालीन योजना तथा पूर्वाधार विनाको विकासको कुनै औचित्य हुँदैन भनेर यस सौन्र्दरीयकरणले प्रष्ट पारिदिएको छ ।
पार्क निर्माण गर्नु कुनै नराम्रो कुरा होइन, तर सधैं धुलोले ग्रसित क्षेत्रलाई धुलोबाट मुक्त गराएर मात्रै पार्क निर्माण गरेको भए सायद त्यसको सार्थकता हुन्थ्यो तर अहिले सधैं धुल्लामे रहने क्षेत्रमा पार्क निर्माण गरेकोले महानगरले बालुवामा पानरी खन्याए जस्तो भएको स्थानीय व्यापारी रोशन साह बताऊँछन् । पार्क निर्माणको उद्घाटनको दिन विहानैदेखि सडकभरि पानी छरिएर सिँगारेर सफासुगर बनाइएको थियो । दोश्रो दिन पुनः धुलैधुलो र नाकै थुनेर जानुपर्ने अवस्था आएको छ ।
विगत लामो समयदेखि शंकराचार्य गेटदेखि पश्चिमपट्टि छेउमै महानगरभित्र भएभरको फोहरलाई फालिन्छ । फोहरको साथसाथै मरेको घरपालुवा जनावर, यहाँसम्म कि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको वेवारिसे शवहरुलाई पनि त्यही लगेर गाड्ने गरेको छ महानगरले । भनिन्छ कुनैपनी देशको पहिलो कदम दशगजापछीको भुमि हो जसले देशको अवस्था दर्शाउँछ तर सुन्दर स्वच्छ तथा सफा सहरको पगरी गुथेको महानगरले आफै फोहर तथा अव्यवस्थित बनाउँदै गएको देखिन्छ ।
जसले गर्दा सो क्षेत्र सधैं दुर्गन्धको शिकार बन्ने गरेको छ । फोहर तथा धुलोमय सडकलाई व्यवस्थित नै नगरी त्यही क्षेत्रमा पार्क निर्माण गर्नुको औचित्य नरहेको अर्का स्थानीय सुरेश कुमार गुप्ताले बताए ।