‘जननी जन्मभूमिश्य स्वर्गादपी गरियसी’ जन्म दिने आमा र जन्मिएको स्थान स्वर्गसरह हुन्छ । घर सानो वा ठूलो झुपडी वा महल किन नहोस, आफ्नो देश सानो वा ठूलो धनी वा गरिब, विकसित वा अविकसित किन नहोस् आफ्नो घर पाचतल्ले दरबार हो भने देश संसार हो । यो सदैव महान र गौरवशाली हुन्छ । देश र आमालाइ मायाँ, प्रेम नगर्ने मानिस छोरा वा छोरी त्यो मानिस भएर पनि पशुतुल्य हुन्छ ।
देश प्रतिको भक्तिभावमा शक्ति हुन्छ । मानिसले सवै थोक विर्सन सक्छ तर जतिसुकै दुख भए पनि,जन्मिएको देश र जन्म दिने आमालाई विर्सन सक्दैन । सृष्टि, स्थिति ,संहार दिने कर्ता ईश्वर हुन भने आमा ईश्वरको पनि ईश्वर हुन । धर्ती माता (देश) ईश्वरको लिला हो । विज्ञानले जति सुकै चमत्कारी विकास गरे पनि प्रकृति हुदैनथ्यो । विज्ञानले विकासको अवसर पनि पाउदैनथ्यो ।
विज्ञान र प्रकृति, प्रकृति र मानिस, अध्यात्म र भौतिकवीच पारस्परिक सम्बन्ध हुन्छ । प्रकृतिको लीला अपरम्पार भने झै नेपाल माताको लीला पनि अपरम्पार छ । नेपालमा झण्डै साडे तीन करोड जनसंख्या छ, ९२ भाषाभाषी, १२३ जातजाति, पाकृतिक विविधता जातिय विविधता , जैविक विविधता, भौगोलिक विविधताले भरिपूर्ण , सामाजिक महत्वको भूमि, नेपाल विश्वका १५ प्राचिन देश मध्येको एक हो । ज्ञान भूमि, शान्ति भूमि, देवी देवताको भूमि, ऋषि महर्षीको तपश्या भूमि वीर वीरगैनाको वीरभूमि, हिमालयको काखमा रहेको पवित्र भूमि जस्को प्रशस्त वर्णन पुराण, ग्रन्थमा भइसकेको छ , अहिले पनि देश, विदेशवाट प्रकाशित पत्रपत्रिकामा हुदै आएको छ । वहुल जाति, भाषा, धर्म, संस्कृतिको विशाल भूमि विगतमा अति शक्तिशाली पनि थियो । विृटिस शडियाभोट ( तिव्वत ) संग वीर नेपाली गोर्खालीले लडाइ पनि लडेका थिए ।
बीर गोर्खालीको गाथा विश्वभर गाइन्छ । नेपालीहरु पनि विश्वभर छरिएर बसेका छन् । विश्वभरका पर्यटकहरुले नेपाल भूमिमा पाइला राखी सकेका छन् । देवादी देव महादेव श्रीपशुपतिनाथ अहिंसा र शान्तिका अग्रदूत गौतम बुद्धको जनस्थल विश्वको सर्वोच्च शिखर माउण्ट एभरेष्ट सगरमाथा सीताको जन्मभूमि, महाभारत पूर्व आदि गरिमा र पहिचान वोकेको नेपाल आजसम्म घोषित रुपमा कसैको उपनिवेश नवनिकन सार्वभौम सत्ताको रक्षा गर्दै आएको छ । कुनै नेता, राजा महाराजाको प्रतापले होइन, नेपाल माताको प्रतापले नेपालको वर्चश्व विश्वमान चित्रमा अकित छ ।
पछिल्ला दिनहरुमा कुन अधर्म, कुन पाप र कस्को श्रापले गर्दा हो प्राकृतिक सौन्दर्यता , प्राकृतिक साधन र स्रोतको प्रचुरता माथि विदेशीले आँखा गाडेका छन् । नेपालको राजनीति र कुटनीतिमा विदेशी स्वार्थ र चलखेल बढेको छ । देशका शासक प्रशासक भ्रष्ट ,असफल र कमजोर वन्दै गएका ,राजनितिक व्यवस्था विदेशी स्वार्थको खेलौना वनेको , सुरवीर नेपाली भनेर नाम कमाएका पुर्खाहरुका सन्तान दलाल र लाहुरेमा परिणत भएकाले नेपाल माता आफ्नो अस्तित्व माथि संकट छाएको कारण छटपटाइ रहेकी छिन् । देशभक्त, सपुतहरु अल्प मतमा परेका छन् । पूंजीवाद विदेशी र दलाल शासनयन्त्रले देशभक्त र देशभक्ति माथि धावा वोली रहेका छन् । नेपाल आमा मनाइ वचाउ, मलाइ वचाउ भनेर चिच्याइ रहेकी छिन् ।
नेपाली आमा माथिको पीडा सम्पूर्ण नेपाली माथि जवरजस्त आइलागेको पीडा हो । नेपालका शासक प्रशासकहरुले, पार्टीका नेता, कार्यकताहरुले पछिल्ला दिनहरुमा इसाइकरण, भारतीयकरण, पश्चिमा राष्ट्रहरुको चलखेललाई रातो कार्पेट विच्छयाएर स्वागत गरी रहेका छन् । देशका रक्षक करोडौ नेपालीहरुलाई गरिवी र परनिर्भरतामा वाँच्न विभस पारिएको छ । विकासका नाममा ऋण कृत्वा घृतम पिवेत नीति अनुसार देश र जनतालाई ऋणमा डुवाएर वातावरण सन्तुलन पूर्ण विथोल्दै डोजर रोड जताततै निर्वाध निशकोच देशलाई कुरुप र विछलित पारिर्दै छ ।
नेपाल राजनीतिक , आर्थिक, कुटनीतिक र विकासका दृष्टिले अत्यन्तै असफल र कमजोर छ । राष्ट्रिय अनुशासन र एकता खलवलिएको छ । परनिर्भरतामा जकडिएको देश नेपाललाई यतिखेर आफ्नो स्वतन्त्र अस्तित्व र प्राचीन पहिचान कायम राख्न अति नै सकस परेको छ । राजनीति घटना क्रमको विकासले राष्ट्रघाती, जनघाती पार्टी नेता, कार्यकर्ता उत्पादन गरेको छ ।
देशको असफल, कमजोर अवस्था जटिल परिस्थिति, गम्भिर र संवेदनशील स्वाधिन्ता र स्वाभिमान प्रति चिन्ता र चासो राख्ने नेपालीहरु उपेक्षित र ओझेलमा परेका छन् । देश भक्तिमा लागेकाहरुले सकसपूर्ण, कष्टपूर्ण शान्ति सुरक्षाको अवस्था व्यहोर्नु परेको छ । देशभक्तिको मिलन विन्दुमा एकिकृत जनक्रान्तिले सवैलाई उभ्याउन सक्ने आशा, भरोसा पलाएको छ । देशको साहै्र विग्रिएको अवस्थालाई आवश्यक सुधार गर्न वीरतापूर्ण क्रान्तिको महसुस हुन थालेको छ । सुन्दर, शान्त, विशाल नेपालको गाथा वोकेको नेपाललाई स्थिर शान्ति भएको शक्तिशाली नेपाल निर्भाता गन ईमान्दार देशभक्त प्रगतिशाली नेतृत्व स्थापित गर्न क्रान्ति अनिवार्य भएको छ ।
अवको देशभक्त नेपालीहरुको एकिकृत जनक्रान्तिले नेपालको इतिहासलाई विश्वसामु नयाँ ढंगले उजगार गर्न नेपाल–व्रिटिस इण्डिया वीचको सुगौली सन्धीमा गुमेको नेपाली भ–ूभाग फिर्ता गराउन सन् १९५० को सन्धी खारेज गरी नयाँ सन्धी निर्माण गर्न, नेपालको गुमेको र अतिक्रमित सवै भूभाग भारतवाट फिर्ता लिन, नेपाल भारत वीचको खुल्ला सिमाना (वोर्डर) वन्द गरी राहदानी (पासपोर्ट) को व्यवस्था गर्न, वर्क परमिटको व्यवस्था गर्न धर्म निरपेक्षताका नाममा भइरहेको क्रिश्चियन धर्म परिवर्तक अभियान माथि पूर्ण प्रति वन्ध लगाउन विदेशी नेपालीलाई राष्ट्रनिर्याताका कार्यमा सरिक गराई यथास्थिति र प्रतिक्रियावादीहरुले कायम गरेको जटिल आमाको मुकार हसाउने हो ,भने नेपाली राष्ट्रियता भएका सम्पूर्ण नेपालीले आफ्ना पुर्खाले हामीलाई सुम्पिएको अभिभारा सौहार्द पूर्ण ढंगले हाम्रा सन्ततिलाई सुम्पन्न सक्ने उपयुक्त वातावरण र अवसर हामीले खडा गर्न निर्णायक लडाइ लडेर राजनीतिवाट खराव प्रवृत्तिका दलाल र ठग नेताहरुलाई निकाल वाहर गर्न सक्नु पर्दछ ।
सवैखाले विदेशी हस्तक्षेप ,शोषण, दमनका विरुद्ध निरन्तर चिन्ता र चासो राख्ने सवै नेपालीको एकीकृत स्वरुप नै एकीकृत जनक्रान्ति हो । देश ,काल परिस्थिति नेपाली हावा, पानी माटोले एकीकृत जनक्रान्तिका लागी साथ दिएको छ । चेतनशील परिवर्तनकामी सम्पूर्ण नेपालीहरु एकीकृत जनक्रन्ति मार्फत भ्रष्ट असफल कमजोर देश र जनताको सर्वोत्तम हित विपरितको विदेशी स्वार्थ र दलाल पूजीवादीको रक्षा गरिरहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थालाई गम्भिर रुपले नियाल्न आवश्यक रहेको छ ।