देशको सुरक्षा स्थिति धेरै कमजोर भएका कारण मौलाएको अपराध कम नेपालीलाई मात्र थाहा छ । यो समस्या बुझेझै गरी बाल मष्तिष्क भएकी साम्या प्रविनले भविष्यमा देशको रक्षा गर्न आर्मी बन्छु भनिन् । वीरगंज महानगरपालिकाको पानीटंकीमा अवस्थित एन्जल ईन्टरनेशनल सेकेन्ड्री स्कुलको कक्षा ६ मा अध्ययनरत छन् उनी । नसिमा प्रविन र एमडी हारुणका पाँचौ सन्तान मध्यकी चौथो सन्तान हुन साम्या । विद्यालएकी अनुशासित, मेहेनती र लगनशिल विद्यार्थीको रुपमा विद्यालयमा उनको परिचय बनेको छ । उनकी आमा गृहणी हुन् भने बुवाको हार्डवेयर पसल छ । हाल वीरगंजको पानीटंकीमा आफ्ना परिवारसंगै बस्दै आएकी छन् साम्या ।
खेल्नभन्दा पढ्न बढी रुची लाग्ने बताउने उनी गणितमा भएका हिसाब हल गर्न आनन्द आउने बताउँछिन् । विज्ञान पढ्दा अल्छि लाग्ने बताउने साम्याले देवदास सर मेरो मन पर्ने शिक्षक हुन् भनिन् । कारण भने उहाँले राम्रोसँग ब्ुझाएर पढाउने तर्क गरिन् । आफूसंग मिलेर बस्ने आंचल आफ्नो मिल्ने साथी भएको उसको भनाइ छ । देशमा बढिरहेको अपराधलाई नियन्त्रण गरी देशको सेवा गर्ने रहर छ । आफू सेनामा प्रवेश गरी देशको सेवा गर्छु उनले भनिन् । तर आमाले भने डाक्टर पढाउने भन्नु हुन्छ उनले बताइन् ।
बाहिर बनेका जंकफुड लगायतका खानेकुराहरु भन्दा आफ्नो घरमै बनाएको दालभात हरियो साग–सब्जी मन पराउने साम्याकी आमाले बताइन् । मलाई करेलाको सब्जी पटकै मन पर्दैन साम्याले भनिन् । आफ्नो विद्यालयको गृहकार्यदेखि आमालाई घरको काममा पनि सघाउँने उनको बानी छ । त्यस बाहेक आफ्नो मनोरञ्जन लागि टिभी हेर्न समय मिलाउछिन् उनी । प्रायः मलाई काटुर्न मन पर्छ त्यो बाहेक समाचारहरु पनि हेर्ने गरेको छु । म मोवाइल पनि चलाउँछु साम्याले लगातार भनिन् ।
हरेक वर्ष विद्यालयमै आयोजित चित्रकला प्रतियोगितामा राम्रो प्रर्दशनी गर्ने गरेकी छिन् उनले आमा नसिमाले भनिन् । विद्यालयका अन्य अतिरिक्त क्रियाकलापमा सहभागी हुनुका साथै हरेक प्रतिस्पर्धामा अगाडी आउनु पर्छ भन्ने उनको मान्यता रहेको विद्यालयका सह—प्रधानाध्यापक मनोज दत्तले बताए । उ विद्यालयको राम्रो विद्यार्थी हो । घरमा चकचक गर्छिन् भन्ने सुनेको छु । तर पनि अध्ययन र विद्यालयका अतिरिक्त क्रियाकपालमा प्रथम स्थान हाँसिल गर्छिन् । आर्ट एण्ड क्रााफ्ट, नृत्य, दौड प्रतियोगिता, हाजिरीजवाफ लगायतका, चित्रकला प्रतियोगिता लगायतका प्रतिस्पर्धात्मक क्रियाकलापमा उनको रुची बढि छ । उनी सबै प्रकारका प्रतियोगितामा सहभागिता पनि जनाउँछिन् । साम्या अरु विद्यार्थीभन्दा फरक छन् उनले भने ।
विद्यालयको हरेक क्रियाकलापमा राम्रो ल्याएको देख्दा म छक्क पर्छु । उसका ३ वटै दिदीहरु यसै विद्यालयमा पढेका हुन् । उनीहरुको पढाई पनि एकदमै राम्रो थियो । उसले गुरु, गुरुआमा र मित्रहरुलाई गर्ने व्यवहारबाट सबै प्रभावित छन् । आज सम्म उसको कुनै कम्प्लेन आएको छैन । सहयोगी र अलि चन्चले स्वभावकि साम्याको शैक्षिक प्रगति विवरणमा परिवारको पनि राम्रो प्रतिक्रिया छ । अझ बढी उसको आमाले चासो दिनुहुन्छ । बच्चाहरु विद्यालयमा पढे नपढेको प्रति घर परिवारले चासो देखाउनु पर्छ उनकी आमाले सो चासो राखेको छ प्रधानाध्यापिका पवित्रा प्रधानले भनिन् ।
साम्या जस्ता विद्यार्थी हाम्रो विद्यालयका गौरव हुन् । उनी जस्तै विद्यार्थीको अपेक्षा हरेक शैक्षिक संस्थाले गरिरहेका हुन्छन् । उसको पढाई प्रतिको लगाव, व्यवहार, हेर्दा भविष्यमा उसले बोकेको लक्ष्य प्राप्तिमा अवश्य पनि सफलता मिल्न सक्छ र उसका परिवारले पनि साथ दिनेछन् उनले बताइन् ।