रसना ढकाल
जब बेलुकाको ५ वज्न थाल्छ उनलाई काममा जान हतार हुन्छ । साथमा सानो भाई लिएर उनी कार्य क्षेत्रसम्म आउछिन । कार्यस्थलमा आउनासाथ स्टेज सफा गर्न थाल्छिन , माइकहरु तयारी अवस्थामा राख्छिन । अरु साथीहरु पनि त्यसै गर्दै आइरहेका हुन्छन । काम गर्दा गर्दै बेलुकाको ७ बज्छ उनी लगायत उनका साथीहरु स्टेज चड्छन र राष्ट्रिय गान सुरु गर्छन । त्यसपछि ग्राहकहरु पनि आउन थाल्छन । उनी हुन गिता घतान्ङ्ग जो विगत ९ वर्ष देखि काठमाण्डौ स्थित एक दोहरी साझमा गित गाउदै आइरहेकी छिन ।
लम्जुङ्ग घर भएकी वर्ष २८ कि गिताको सानै देखि गित गाउने रुचि रहेको थियो । गाउघरमा चाडपर्वको बेला एक अर्काको घरमा गएर गाउन अथवा दोहरी खेल्न उनी समुह बनाएर जाने गर्थिन । त्यहि बेला आफनै मामाले काठमाण्डौमा दोहरी साझ खोल्ने र त्यसमा आफुलाई गायिकाको रुपमा राख्ने भने पछि उनी वि.स. २०६६ सालमा काठमाण्डौ आइन । र मामाको दोहरी साझमा गायिकाको रुपमा काम गर्न थालिन । अहिले उनी रात्रीमा दोहरीमा गायीकाको रुपमा काम गर्छिन भने विहान कलेज पनि पढछिन । यसका साथै उनले आफनो बुवा आमा र सानो भाईको खर्च पनि टार्दै आइरहेकि छिन् ।
त्यसै गरि तनहु घर भएकी संगिता वर्ष ३२ कि पनि ठमेल स्थित एक डान्सबारमा विगत ४ वर्ष देखि डान्सरको रुपमा कार्यरत रहदै आइरहेकी छिन । उनले डान्सबाट आएको टिप्सको पैसाले आफनो घर परिवार धान्दै आइरहेकी छिन् । उनी रात्रीमा डान्सरको रुपमा काम गर्छिन भने विहान कलेज पढछिन् । साथै आफनो नृत्यबाट कमाएको पैसाले उनले आफु लगायत आफनो बुवा आमाको हेरचार गर्दै आइरहेकी छिन् ।
माथिका यि दुई उदाहरणमनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुको हो । जो आफनो स्वतन्त्र पूर्वक काम गरेर खाने अधिकारको प्रत्याभुत गर्दै आइरहका छन् । यो त्यस व्यक्तिहरुको कथा हो जो मनोरञ्जन क्ष्ँोत्रलाइ कर्मथलो बनाएर जिवीको पार्जन गर्दै आइरहका छन् ।
मनोरञ्जन क्षेत्रलाई आफनो कर्मथलो बनाएर जिवन यापन गर्ने युवाहरुको सख्या हजारौ छ । दोहरी साझ या डान्सबारमा युवाहरुले आफनो गला र कलालाई देखाएर जिवन यापनको साथै आन्तरिक पर्यटनको सवालमा पनि आर्थिक बृद्धि गरिरहेका छन् । तर राज्यबाट श्रम क्षेत्रको रुपमा मान्यता नपाउदा त्यसक्षेत्रमा काम गर्ने श्रमीकहरुलाइ श्रमिक नै नमानेको गुनासो गर्नुहुन्छ विश्वास नेपालकी अध्यक्ष तारा भण्डारी, उहाँ फेरी भन्नु हुन्छ , सरकारले मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरुलाइ प्राथमिकतामा राखेको छैन जसको कारण बेला बेलामा हुने घटनाक्रम यसैको उपज हो भने अर्कातिर स्थनीय सरकारलाइ मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरुको सवालमा जागरुप गराउन आवश्यक छ त्यसैले हामी अब स्थानीय तहलाइ नै जोड दिदैछौ । ( विश्वास नेपाल विगत १३ वर्ष देखि मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुको सवाललाइ उठान गर्दै आइरहेको छ । )
अनौपचारिक तथा मनोरञ्जन क्षेत्र राज्यबाट उपेक्षित गरिएको क्षेत्र हो भन्दा अत्युक्ति नहोला । पितृसत्तात्मक समाज , यसका मूल्यमान्यता तथा स्थापित संरचनाका कारण यस क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुलाई तुच्छ तथा तल्लो दर्जाको रुपमा व्यवहार गरिन्छ । विभिन्न कारणवश मनोरञ्जन क्षेत्रमा काम गर्न आउनेहरुको सख्या बढदो क्रममा छ । मनोरञ्जन क्षेत्र युवाहरुको रोजगारीको क्षेत्रको रुपमा विकसित हुदै गैरहेको छ । कुनै समय यस्तो थियो कि यस क्षेत्रमा काम गर्नेहरु बाध्यताले आए , कहि काम नपाएर यो क्षेत्रमा आए भनेर सोचिन्थ्यो तर वर्तमान समय त्यसतो रहेन अब त यस क्षेत्रमा काम गर्न इच्छाएर आएका पनि प्रसस्त भेटिन्छन् । युवाहरुको एक जमात यस क्षेत्रमा काम गरिरहेको छ । तर दुखको कुरा यो कहिले पनि राज्यको सरोकारको विषय बन्न सकेन ।
सरकारले उद्योगलाइ साना उद्योग , मझौला उद्योग र ठुला उद्ययोग भनेर विभाजन गरेको छ । तर मनोरञ्जन क्षेत्रलाइ कुनै उद्योगको रुपमा विभाजन गरेको पाइदैन । उल्टै यस क्षेत्रमा काम गर्नेलाइ किन यस्तोमा काम गर्न आएको ? भनेर आत्मसम्मानमा ठेस पुराइन्छ । सानो ठूलो जे जस्तो भएपनि काम त काम नै हो ।
मुलुकको संरचना फेरीए सँगै आफनै क्षेत्रको सवालहरुलाइ लिएर कानून बनाउने जिम्मा स्थानीय निकायको हो । यदि भनिरहदा देशमा राजनीति रुपान्तरण आएपनि सामाजिक रुपान्तरण आउन बाकि नै छ । पितृसत्ताले पुरै छोपेको हाम्रो मानसपटलबाट त्यस धारणालाई निकाल्न केहि समय लाग्ने भन्नुहुन्छ काठमाण्डौ महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल । उहाँका अनुसार मनोरञ्जन क्षेत्रलाइ कर्मथलो बनाएर हजारौ युवा जिविको पार्जन गर्दैछन हामीले त्यो भाग हेर्नु पर्छ , कसैप्रति पनि नकारात्मक होइन सकारात्मक भएर व्याख्या गर्नु पर्छ । काठमाण्डौमा खुलेका दोहरी साझ वा डान्सबारको सख्या र त्याहाँ काम गर्ने श्रमिकहरुको सख्या कति छ ? भन्ने प्रश्नमा प्रवक्ता डंगोल भन्नुहुन्छ , मनोरञ्जन क्षेत्र भनेको के हो कसैले बुझेका छैनन । यहाँ काम गर्नेहरुको अवस्था के छ ? वाहाँहरु को हो ? कसैलाइ सरोकारको विषय छैन । तर पनि हामी श्रमिकहरुको आकडा संकलनको लागि सरोकारवालाहरुसँग छलफल गरिरहेका छौ ।
अर्कातिर हामी मानव अधिकारको विश्व व्यापि मान्यतालाइ आत्मसात गर्दै आइरहेका छौ । त्यस भित्र रहेका अनेकौ अधिकार प्रत्याभुतिलाई हस्ताक्षर गरिसकेका छौ । तर पनि पुर्णरुपमा त्यस अधिकारको प्रत्याभूत यस मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकले पाएको छैनन । आफनो कला देखाउने स्थल नै कहिलले काहि ति श्रमिकहरुको लागि सुरक्षित हुन सकिरहेको छैन भने घर धनीले कोठा पनि भाडामा नदिने जस्ता चुनौतिसँग ति महिलाहरुले सामना गरिरहनु परेको छ ।
यति हुँदा हुदैपनि मनोरञ्जन क्षेत्रमा काम गर्नेको सख्या दिन प्रतिदिन बढदै गइरहेको छ । फेरी विश्वास नेपालकी अध्यक्ष तारा भण्डारी भन्नुहुन्छ , मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरुको आकडा नभएपनि यस क्षेत्रलाइ रोजगारीको रुपमा मान्यता दिन आफु लागि परेको वहाँले जिकिर गर्नु भयो ।
मेरुदण्ड बलियो हुने आर्थिकले नै हो । देश समृद्धिमा पुराउन हरेक क्षेत्रको सहि पहिचान हुन जरुरी हुन्छ । अनिमात्र हाम्रो समृद्धिको नारा सार्थक हुन्छ । त्यसैगरी मनोरञ्जन क्षेत्रप्रति सरकारका नीतिहरु स्पष्ट आउन जरुरी छ ।