यसै साता निर्मला पन्त बलात्कार तथा हत्याको एकवर्ष पुरा भएको छ । एकवर्षमा कम्तीमा पनी समान्यदेखी उच्चस्तरीयसम्मको ७ वटा छानविन टोलीले छानविन गरे तर अझै सम्म हत्यारा पता लाग्न सकेका छैनन् । स्थानिय र प्रहरी गरी ५ सयबढी व्यक्तिहरुसंग सोधपुछ छानविन गरिएपनि उनको हत्या र बालात्कार कसले ग¥यो प्रश्न अझै अनुतरित नै छ । देशमा हिजोको भन्दा आज बच्चादेखी वृद्धसम्म ससंकित हुनुपरेको अवस्था बनेको देखिन्छ ।
शुक्रबार न्यायका निम्ति एकसयदिन पुरा भयो त्यसका लागी शहर शहर गाऊँ गाऊँ र घर घरमा निर्मलाको न्यायका कुरा उठे तर सरकारले दोषी पत्ता लगाउन सकेका छैन् । हरेक वर्ष गाऊँ घर टोल छिमेकमा यस्ता घटना घटिराख्दा संदिग्ध व्यक्तिलाई कडा भन्दा कडा कार्वाही नगरिएकाले यस्ता घटना बढ्दै गएको अधिकारकर्मीहरुको ठम्याई रहेको छ ।
गत साउन १० गते घरबाट गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी निर्मलालाई ११ गते उखुबारीमा उनको शव भेटिएको थियो । सोही दिनदेखी न्यायका निम्ती माग गरिरहदाँ भदौ ४ गते हत्या आरोपमा दिलीप सिंह विष्ट पक्राउ तर वास्तविक दोषी पक्राउ नपरेको भन्दै प्रदर्शन चर्कियो । भदौ ६ र ७ गते प्रहरी र प्रदर्शनकारी बीच झडपसंगै कर्फ्यु पनी लाग्यो तर प्रहरीले अनुसन्धानलाई केन्द्रित बनाएन् । अवस्था बिग्रदै गर्दा भदौ ७ गते नै गृह मन्त्रालयद्वारा छानबिन समिति गठन ग¥यो र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी निरीक्षक डिल्लीराज विष्टलाई केन्द्रमा बोलाइयो ।
प्रहरी र प्रदर्शनकारीबीच झडप हुने अवस्था त्यसले पनी केही फरक पारेन् अन्तत भदौ ८ गते कञ्चनपुरमा प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर सन्नी खुनाको मृत्यु भयो । त्यसको भोलिपल्ट भदौ ९ बबिता बम र रोशनी बम पक्राउ परे । यससंगै नेपाल सरकारले प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनाको परिवारलाई १० लाख रुपैयाँको राहत दिने भदौ १० गते घोषणा ग¥यो । घटना छामछुम हुदैँ गर्दा भदौ १२ गते प्रहरीद्वारा प्रहरी सहायक निरीक्षक कृष्णराज ओझाको नेतृत्वमा छानबिन समिति गठन भयो तर छानविन नसकिदैँ सरकारी छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले भदौँ २५ गते राजीनामा दिए । यसक्रममा पटक पटक उच्चपदस्थ नेता, मन्त्रीसंग भेटघाट गरेर दबाब दिएपनी केही पत्तो लागेन् ।
घटनामा एकपछी अर्को हुदैँ असोज १४ गते प्रहरी निरीक्षक डिल्लीराज विष्ट र उनका छोरा किरण तथा आयुष विष्टको डिएनए रिपोर्ट लिइयो जुन नेगेटिभ आयो । तरपनी दबाब थेग्न नसकेर कात्र्तिक ८ गते प्रहरी निरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सरकारले बर्खास्त ग¥यो । घटना यती मै वर्षदिन विते तै चुप मै चुप झै सत्तारुढ दल र विपक्षी समेत सेलाए जसले गर्दा बलात्कृत भएर हत्या भएकी एक निर्दोष नेपाली छोरीले न्याय पाईनन् । यस्ता घटना दिनकै भईरहेको छ । र कतिपय घटनामा राज्यसत्ताको कमजोरीका कारण मुख्य दोषी छुट पाउँदै आएका छन् ।
पर्सा जिल्लामा समेत घरेलु हिसाँ तथा बलात्कारको घटना दिनानुदिन बृद्धी भएको पाइएको छ । आर्थिक वर्ष २०७४/०७५ मा १३ वटा बलात्कारका घटना भएकोमा आर्थिक वर्ष २०७५/०७६ मा ३३ वटा घटना भएको पर्सा प्रहरीले जनाएको छ । देशमा विद्यामान कानुन र त्यसको पालना गराउन अहोरात्र खटिरहेका भएपनि भर्चुअल दुनिया र अवैध ईन्टरनेटको अनियन्त्रीत अस्लिल फोटो र भिडियोले गर्दा घटनामा वृद्धि भएको जानकारहरुको ठम्याई रहेको छ ।
यस्ता जघन्य अपराध भईरहदाँ गाऊँ घर टोलछिमेकमा हुने घरेलु हिसाँमा समेत कमी आएको छैन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता अनन्तराम शर्माका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ७ सय २२ वटा विभिन्न घटना भएका थिए भने ४ सय ७५ वटा घरेलु हिसाँका घटना भएको थियो । तर यस वर्ष यो संख्यामा निकै बढोत्तरी भएको देखिन्छ । आर्थिक वर्ष २०७५÷०७६ मा विभिन्न ७८६ वटा घटना भएकोमा ९ सय ७५ वटा घरेलु हिसाँको घटना भएको हो ।
देशमा हत्या, बलात्कार, हिसाँका घटनामा वृद्धि भईराख्दा समाजमा यसले निकै प्रभाव पार्ने गरेको हुन्छ । सम्बन्धीत निकाय कडाईका साथ दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याए यसले प्रश्य पाउँदैन् ।