स्व. गोपाल बहादुर शाक्य र देवामाया शाक्यका तीन जना छोरा मध्ये कान्छो छोरा हुन् डा. दीपक शाक्य । वीरगन्जवासीको लागि नयाँ नाम भने पकै होइन । ५ जना दिदी बहिनीमा एक जना म भन्दा कान्छी बहिनी छन् । अरु मभन्दा जेठी दिदीहरु र अरु दाइ हुन् । बाजेको पारिवारिक अवस्था राम्रो भए पनि विभिन्न कारणले बुवाको पालामा हाम्रो पारिवारिक अवस्था समान्य थियो उनले भने । म समान्य पारिवारिक अवस्थामा हुर्केको हुँ । पढाइमा अति उच्च श्रेणीको नभए पनि तेस्रो चौथो हुँदै २०३३ सालमा वीरगंजको माईस्थान विद्यापीठबाट एस एल सी पास गरेका डा. शाक्यको जन्म २०१७ साल चैत्र २० गते भएको थियो । मगध युनिभरसिटी गया, भारतबाट पि एच डि गरेका डा. शाक्यले पढने क्रममा आफु शिक्षक बन्छु भनेर कहिले सोचेका थिएनन् । सुरुमा डाक्टर वा ईन्जिनियर बन्ने सोचे राखेपनी त्यो सपना पुरा हुनसकेन्न् । तर एस एल सी पश्चात पारिवारिक अवस्थाका कारण व्यवस्थापन संकाय पढे । व्यवस्थापन संकाय पढ्ने बेलामा पनि म म्यानेजर बन्ने सोचेको थिए । उनले थपे, तर शिक्षा क्षेत्रमा निरन्तर लागि रहेकाले क्याम्पसका प्रोफेसर भए । उनै डा. शाक्यसँग मध्य नेपालले गरेको थप कुराकानी :-
१) वर्तमान समयमा प्रदेश नं. २ को शैक्षिक अवस्था यहाँले कस्तो पाउँनु भएको छ ?
अन्य प्रदेशको तुलनामा प्रदेश नं. २ शिक्षामा अलि पछाडी परेको चाहीँ छ । स्थानीय र प्रदेश सरकार गठन पश्चात शिक्षा बिनाको कुनै पनि क्षेत्रको विकास सम्भव छैन भने कुराको आँकलन भएपछि प्रदेश नं. २ को पनि शिक्षा क्षेत्रमा विकास गर्न थोरै भएपनी स्थानीय र प्रदेश सरकार लागेको देखिन्छ । त्यसकारण आशा छ कि आउने दिनमा यो प्रदेशको पनि शैक्षिक अवस्था गुणस्तर हुदै जान्छ ।
२) अन्य प्रदेशको तुलनामा यो प्रदेशको शैक्षिक अवस्था खस्कनुको कारण चाहीँ के होला ?
नेपालको इतिहास हेर्ने हो भने प्रदेश नं. २ शिक्षामा राम्रो सम्भावना भएको प्रदेश हो । काठमाडौँ पछि वीरगंज स्थित ठाकुरराम क्यामपस, त्रिजुद्ध स्कूल जस्ता धेरै उच्च माध्यमिक विद्यालय भएको यही प्रदेशको वीरगंजमा नै विश्व विद्यालय बनाउने परिकल्पना विकास भएको थियो । त्यस्तै जनकपुरमा पनि धेरै शिक्षाको विकास भयो । तर हामीले बदलिदो समयसंगै अपडेट हुन सक्नौँ पुरानै परम्परा अनुसार शिक्षा लिदै गयो र अन्य प्रदेशले आधुनिकतासंगै विभिन्न टेक्नोलोजि, मोर्डेन शिक्षा जस्ता नयाँ नयाँ अवधारणामा गयो । हाम्रोमा परिक्षामा पास वा फेल तिर मात्र सोच राखेर शैक्षिक अवस्था खस्कीयो । अब हामीले शिक्षालाई नै जिवनको विकास मानेर शिक्षालाई विश्वकरणीय गर्नु पर्ने कुरामा हामी लागिरहेका छौँ । यो प्रदेशमा कृषिसंग सम्बन्धीत शिक्षाको अवधारण ल्याई कृषि विश्व विद्यालय, टेक्निकल, औधोगिक क्षेत्रमा पोलि टेक्निेक्सका इन्स्टिच्युटहरु र विश्वव्यापीकरण अनुसार पठनपाठन परिवर्तित गरी कार्यन्वय गर्ने तर्फ प्रदेश सरकारको ध्यान गयो भने, प्रदेश अग्रगति तर्फ लमकन्छ ।
३) यो प्रदेशको शैक्षिक अवस्था सुदृढ बनाउन प्रदेश सरकारले कस्तो नीति, अख्तियारी गर्न यहाँले आवश्यकता देख्नु हुन्छ ?
प्रदेश सरकारले राजनितिक, समाजिक, आर्थिक जस्ता धेरै कुरा हेर्नुपर्ने हुन्छ । तर यो सबैको जग भनेको शिक्षा नै हो । तर प्रदेश सरकारले शिक्षालाई समग्र विकासको केन्द्रबिन्दुमा राखेर योजना बनाउन सकेको देखिन्न । समाजिक, आर्थिक, कृषि, राजनीति जस्ता धेरै विकासको योजना बनाए तर समाजिक, राजनितीक, संस्कृति, धार्मिक, कृषि लगायत सबैको विकासको जग शिक्षामा हुँदा यो प्रदेशमा समय अनुसार हामी रुपान्तरित हुन सकिरहेका छैनौँ । प्रदेश नं. २ कृषि प्रधान प्रदेश भएपनि यहाँ एउटा पनि कृषि कलेज, कृषि विश्वविद्यालयको विकास भएको पाइन्न् ।
वीरगंजमा विश्वविद्यालय जुङ्गाको लडाइले तुहियो : डा. शाक्य
जनसंख्याको हिसाबले पनि यो प्रदेश बलियो भएकाले यहाँका मानवस्रोत साधनलाई कसरी काममा लगाउन सकिन्छ भन्न तर्फ ध्यानाकर्षण भएको दखिदैनन् । त्यस्तै यो प्रदेशको विकासको आधार उद्योग, कलकरखाना पनि रहेको छ । तसर्थः प्रदेश २ को सरकारले आधारभूत शिक्षाको विकास गरि एउटा निश्चित समयभित्र प्रत्येक व्यक्तिलाई शिक्षित बनाउने निती ल्याई कार्यन्वयन गर्नुपर्छ ।
शिक्षित प्रदेश बनाउने निती ल्याएर प्रत्येक गाउँ, सहरका धनी, गरिब सबैका छोराछोरीहरुले कम्तिमा आधारभूत शिक्षा लिन पाउँन अनिवार्य गर्नुपर्छ ।
प्रदेश २ मा ८० प्रतिशत मानिस कृषिमा आत्मनिर्भर रहे पनि हामी परम्परागत शैलिमा निर्भर रहेका छौ । अहिले प्रदेश नम्बर २ लाई टुरिज्ममा लग्ने भनिरहेका छौ । तर होटल मेनेजमेन्ट, होस्पिटल मेनेजन्टका कलेजहरु कति छन् ? तसर्थः शिक्षालाई गुणस्तरीय गरि विश्वब्यापिकरण गर्नु प¥यो भनीे शैक्षिक परम्पराको गफ मात्र भईरहेको हुन्छ । तर गर्ने बेलामा संचालन भएका स्कुल, कलेजहरुलाई पनि राम्रोसंग संचालन गर्न सकिरहेका छैनौ । शिक्षाकोे विकास गर्नु पर्ने सबैले भने पनि अहिले हामी अनभिज्ञ छौ । त्यसकारण शिक्षाको धरातल राम्रो गर्नको लागी अरु प्रदेश वा विदेशबाट भए पनि विज्ञहरुलाई ल्याउनु पर्छ ।
४) केही दिन अगाडी मात्रै कक्षा १२ को परिक्षाफल सार्वजनिक भयो, अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर २ को अहिलेको अवस्था कस्तो छ ?
सर्वप्रथम यसपालिको प्रदेश नम्बर २ को कक्षा १२ को परिक्षा धेरै नै मर्यादित भएको थियो । यसपाली यो प्रदेशको रिजल्ट लगभग ५० प्रतिशतको हराहारीमा छ । अन्य प्रदेशको तुलनामा भन्नु पर्दा पनि राम्रै छ । यो प्रदेशका विद्यार्थीहरु नपढि चिट चोरेर मात्र पास हुन्छ भन्ने जुन सोच थियो । त्यसमा एकदमै अनुशासित र कडाईका साथ परिक्षा लिदाँ पनि यहाँका विद्यार्थीहरुले पहिलाभन्दा अहिले तुलनात्मक रुपमा राम्रो रिजल्ट ल्याएर देखाएका छन् । यो एउटा प्रशंसनीय कुरा पनि हो ।
त्यसकारण मानिसमा के सोच हुन्छ भने परिक्षा जति मर्यादित हुन्छ, पढाई त्यती नै राम्रो हुन्छ । त्यसले चिट चोरेर पास हुने मानसिक्ता हटेर जान्छ । त्यसकारण प्रदेश नम्बर २ मा पनि राम्रो पठनपाठन भई यहाँका विधार्थीहरु उतिर्ण हुन्छ भन्ने कुरा कक्षा १२ को रिजल्टले त्यो उत्साह, खुसी दिएको छ ।
४) अन्य शहरको तुलनामा वीरगंजको रिजल्ट चाही कस्तो छ ?
यहाँको रिजल्ट पनि राम्रै छ । तर तुलनात्मक रुपमा सरकारी कलेजभन्दा धेरै जसो प्राईभेट कलेजको रिजल्ट राम्रो छ । सरकार मातहतका सरकारी कलेजहरुले अपेक्षित रुपमा रिजल्ट दिन सकेको देखिन्न, जुन धेरै चिन्ताको विषय हो । जबकि सरकारको सबैभन्दा बढि लगानी यसैमा छ । यहाँको स्रोतसाधन तथा भौतिक पुर्वाधार बलिया हुन जरुरी छ ।
५) सरकारी विद्यालय गुणस्तरीय शिक्षा दिन नसक्नुको कारण के होला ?
एउटा उखान छ ‘राजाको कहिले लाग्छ घाम’ अर्थात सरकारी स्कुलमा पढाए पनि हुने वा न पढाए पनि हुने । त्यो हिसाबले पढ्ने विधार्थीहरु सरकारी विद्यालयमा धेरै नै कम हुन्छ र गाउँ घरका बाख्रा चराउने, भौसी चराउने वा अरु काम गरेर पढ्ने समुदायिक विद्यालयमा जान्छन् । त्यसले उनीहरुले म पढ्ने विद्यार्थी हो भने बानी कन्सेप्ट हुन सकेको छैन् । दोस्रो प्राईवेट कलेजमा कुनै पनी निती वा कार्यक्रम गर्न सजिलो छ तर सरकारी कलेजमा निती, योजना वा कार्यक्रममा राजनीतिकरण बढि छ । एउटा व्यवस्थापन समितिको चुनावमा समेत कति धेरै ठुलो खर्च गरेको हुन्छ । त्यस कारण सरकारी विद्यालयमा राजनीति प्रभावले पनि शिक्षाको स्तर खस्केको लाग्छ ।
६) तर पछिल्लो समयमा वीरगंजमा नै शिक्षकहरुले नै राजनिती गरेकोले शैक्षिक क्षेत्र प्रभावित भएको भनेर आरोप लाग्ने गरेको छ नि ?
अरुलाई दोष लगाएर आफू बच्ने झुठो कुरा मात्र हो । हस्पिटल खरब हुँदा डाक्टरलाई दोष दिन्छौ, विद्यालय खराब हुदाँ शिक्षकलाई, उद्योग कलकरखाना खराब भयो भने मजुदुरहरुले विगा¥यो भन्छौ । तर यसको जरो भनेको राजनीति नै हो । हामी शिक्षकलाई चोर चोर भन्छै तर शिक्षकलाई चोर कस्ले बनाएको हो ? त्यो बुझन् जरुरी छ, त्यो हो राजनीति दल । यहाँ त शिक्षकलाई नै सबै राजनितिक दलले आफ्नो कार्यकर्ता बनाएका छन् । अनि दोष मात्रै कसरी दिनु । शिक्षकले बिगार्याे भन्ने ? राजनीतिक गर्नु नराम्रो होईन । तर शिक्षा, स्वास्थ र विकास जस्ता ठाउँको राजनीतिभन्दा माथि उठेर सकारात्मक परिवर्तनको राजनीति गर्नुपर्छ ।
वीरगंजको नरायणी हस्पिटलको अध्यक्ष हिरा केडियाँ जी हुँदा त्यसमा म पनि भएको बेला ६ वर्षसम्म राजनिती हस्तक्षेप बिना स्वतन्त्र रुपले हस्पिटल चलाउँदा त्यही कर्मचारी, त्यही डाक्टरलाई राखेर हामीले नरायाणी हस्पिटललाई नमुना हस्पिटल बनायो । त्यसतै कुनै बेला ठाकुरराम क्यामपस पनि अधिराज्य भरीकै नमुना क्यामपस थियो । शिक्षकहरुको युनियन सहित पढाउने वातावरण पनि राम्रो थियो । तर अहिले पनि प्राय त्यही शिक्षकहरु हुँदा पनि किन त्यहाँको शिक्षाको स्तर खस्केको छ ? क्यामपस प्रमुख नियुक्ति गर्दा, शिक्षक नियुक्ति गर्दा भागबन्डा गर्ने । अनि त्यही शिक्षकले बिगार्याे भन्ने ? राजनीतिक गर्नु नराम्रो होईन । तर शिक्षा, स्वास्थ र विकास जस्ता ठाउँको राजनीतिभन्दा माथि उठेर सकारात्मक परिवर्तनको राजनीति गर्नु पर्छ ।
७) अहिलेको आधुनिकतासंगै कक्षा १२ अर्थात प्लस टु पास गरेका विद्यार्थीहरुले उच्च शिक्षाको लागी कसरी विषयबस्तु छनौट गर्दा राम्रो हुन्छ ?
प्लस टु पास गरिसकेपछि उच्च शिक्षाको लागी जुनसुकै फेक्लटीसाईन्स, मेनेजमेन्ट वा अन्य कुनै फेकल्टीलाई हामीले कैरियर एजुकेशन भन्ने गर्छाै । बैचलरमा चार वर्ष पढ्ने विद्यार्थीको पढाईले उसको भविष्यलाई निर्धारण गर्ने गर्दछ । त्यसकारण यसमा विधार्थीहरुले सचेत भएर कदम चाल्नुपर्ने हुन्छ । किनभने यो भनेको स्नातक तहको पढाई हो र स्नातक तहपछि नै व्यवहारिक वा बैधानिक रुपमा हामी रियल लाईफमा प्रवेश गर्छाै । कुनै पनि सरकारी जागिरमा अधिकृत लेवलको पनि जागिरको लागी कम्तीमा स्नातक तहसम्मको शैक्षिक योग्यता हुनुपर्छ । कक्षा १२ पास गरि सकेपछि पनि विद्यार्थीहरुले विषयबस्तु परिवर्तन गरेर छनौट गर्न सक्ने हुनाले सोचबुझ गरि आफ्नो भविष्य निर्धाण गर्ने तर्फ ध्यान दिएर विषय बस्तु छनौट गर्नुपर्छ ।
८) विषय छनौट गर्ने बारे शिक्षक र अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?
विद्यार्थीको इच्छा, रुची र ध्यानलाई मध्य नजर गर्दै बुवाआमाको क्षमता संगसंगै बजारको मांग र आवश्यकतालाई पनि प्राथमिकतामा राखेर विषय छनौट गर्नुपर्छ । आफ्ना छोराछोरीलाई गर्ने लगानी पछि खेर नजाओस् । उनीहरुको इच्छा अनुसार पनि बिषय छनौट गर्नुपर्छ । विद्यार्थीको चाहना र भविष्य हेरेर सहि मार्गदर्शन देखाउनु गुरुवर्गको पनि ठुलो भूमिका हुन्छ ।
९) प्लस टु पास गरिसके पछि प्रायः विद्यार्थीहरु उच्च शिक्षाको लागी विदेशमा गएर पढ्ने गर्दछन् । वीरगंजमा उच्च शिक्षा लिन सक्ने वातावरण नभएर हो ?
त्यस्तो हैन्, प्रायःजसो बाहिर पढ्छन् भन्ने कुरा होईन । हामी कहाँ त विद्यार्थीहरु प्याक भएर ठाउँ नै हुँदैनन् । मुख्यतः बाहिर जाने दुईटा कारण रहेको छ । अहिले विश्वव्यापीकरणको जामाना छ । बाहिरबाट यहाँ पढ्न आउँछन् र यहाँबाट बाहिर पढ्न जान्छन् । हामी भारतमा पढ्न जान्छौ र भारतीय अर्काे देशमा पढ्न जान्छन् । तर हामी कहाँ भएका विद्यार्थीहरु यही बसेर मित व्ययी वातावरणमा ग्ुणस्तर शिक्षा लिन सक्ने वातावरण बनाउँन सक्नुपर्छ । भने, ५ सय विधार्थीहरु पढ्न पाउँछन् । तसर्थः एक त विधार्थीहरुलाई पढ्ने विभिन्न विषय भएन र अर्काे यहाँ पढ्न अवसर नपाएर बाहिर जान्छन् ।
सबैको जग शिक्षा हो ! (भिडियो)
१०) वीरगंजमा अहिले कस्तो किसिमको शिक्षाको आवश्यकता देख्नु हन्छ ?
अहिले हामी वीरगंजलाई एउटै शैक्षिक हबको रुपमा बनाउने कार्यमा लागिरहेका छौँ । र यसमा स्थानीय र प्रदेश सरकारको सहयोग बिना सम्भव छैन । वीरगंजमा एउटा विश्व विद्यालय आयो भने उसले यहाँको आवश्यकता अनुसारको फेकल्टि अनुसार कलेज खोल्ने अनुमति दिन सक्छ । जस्तै, यहाँ एग्रिकलचर ईन्सच्युट, पोलि टेक्निक्स खोल्ने हो भने त्यसलाई मान्यता कसले दिने ? यदि त्रिभुवन युनिभर्सिटीले हामीलाई दिईरहेको छैनन् भने बाहिरबाट त हुँदैनन् । तर हामी कहाँ युनिभर्सिटि भयो भने हामीले आफ्नो क्षेत्रको लागी चाहिने कलेजको अनुमति दिन, कलेज खोल्ने अधिकार हुन्छ । जसले हामीले यहाँको आवश्यकता अनुसारको शिक्षाको विकास गर्न सक्छौ ।
११) केही वर्ष अगाडी वीरगंजमा पनि विश्वविद्यालयको विषय चर्चामा आएको थियो ? के कारणले विश्व विद्यालयको काम अघि बढ्न सकेनन् ?
यसको धेरै लामो ईतिहास छ । तर वीरगंजमा विश्वविद्यालय बनाउने अवधारणा २०५४ सालमा नै वीरगंजको शिक्षा समितिको संयोजक डा. मोहन प्रसाद लाखे कै बेलामा नै ल्याएको हो । विश्वविद्यालयले हामो क्षेत्रमा कस्तो किसिमको शिक्षाको निति, निर्माण र कलेजहरुको स्थापना गर्ने हो भने कुरामा आधिकारीक अवधारण ल्याउन सकिन्छ । त्यस अनुसार हामीले वीरगंजलाई शैक्षिक हब बनाउने गरि अवधारणा ल्यायौँ । तर देशको राजनीति परिवर्तन संगै हामीले यहाँ पनि विश्वविद्यालय खोल्नु पर्छ भन्दै गयौ । तर किन खोल्नु पर्छ, कसरी प्रत्यत्न हुनु पर्छ, त्यसलाई कसरी जुटाउनु पर्छ, तिर हामी लागेनौँ । त्यसै त्यसै हराउँदैछ ।
वीरगंंजमा एउटा विश्वविद्यालय खुल्नै पर्छ भन्ने जुङ्गाको पनि लडाई लड्यौ । तर हामीले सबैलाई समेटन सकेनौ । ठाकुराम क्याम्पस र विश्वविद्यालय कसैको नाकको कुरा भयो भने विश्वविद्यालय कसैको पकिटको कुरा भयो । त्यस्ता धेरै कुराहरु मिल्न नसकेर हामीभन्दा पछि आएको जानकी महार्सी विश्वविद्यालय जनकपुरतिर ग¥यो । तसर्थः अझै पनि हामीले वीरगंजलाई शैक्षिक हब बनाउनु छ भने प्रादेशिक रुपमा भए पनि आधुनिक तरिकाको विश्वविद्यालय बनाई प्रदेश नम्बर २ लाई शैक्षिक हबको रुपमा पनि चिनाउन सक्नुपर्छ ।
१२) यहाँ विगत लामो समयदेखि मेनेजमेन्ट अन्तर्गत एउटै शैक्षिक संकायमा सिमित हुनुहन्छ । अन्य क्याम्पस जस्तै अरु शैक्षिक संकाय यहाँ चाहीँ संचालनमा ल्याउन नसक्नुको कारण चाहीँ के होला ?
सबैले सबै कुरा गर्न सक्दैन । हामी कहाँ एग्रीकलचर, साईन्स र अन्य फेकल्टि पनि चाहिन्छ । मेरो शुरुदेखि नै मिलेर गर्ने अवधारणा थियो । म कमर्शको विधार्थी भएको हुनाले मैले क्यामपस खोल्दा मेरो गुरुहरु कमर्श र पँुजी लगानीमा मलाई ज्ञान पनि दिएको थियो । र मैले एउटा सोच बनाए कि यस्तो कमर्श क्यामपस खोल्छु जसमा उत्पादन भएका विधार्थीहरु कुनै पनि कमर्शियल कर्पोरटलहरुमा बिक्रि हुन सकोस् । हाम्रो उत्पादकहरु राम्रो व्यवसायीक बन्न सकोस् सोचले यही अर्जुन दृष्टि राखि कमर्शमा प्लस टु देखि संचालन गरि मास्टर्ससम्म एउटै शैक्षिक संकायमा गईरहेका छौँ ।
१४) यहाँको कलेजमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुलाई सफल बनाउन के कस्तो निती, योजना तथा स्रोत साधनको व्यवस्था गर्नु भएको छ ?
बिपिसीमा प्लस टु पास गरेका विधार्थीहरुले बिबिए वा मास्टर डिग्री गर्न अन्त्यतिर जानु नपरोस भन्ने उदेश्यले मास्टरसम्म कक्षा संचालनमा ल्याएका छौँ । बिपिसीबाट पढेका विधार्थीहरु अन्ततिर पढ्न जाँदा मैले त्यहाँ टिनको छानो वा लाईब्रेरी, कक्षाकोठा राम्रो थिएन भन्ने मनोविज्ञान आउन नदिन भौतिक संरचनाको साथै विद्यार्थीहरुलाई चाहिने लाईब्रेरी, कक्षाकोठा, क्यान्टिङ्ग, ट्रेनिङ्ग समेतको राम्रो व्यवस्था गरेका छौँ ।
यससंगसंगै विदेश वा अन्य ठुल–ठुला सहरहरुमा दिईने शिक्षा आफ्नै वीरगंजमा ल्याएर यहाँका विद्यार्थीहरु आफ्नै गाउँठाउँ, घरबाट आएर कम खर्चमै उच्च शिक्षाको साथसाथै आफ्नो भविष्य निर्माण गर्न सकोस् भने प्रयत्नमा हामी लागेका छौ ।
सबैको जग शिक्षा हो ! (भिडियो)
र यो पनी