गएको २० दिनमा मात्र पर्सामा अपराधसँग जोडिएका चार वटा घटना भएका छन् । जसमा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । यी सबै अपराधिक घटनामा युावाहरु नै जोडिएका छन् । यसले पनि युवाहरुमा अपराधिक मोह झाँगिने खतरा बढेर गएको हो ।
प्रेम सम्बन्धलाई लिएर चारवटा घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटना भिन्न भिन्न भए पनि अनैतिक सम्बन्ध सफल पार्न, प्रेम पाउन र शंकाको अधारमा जीवनलिला नै समाप्त पार्ने प्रयास सम्म गर्न युवाहरु पछि नपरेकोे प्रहरीको भनाइ छ । युवा पीढिमा बढ्दो वितृष्णा र एक अर्काको अविश्वासले पनि यस्ता घटनाहरु बढ्दै गएको पर्सा प्रहरीको ठहर छ । २० दिन मै यस्ता ४ वटा घटना भए पनि युवा अवस्थामा हुने प्रेम प्रशंग र त्यसले पु¥याएको क्षति अपुरणीय छ ।
अविवाहित युवतीको अवैध गर्भपतनबाट मृत्यु, प्रेमिमाथि ज्यानमुद्दा
गएको असार १५ गते पोखरिया नगरपालिकाकी १५ वर्षीया युवतीले सिमावर्ती शहर रक्सौलको कौडिहार चोकमा एकजना झोले डाक्टरसँग गर्भपतन गराउँदा उपचारको क्रममा उनको मृत्यु भएको छ । पीडित किशोरीका २० वर्षीय प्रेमी सिकिन्द्र चौहानसँगको शारीरिक सम्बन्धबाट सात महिनाको गर्भ बसेपछि उनी गर्भपतन गराउन रक्सौल पुगेकको कुरा प्रहरी समक्ष आइपुगेको हो ।
उपचार विग्रिएपछि वीरगंज हेल्थ केयरमा थप उपचारका लागी ल्याइएकोमा युवतीको अकास्मिक अपरेशन गरेर हेर्दा अस्वभाविक रुपले जबरजस्ती गर्भपतन गर्ने क्रममा बच्चाको आधा भाग मात्रै सफाइ गरेको डा. रमौला साहले बताइन् । जबरजस्ती गर्भपतन गराउँदा कम उमेरकी युवतीको आन्द्रा च्यातिएको र बाँकी बच्चाको टाउको पाठेघरमा अड्किएको फेला प¥यो उनले भनिन् । केश विग्रिएर आएकाले उनको उपचारको क्रममा साउन ४ गते मृत्यु भयो ।
युवाहरुमा अपराधिक मोह
सात महिनाको बच्चाको गर्भपतन गैर कानूनी भए पनि गर्भ पतिन नै गराउनु परे विज्ञ डाक्टरले मात्रै गर्न सक्छन् । त्यसैले उपचारका लागी वीरगंज हेल्थ केयर ल्याउना साथ उनका प्रेमी सिकिन्द्र चौहानलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा युवतीलाई गर्भ बसाएको, घटना लुकाउन गर्भपतन गराउन लगाएर ज्यान जोखिममा पारेकाले चौहान माथि कर्तव्य ज्यान मुद्दा चलाएको पर्साका प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए । सुरुवातमा हामीले उनिमाथि ज्यान मार्ने उद्योग चलाएको भए पनि युवतीको मृत्यु भएपछि कर्तव् ज्यानको मुद्दा चलाएको उनको भनाइ छ ।
प्रेम सम्बन्धलाई लिएर छुरा प्रहार, घटना सहमति मै टुंगियो
वीरगंज महानगरपालिका वडा नम्बर १४ पिपरा निवासी वकिल राजेश पटेलका छोरा २३ वर्षिय सौरभ पटेल र नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष रामाकान्त चौरसियाकी छोरी १९ वर्षिय दिपा चौरसिया बिचको प्रेम सम्बन्धलाई लिएर छुरा प्रहार भएको घटना पनि पर्सामा निकै चर्चाको बिषय बन्यो ।
भारतको बैग्लोरमा अध्ययनरत सौरभ पटेल र दिपा चौरसिया विच प्रेम सम्बन्धको बारेमा युवती पक्षको घरमा कुराकानी गर्नका लागी बोलाएर विवाद हुदाँ धारिलो हतियार प्रहार भएको थियो । घटनामा सौरभ पटेल र उनका साथी छपकैयाका जावेद अख्तर घाइते भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रामाकान्त चौरसियाका छोरा रविकान्त चौरसिया लगायतले पटेलमाथि जाइलाग्न थालेपछि उनको सहयोगमा चौरसियाको घरमा ढुङ्गा चलाउने एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको थियो । यस सम्बन्धमा दुवैपक्ष बीच आपसी समन्वयमा घटना साम्य पारिएको पर्साका प्रहरी नायब उपरिक्षक अन्नतराम शर्मा बताए ।
लक्ष्मीको शंकास्पद मृत्यु, रिपोर्टको प्रतिक्षामा प्रहरी
श्रावण १२ गते आईतबार वीरगंज महानगरपालिका वडा नम्बर ३, प्रगतिनगरकी २३ वर्षीया लक्ष्मी ठाकुर (रेश्मा) दिउँसो घरबाट मःम खान निस्किएर राती ८ बजे अस्पतालको बेडमा छटपटाईरहेको अवस्थामा फेला परेकी थिइन् । अन्ततः उनको उपचारको क्रममा मृत्यु भएको थियो । घरबाट मःम खान जादैँछु भन्दै निस्केकी लक्ष्मी माईस्थान चोकमा रहेको हट मःम सेन्टरमा साथी सुरक्षा खतिवडा (जास्मिन) र अल्कासँग खाजा खाँदा ड्रिंक्स पनि गरी खाजा खाएसंगै छुटेको जास्मिनको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार केही बेरमै अर्का साथी अल्का कलवारलाई फोन गरेर आफुले विस सेवन गरेको बताएपछि घण्टाघर अगाडी उनलाई छटपटाईरहेको अवस्थामा साथीहरुले उद्धार गरी नारायणी अस्पताल पु¥याएको र उनले किन र के कारणले विष सेवन गरेको या गराइएको भन्ने बारे खुलिनसकेको प्रहरीले जनाएको छ ।
यता परिवारजनले रेश्माले आत्महत्या नगरी उनको हत्या गरिएको आरोप लगाएका छन् । घटना भएका दिन रेश्माको मोबाइलबाट कल डिटेल्स मेटाइएको अवस्थामा फेला परेको उनका परिवारजनको भनाई छ । यससंगै उसले घरबाट निस्कँदा र अस्पतालमा भेटिएको लेगिज फरक पर्नु, सुरुवाल च्यातिएको, जीउमा धुलोमाटो लाग्नु जस्ता कारणले पनि घटना शंकास्पद भएको उनकी दिदी पिंकी श्रेष्ठले बताइन् । यता एकसाता वितिसक्दा पनि पोष्टमार्टमको रिपोर्ट नआएकाले घटना बारे केही भन्न नसक्ने पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए ।
घटनाका बेला लक्ष्मीका प्रेमी भनिएका आनन्द गुप्ता सम्पर्क विहीन थिए भने, अहिले उनी प्रहरीको सम्पर्कमा रहेको प्रहरीको दावी छ । उनको फेसबुक प्रोफाईलमा समेत निकै लामो समयदेखि उनी प्रेम कै विषयलाई लिएर निकै निराशाजनक भएको उनले पोष्ट गरेका कुराले पुष्टी गरेको देखिनुले पनि उनको शंकाजनक मृत्यु भएको आशंका गर्न सकिने प्रहरी उपरिक्षक राठौरको भनाइ छ ।
घुम्न लगेकी कान्छी श्रीमतिमाथि छुरा प्रहार
यस्तै युवा अवस्थाकै अर्को घटना श्रावण १४ गते मंगलबार पनि घटेको छ । घटना वीरगंजस्थित भिस्वा डाँडामा दिउसो घुम्न गएको बेला वीरगंज महानगरपालिका वडा नं. १० घडिअर्वाका २४ वर्षिय रोशन गुप्ताले आफ्नो कान्छी श्रीमती २२ वर्षीय मनु चौधरीलाई आपसी मतभेदको कारण घाँटीमा छुरा प्रहार गरी मार्ने प्रयास गरेको प्रहरीले अनुमान गरेको छ ।
घुम्न गएको बेला एकअर्कामा विवाद चर्किदा केटाले केटीलाई मार्ने प्रयास गरेको र घाईते भएकी प्रेमीका चौधरीको उपचार भइरहेको छ । यता प्रहरीले श्रीमती माथि छुरा प्रहार गर्ने गुप्तामाथि कर्तव्य ज्यानको मुद्दा चलाएको जनाएको छ ।
युवा संलग्न अपराधको ग्राफ बढेको बढेकै
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार युवा उमेरमै सबैभन्दा बढी अपराध भएको तथ्याङ्कले देखिनु चिन्ताजनक भएको जनाइएको हो । अधिकांश घटनामा २० देखि २९ वर्षको उमेर समूहमा ५५.६० प्रतिशत अपराधको घटना भएको प्रहरीको तथ्याँ छ । त्यसै गरी १५ देखि १९ वर्ष समूहमा समेत १९.९० प्रतिशतले अपराध भएको प्रहरी समक्ष तथ्याङ्क छ । समग्र मुलुकमा पनि पछिल्ला तीन आर्थिक वर्षमा अपराधको ग्राफमा युवाको संख्या निकै उकालो लाग्दै गएको पाइएको छ । ०७२/७३ मा युवाहरु सम्लग्न अपराध १ दशमलव ७६ प्रतिशतले बढेको थियो भने, ०७३/७४ मा बढेर १० दशमलव १५ प्रतिशत र ०७४/७५ मा झन्डै दोब्बर बढी अर्थात करिब २४ दशमलव ९६ ले अपराधका घटना वृद्धि भएको छ । त्यसै गरी गत आर्थिक वर्ष २०७५/०७६ मा झन यो दर बढेर करिब ३८ प्रतिशत पुग्नुले अपराधमा युवाको मोह झाँगिने खतरा बढेको प्रहरीले जनाएको छ ।
र यो पनी