कक्षा का प्रथम विद्यार्थीको रुपमा आफूलाई स्थापीत गराउन सफल राजन कुशवाह गोल्डेन फ्यूचर मा.वि का कक्षा ५ मा अध्ययनरत छात्रा हुन् । पिता राधेश्याम कुशवाह र माता अनिता कुशवाहका दुई सन्तान मध्यका कान्छो छोरा हुन् राजन । वीरगंज स्थित कुशवाह बिज भण्डार नामक बिज संस्था संचालन गरि व्यवसायलाई अघाडि बढाउदै आएका राधेस्यामले आफ्ना दुवै छोराको शिक्षामा कुनै कमी हुन दिएका छैनन् । आफ्नो छोराहरुको पढाई राम्रो होस् भन्नकै लागि उनले दुवैलाई नीजि विद्यालय राखेका छन् । सामुदायिक विद्यालयमा पढ्ने र पढाउने वातावरणको अभाव, गुणस्तरीय शिक्षा, र अतिरितm क्रियाकलाप नहुने कारणले नै आफ्ना वालबच्चालाई नीजि विद्यालयमा राखेको उनको तर्क छ ।
विद्यालयका मिहिनेति, लगनशिल, होनहार जस्ता उपमा पाएका राजन आफ्नो कक्षाका पहिलो विद्यार्थी हुन् । पढ्न, लेख्न चित्र बनाउन असाध्यै रुचाउछ् उनी र विधालयमा हुने निबन्ध प्रतियोगिता, वादविवाद प्रतियोगिता, चित्रकला प्रदर्शनी, लागायतका अतिरितm क्रियाकलापमा पनि उत्तिकै चासो देखाउने गर्छन उनी । कक्षाको प्रथम भएकोले शिक्षकको अनुपस्थितिमा कक्षाको व्यवस्थापन पनि बखुबी सम्हाछन् राजनले ।
गणितमा भएका ज्यामितियहरु समाधान गर्न अध्याध्यै रमाईलो र सजिलो लागेपनि आफूलाई शब्द उच्चारणमा असहज हुने हुँदा नेपाली विषय पढ्न अलि गाह्रो लाग्ने उसको अनुभव छ । सोहि विद्यालयमा एउटै कक्षामा अध्ययनरत तर अलग भवनमा रहेका राकेश राजनका हितैषि मित्र भएको उसले बताए ।
मानिसको दैनिकि जीवनलाई सझ सहजिलो बनाउनका लागि गुगललाई ईम्प्रुभ गरि नयाँ स्फट्वयर बनाउनका लागि आफू सफ्टवयर ईन्जिनियर बन्ने लक्ष्य रहेको बताउँछन् उनी ।
पढाई संगसंगै आफ्नी आमालाई घरको काममा पनि उतिकै सहयोग गर्छन् । पानी ल्याईदिने,सब्जी तयार गर्न समेत उसले आफ्नी आमालाई सघाउने गरेका छन् । विद्यालयबाट गईएपछि फे्रस भएर खजा खाई टि.भि हेर्छु । दिमागलाई रिफ्रेस गरेपछि मात्रै विद्यालयको गृहकार्य गर्न बस्छु राजनले भने ।
आफ्नो आमा बाबाले गरेको लगानीलाई खेर जान दिएका छैनन् राजनले । त्यसको साथसाथै विद्यालयको नामलाई पनि उच्च राख्ने काम गरेका छन् ।
कक्षाको प्रथम विद्यार्थी हुनुका साथै अनुसाशित विद्यार्थी पनि हुन राजन । आफ्नो विषय शिक्षकको अनुपस्थितिमा राजनले नै कक्षाको रेखदेख गर्छन । उसका शिक्षक डि जे गुरुङ्गले भने । हाम्रो विद्यालयको एकदमै होनहार विद्यार्थी हो राजन । उसको पढाई र अन्य अतिरिक्त क्रियाकलापप्रति उसको रुचि देखेर हामी एकदमै हर्षीत छौ । यसको दाजु पनि एकदमै होनहार छन् । उनीहरु प्रति उसका परिवारको चासो पनि उत्तिकै छ । यदि उसको पढाई उदि रफ्तारमा गयो र उसले यत्तिकै मेहेनत गरिरहयो भने उसको लक्ष्य प्राप्तीमा कुनै बाधा हुँदैन ।