मानिसको आँखा सुन्दर र संवेदनशील अंग मध्येमा पर्छ । व्यक्तिअनुसार आँखा विभिन्न प्रकारका हुन्छन् । साना, चिम्सा, ठूला, मुन्द्री भएका, मुन्द्री नभएका र सुन्निएको खालका । आँखा आफैँमा सुन्दर हुँदाहुँदै पनि आफ्नो बुझाइ वा रुचिअनुसार थोरै मेकअप गरेर फरक देखाउन सकिन्छ । आफूलाई मन परेको लुक्स दिन सकिन्छ । साना र चिम्सा आँखालाई थोरै ठूलो तथा सुन्निएको जस्तो देखिने आँखालाई सामान्य देखाउन सकिन्छ । अब जानौँ केही टिप्स
सुन्निएको जस्तो आँखा
कसैको आँखा सानो मात्रै नभएर सुन्निएको वा पुक्क परेको हुन्छ । आँखालाई सामान्य देखाउन क्रेजभरी लाइट अथवा न्युड कलरको आइस्याडो लगाएर हल्का स्मोकी बनाउँदा सुन्दर देखिन्छ । साइड गाजल पनि लगाउन सकिन्छ । घरमै बसेर हामी आँखाको मेकअप गर्न सक्छौँ । यद्यपि, मेकअप गर्दा विशेष सतर्कता भने अपनाउनुपर्ने हुन्छ ।
सानो तर मुन्द्री भएको आँखा
आँखा सानो भए पनि मुन्द्री भएको छ भने लाइट अथवा न्युड कलरको आइस्याडो क्रेजमा लगाउनुपर्छ । त्यसपछि ठिक्क धेरै पातलो पनि होइन, धेरै मोटो पनि होइन को गाजल र मस्कारा लगाउँदा सुन्दर देखिन्छ ।
परेला बाक्लो भए आइल्यासेस लगाउन जरुरी छैन । यदि, एकदमै पातलो भए नेचुरल देखिने खालको आइल्यासेस लगाउन सकिन्छ । यदि, त्यो पनि नभए परेलाको भोल्युम उठाउने मस्काराको प्रयोग गर्नु राम्रो हुन्छ । यो पनि नभए लुज पाउडर लगाएर मस्कारा लगाउन सकिन्छ । आँखाको मेकअप गर्दा मस्काराचाहिँ अनिवार्य लगाउनुपर्छ ।
अर्को महत्वपूर्ण कुरा आँखीभौँ हो । यो कस्तो बनाउने भन्नेमा ख्याल गर्नुपर्छ । आँखीभौँ कोर्दा अनुहारको सेपलाई ध्यान दिन जरुरी छ । लाम्चो वा सानो अनुहारका लागि हल्का भी सेपमा हल्का घुमाउरो र मध्यम तरिकाले कोर्नुपर्छ । यदि, ठूलो अथवा गोलो अनुहार भए सीधा र पछाडिको भाग काटिएको जस्तो र हल्का मोटो कोर्नु राम्रो हो ।
घरमै बसेर हामी आँखाको मेकअप गर्न सक्छौँ । यद्यपि, मेकअप गर्दा विशेष सर्तकता भने अपनाउनुपर्ने हुन्छ । विभिन्न उत्पादनको प्रयोगमा विशेष ध्यान पु¥याउन जरुरी छ । सकेसम्म राम्रो ब्रान्डको उत्पादन प्रयोग गर्नुपर्छ । दैनिक मेकअप गर्दा आँखाको बनोटअनुसार गर्नुपर्छ । चिम्सा र साना आँखा चिम्सा र साना आँखा भए फुल कट क्रेज हल्का स्मोकी बनाउँदा आँखा सुन्दर र ठूलो देखिन्छ ।