जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुर टोलमा वि.स. २०३८ साल भदौ ६ गते जन्मेका श्रीराम कुमार दास पर्साको शिक्षा क्षेत्रमा खासै नयाँ नाम होइन । बुवा कबिकान्त प्रसाद दास थारु तथा आमा सुन्दरी देवीको दाम्पत्य जीवनबाट जन्मेका दास ३ दाजुभाइ मध्येको कान्छो छोरा हुन् । २०५४ सालमा गौतम सेकेन्ड्री स्कुलबाट एस. एल. सी. उतिर्ण गरि चण्डीगण इन्डियाबाट साइन्समा एम. जी. ए. (Master in computer Applications) सम्मको अध्ययन पुरा गरेका हुन् । २०६२ सालदेखि शिक्षक पेशामा होमिएका दास वीरगंज पब्लिक स्कुल र बिसिसी कलेजमा अध्यापन गराउने क्रममा २०७५ सालदेखि मेनेजमेन्ट (व्यवस्थापन) संकाय अन्र्तगत जिवन ज्योति सेकेन्ड्री स्कुलको मातहत वीरगंजमा नैै ग्लोबल बिजनेस कलेज प्लस टु सम्म संचालन गरेका हुन् । उनै शिक्षक दाससंग वीरगंजको वर्तमान शैक्षिक अवस्था सम्बन्धी गरिएको कुराकानी :
१) सरकारको मापदण्ड अनुसार वीरगंजका शैक्षिक संस्थाहरुको कार्य सम्पादन कतिको सन्तोषजनक छ ?
मेरो बुझाईमा वीरगंजमा विद्यार्थीहरुसंग ठगी हुने काम मात्रै गरिएको छ । गुणस्तरीय शिक्षाको नीति, नियम अनुसार चर्काे शुल्क लिने तर त्यस अनुसार विद्यार्थीहरुको ख्याल गरेको जस्तो लाग्दैन ।
अहिले पनि शिक्षकहरु कक्षा कोठामा गएर पढाउने र होमवर्क दिने, अनि विद्यार्थीहरु घर फर्किने काम भएको मात्रै देखिन्छ । यस अनुसार बच्चाहरुलाई चाहिने जतिको ज्ञान प्राप्त गर्न सम्भव हुँदैन । आजको युगमा हरेक कुरामा विद्यार्थीहरु सबल र सक्षम हुनुपर्छ । तर यस अनुसारको पढाई नभएको कारण विदेशमा जाँदा पनि प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । अहिलेको किताबि ज्ञानको साथै व्यवहारिक ज्ञानको पनि उतिकै आवश्यकता पर्दछ । तर यहाँका प्रायः स्कूल, कलेजले किताबि ज्ञानमा मात्र विद्यार्थीलाई अल्मल्याउने गरेका छन् ।
२) गुणस्तरी शिक्षा लिन सक्ने वातावरण अझै सम्म वीरगंजमा सस्थागत हुन नसक्नुको कारण के होला ?
शैक्षिक क्षेत्रलाई अनुगमन गर्ने सरकार मातहतका जिम्मेवार निकायले यस प्रति खासै ध्यान दिएको देखिदैन । नीजि विद्यालयमा पढाउने शिक्षकहरु समयमा आउने र पढाउने कामलाई जिम्मेवारीपूर्वक निर्वाह गर्ने गर्छन् । तर सरकारी मातहतका कर्मचारी शिक्षालाई उजागर गर्ने गरी जिम्मेवारी पूर्वक पठनपाठन गर्ने गरेको देखिदैन । वीरगंज महानगरले पनि नगर भित्र रहेका विद्यालयको गुणस्तरता बढाउन आवश्यक नीति, नियम बनाउन र कार्यसम्पादन गर्न समेत चुकेको छ । त्यस कारण शिक्षामा चाहिए जति विकास हुन सकेको छैन ।
३) तपाईहरुले गुणस्तरीय शिक्षा हेटौँडाबाट वीरगंज भित्रिनु पर्छ भन्ने गर्नु भएको थियो । कतिको सहज छ ?
वीरगंजमा पढेका विद्यार्थीहरु जब हेटौंडा, काठमाण्डौ वा अन्य ठाउँमा जान्छन् । त्योे बेला उनीहरुलाई लाग्छ कि अहिलेको आवश्यकता अनुसार वीरगंजमा शिक्षाको विकास भएको रहेन छ । त्यही सोचले अन्य ठाउँ जस्तै भौतिक स्रोत साधनको पूर्ण व्यवस्थापन सहित किताबि ज्ञानको साथै व्यवहारिक र गुणस्तरीय शिक्षा दिनका निम्ति वीरगंजमा नै ग्लोबल बिजनेश कलेज संचालनमा गरिएको हो । हामी कहाँ पढ्ने विद्यार्थीहरुले किताबि ज्ञानमा मात्र सिमित नरही हरेक कुराको ज्ञान प्राप्त गर्न पाएका छन् । यो कलेज संचालन पनि त्यसै कुरालाई केन्द्रमा राखेर गरिएको हो । किन भने कुनै विद्यार्थी पढ्नमा मात्रै राम्रो हुन्छ भन्ने जरुरी छैन । कोही स्पोर्टसमा राम्रो हुन्छ भने कोही मिडिया, म्युजिक्स, डान्समा । त्यसकारण हामीले पठनपाठनको साथसाथै विभिन्न अतिरिक्त कृयाकलापलाई ध्यानमा राखी आवश्यक स्रोत साधन साथ कलेज चलाई रहेका छौं ।
कक्षाकोठामा मात्रै शिक्षा सिमित नभएर कक्षाकोठा बाहिर पनि आउनु पर्छ भन्ने अवधारणा बनाएर हरेक हप्ताको शनिबार कुनै न कुनै ट्रेनिङ्ग, वर्कशप, सेमिनार गराई नै रहेका छौ । त्यस्तै कक्षा संचालन बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै हुन्छ । तर हाम्रो विद्यार्थीहरु आफ्नो गृहकार्य गरी ३, ४ बजे सम्म ईच्छाएको विषयमा ज्ञान लिईरहेका हुन्छन् ।
४) त्यसो भए अब आउने ११ कक्षाको रिजेल्ट थप प्रभावकारी हुन्छ त ?
हामीले मेहेन्त गरिरहेका छौ । त्यसकारण हामीलाई आशा कक्षा ११ को रिजल्ट कार्तिक महिनामा आएपछि त्यसमा पक्कै पनि हाम्रो विद्यार्थीहरुले उत्कृष्ट श्रेणी आउँछ भन्ने लाग्दछ ।
५) एजुकेशन, कमर्स र साईन्स फेकल्टिमा पूरानै कलेज हुँदा हुँदै पनि ग्लोबल विजनेश कलेज संचालन गर्नुको मुख्य उद्देश्य चाही के प¥यो ?
मुख्यतः अन्य प्रदेश वा ठाउँ जस्तो प्रदेश नम्बर २ मा पनि मितिव्ययीतामा गुणस्तरीय शिक्षा भईरहेको कुरा सबैले जानकारी पाउँन गरी कलेज संचलन गरेका छौ । त्यस अनुसारको सबै कुराको व्यवस्थापन गरी ५ वर्षभित्रमा नेपालको उत्कृष्ट कलेजको रुपमा ग्लोबल बिजनेस कलेजलाई चिनाउने लक्ष्य राखेका छौ । अहिले हामी दोस्रो वर्षमा प्रवेश गर्ने बेलामा नै यसको पढाई बारे धेरै कुराहरु बाहिर जादै छ ।
६) यहाँले भन्नु भएको कुरा पुरा गर्ने आधारहरु के त ?
व्यवस्थित कक्षा कोठाको साथसाथै बच्चाहरुलाई खेल्ने बैडमिन्टन, बास्केट बल कोर्ष, क्रिकेटको प्रेक्टिसको पिच, टिटी र ग्लोबल बिजनेस हल । यी सबै कक्षाकोठा बाहेकको सुविधा हो । किताबि ज्ञानसंगसंगै यी क्रियाकालापमा पनि विद्यार्थीहरुको समायोजन हुने व्यवस्थापन गरिएको छ ।
७) जहाँ बाट आए पनि रिजल्ट मै ठोकिने हो ? यस वर्षको उत्कृष्ट दुई सय कलेजमा समेत वीरगंजका कुनै क्याम्पस छनोट भएनन् । त्यो लक्ष्य भेटाउन नसक्नुको कारण के होला ?
मैले अघि नै भने शिक्षाको नाममा ठगी भइरहेको छ । यसैलाई सुदृढ गर्ने कार्यमा हामी लागेका छौं । यही कारणको हामी अहिलेसम्म बाहिर गएका छैनौ । तर हामीले जे गरेका छौं त्यसले हामी विश्वस्त छौ कि भोलीको दिनमा हामी कहाँ पढेका विद्यार्थीहरुले पनि केही गर्न गर्छन् ?
८) यहाँहरु कतिवर्ष भित्रमा उत्कृष्ट दुई सय कलेज भित्र पर्ने अपेक्षा छ ?
५ वर्षभित्रमा वीरगंजबाट ग्लोबल बिजनेस कलेजले त्यो लक्ष्य हासिल गर्ने छ ।
९) वीरगंजमा च्याउ उम्रिए झै क्याम्पस संचालनमा आउनाले गुणस्तरीयभन्दा कमाइ खाने भाडो बनेको देखिन्छ नि ?
शिक्षालाई मर्यादित बनाई शिक्षाको अवस्था बलियो बनाउने काममा लागेका संस्थाहरुलाई सरकारले सहयोग गरी अझै वीरगंजलाई शिक्षाको हब बनाउने कार्यमा सघाउनु पर्छ । र शिक्षाको नाममा कमाई खाने भाडो बनाई शिक्षाको स्तर खस्काउने संस्था माथि कार्वाही गरी त्यसलाई बन्द गराउने कार्यमा लाग्नु पर्छ अनि मात्र शिक्षामा सुधार हुन्छ । हैन भने दिन प्रति दिन शिक्षामा बिकृति फैलिदै समग्र समुदायलाई नै प्रभावित पार्छ ।
१०) पछिल्लो समयमा वीरगंंजका प्रायः कन्सल्टेन्सिहरु सरकारको मापदण्ड विपरित संचालन रहेको पाइन्छ भन्छन् नि अभिभावकहरु ?
वर्षैदेखि संचालनमा रहेको कन्सल्टेन्सिहरुमा अस्ति मात्र छापा मारी भएको थियो । त्यो त पहिलादेखि नै संचालनमा थिए । तर पहिलो पटक वीरगंजमा त्यस्तो कार्वाही गरिएको छ । त्यो पहिला किन गरिएन ? सरकारको निित विपरित संचालन गरेका शैक्षिक संस्थाहरु माथि हिजो कै दिनबाट अनुगमन गरी कार्वाही गरिएको भए अहिलेको समयमा वीरगंजको शिक्षाको अवस्था भद्रगोल हुने थिएन । अन्य ठाउँमा शिक्षालाई नै पहिलो प्राथमिकतामा राखी सम्बन्धित निकायले ध्यान दिएको कारण त्यहाँको शैक्षिक अवस्था वीरगंजभन्दा राम्रो छ ।
११) कमजोर विधार्थीहरुलाई सफल बनाउन यहाँहरुले थप कदम पनि चाल्नु भएको छ ?
कुनै पनि स्कुल, कलेजले परिक्षाको एक/दुई महिना अगाडीबाट थप कक्षा संचालन गर्ने गर्दछन् । ताकी विधार्थी परिक्षामा राम्रो गर्न सकोस् । तर हामीले त्यो कुरामा विश्वास गर्दैनौ । हामीले निरन्तरको पठनपाठनमा विश्वास गर्ने गर्छाै । अरु कलेजभन्दा हाम्रोमा पठन पाठनको तरिका पनि फरक छ ।
हामीले नोट मात्र लेखाएर पढाउदैनौ । नोट लेखाउनु भनेको विधार्थीहरुलाई अपाङ्ग बनाउनु हो । तर हामीले बच्चाहरुलाई नोट लेखाउनुको सट्टा हिजो पढाएका कुरा उनीहरुसंग सोधने गर्छाै । त्यसले जानेको र नजानेको विधार्थीहरुलाई पनि जानकारी हुन्छ । त्यसतै हरेक विधार्थीहरुको कमिकमजोरी थाहा पाउनकै लागी प्रत्येक महिना परिक्षा लिने गर्छाै । त्यसबाट फेल हुने अथवा कमजोर भएका विधार्थीहरुको कमीकमजोरीहरुलाई केलाउँदै पुनः सुरुदेखि पठनपाठन गराउँछौं ।
१२) विधार्थीको सफलतामा अभिभावकको भूमिका कस्तो हुनु पर्छ ?
विधार्थीको सफलतामा कुनै पनि स्कुल, कलेज मात्रै सहयोगी हुँदैन । अभिभावकको पनि निकै भूमिका हुन्छ । जबसम्म अभिभावक विद्यार्थी प्रति सचेत र जिम्मेवार हुदैनन् तबसम्म कुनै पनि स्कुल वा कलेजले राम्रो गर्न सक्दैन । विधार्थीको सफलतामा अभिभावकको भूमिका एकदमै अपरिहार्य हुन्छ ।