परिषद्को अगुवाइमा २०७३ सालदेखि नेपालमा अन्र्तराष्ट्रिय युवा दिवस मनाउँदै आइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् १९९४ देखि हरेक वर्ष अगस्त १२ लाई अन्र्तराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेदेखि सन् २००० देखि विश्वभर नै युवा दिवस मनाउन थालिएको हो । युवा शतिmको व्यवस्थापनमा स्थानीय सरकारको ध्यान खोई त ? पछिल्लो पटक भएको स्थानीय निकायका चुनाव होस् वा अन्य चुनावमा सबै उम्मेदवारले बाचा गरेको एउटा साझा आश्वासन थियो युवाको लागि अवसर र युवाको लागि रोजगारी । कुनै न कुनै बहानामा सबै पार्टीका उम्मेदवारले युवालाई ललिपप देखाउने काम गरेका थिए तर अहिले व्यवहारमा भने अवसर सृजना नभएको देखिन्छ । सबै उम्मेदवारहरु जनताको घर आँगनमा पुगेर भोट मागेको बेलामा युवाको लागि रोजगारीको व्यस्था गर्ने, विदेशीनबाट रोक्ने, अवसरको सृजना गर्ने भनेर भाषण गर्दै हिडेका थिए ।
निर्वाचनको समयमा उनीहरुको भाषणको व्यवस्थापन देखि लिएर अरु सवै कुराको व्यस्थापनमा युवाहरु नै खटिएको देखिन्थे तर निर्वाचित भईसकेपछि उनै युवाहरुको व्यवस्थापनमा कुनै पनि किसिमको चासो नदिएको युवाहरुको गुनासो छ । युवाहरुलाई आफु अनुकुल प्रयोग गर्ने तर काम सकेपछि कुनै नकुनै बहानामा ती युवालाई असक्षम भनि छाड्ने प्रचलन छ । आफु अनुकुल प्रयोग गर्ने तर ती युवाको उचित व्यवस्थापन नगर्ने प्रचलनले युवाहरुमा राजनीतिक वितृष्णा बढेको युवाहरु बताउँछन । नेपालको पानी र युवाको जवानी खेर गईरहेको चर्चा त गरिन्छ तर त्यसको व्यवस्थापनका लागि खासै चासो दिईदैन । प्रत्येक वर्षको बजेट भाषणमा युवा रोजगारीको कुरा त गरिन्छ तर त्यसको कार्यन्वयन नहुँदै अर्काे बजेट भाषण सुरु हुन्छ । भाषण र घोषणा पत्रमा युवाको अवसरको बारेमा बोल्न र लेख्न नछँुटाउने पार्टीहरु निर्वाचन पछि किन युवालाई विश्वास गर्दैनन् ? किन युवाहरुलाई अवसर दिदैनन ? खाली युवाहरुलाई परिचालन गर्ने हो की अवसर पनि दिने हो । खोई त युवाको लागि अवसर ?
अहिले देश नयाँ संरचनामा गएको छ । २० औं वर्ष देखि नेतृत्व रहेको स्थानीय तह अधिकार समपन्न नेतृत्व पाएको छ तर युवाहरुको समस्या जस्ताको त्यस्तै छ । वेरोजगारीको समस्या, रोजगारीको लागि युवाहरु विदेशीने र विदेशमा सस्तोमा आफनो श्रम बेच्न बाध्य रहेका छन । शिक्षाको गुणस्तर खस्केको छ, प्राविधिक शिक्षाको अभाव छ जसका कारण हाम्रा युवाहरुको उर्जा खेर गईरहेको छ ।
स्थानीय सरकार आए पछि केही नयाँ योजना आउँला भनेर आशामा बसेका युवाहरु अहिले निराश हुन थालेका छन । घर–घरमा सिंह दरवार आउने आशामा वसेका युवाहरु अहिले हाम्रो लागि सिंहदरवार नआएको भन्न थालेका छन । भाषणमा युवाको लागि रोजगारीको व्यवस्था गर्ने, युवाको सहि व्यवस्थापन गर्ने भनेका नेताहरु आजकाल यसको बारेमा बोल्न छोडेका छन । निर्वाचनको समयमा ठुला–ठुला गफ दिने नेताहरु सक्षम युवाको व्यवस्थापन भन्दा पनि आफनो आसेपासेको व्यवस्थापनमा लागेको पाईन्छ । आखिरमा कहिले सम्म युवाहरुलाई अवसरबाट बन्चित राख्ने ? युवालाई सपना मात्र बाड्ने हो की व्यवस्थापन पनि गर्ने ?
मतदाताको संख्या हेर्ने हो भने युवाको संख्या बढी छ तर नेतृत्वमा पुग्ने वयस्कको संख्या बढी छ । निर्वाचनको समयमा युवाको आवश्कता पर्ने तर त्यसको उचित व्यवस्थापनमा ध्यान नदिने नेताहरुको नियतमा नै खोटो भएको देखिन्छ । युवालाई परिचालनको लागि प्रयोग गर्ने नेताहरुको नीति नै हो त । यसको बारेमा युवाहरुले पनि सोच्नु, अवसर नै नपाउँने ठाँउमा किन लगानी गर्ने भन्ने कुरा युवाहरुले बुझनु पर्ने सचेत युवाहरु बताउँछन । पार्टीको झन्डा बोक्ने, आन्दोलनमा अगाडी जान सक्ने क्षमता देखे पनि निर्वाचन र आन्दोलन बाहेक उनीहरुको क्षमता किन देख्दैनन् । नयाँ संरचना संगै आफ्नै गाउँघरमा स्थानीय सरकार गठन भएको छ । स्थानीय सरकारले युवाहरुको उर्जावान शतिmलाई व्यवस्थापन गर्न ठोस कदम चाल्नुपर्छ ।
घरेलु तथा साना उधोगलाई प्राथमिकतामा राखी स्थानीय स्तरमा नै रोजगारी सृजना गर्नुपर्छ होईन भने नेपालको पानी र युवाको जवानी बाहिर पठाएर हामीले सोचेको विकास सम्भव छैन ।