ठोरीको हुलाकी राजमार्ग अन्तर्गत पर्ने ठुटे खोलामा पुल बने पनि सञ्चालनमा नआउँदा अझै ठोरीवासी पूर्वका मानिससँग स्वतः जोडिन पाइरहेका छैनन् । ६ करोड ९७ लाख २१ हजारको लागतमा १ सय दुई मिटर लम्बाइको पुल बने पनि स्थानीय वारीपारी गर्न नसकी पूर्वका मानिससँग स्वतः जोडिन सकेका छैनन् । पूर्व तर्फको एप्रोच सडक ( पुलसँग हुलाकी सडक जोड्ने बाटो ) भारतको अवरोधका कारण सहज बन्न नसक्दा ठुटे खोलाको नवनिर्मित पुल प्रयोगमा आउन नसकेको स्थानीयले बताए ।
सीमावर्ती भारतीय गाउँ धमौरा र सुभद्राका स्थानीयले ठुटे खोलाको कुलो पुरेर एप्रोच सडक बनाउन नदिने भन्दै विवाद गरेका कारण ठेकेदार कम्पनीले काम गर्न नपाएको उनीहरुको भनाइ छ । उनीहरूले नेपाली भूमिमा बग्ने ठुटे खोलाको मुहान प्रयोग गरी वर्षौंदेखि दुई वटा कुलो सिँचाइका लागि लगेका छन् । कुलो पुरेर एप्रोच सडक बनाउँदा सिँचाइ गर्न नपाउने भन्दै भारतीयले काम गर्न नदिएका हुन् ।
ठोरीका स्थानीयले भने एप्रोच सडक निर्माणका लागि वर्षौंदेखि आफूहरूले प्रयोग गर्दै आएको कुलो पनि पुर्न सहमति दिइसकेका छन् । पुलको आडमै दुईवटा कुलो सञ्चालन गर्न दिँदा पुल जोखिममा पर्ने भन्दै कुलो पुरेरै एप्रोच सडक बनाउनु पर्ने दबाब ठोरीका स्थानीयको छ । भारतीय पक्षले भने साबिक स्थानबाटै ह्युमपाइप राखेर कुलोको पानी लैजान पाउनुपर्ने अडान लिएको छ ।
ठोरीका स्थानीय यादव पौडेल ह्युमपाइप राखेर कुलो प्रयोग गर्न दिँदा पुल जोखिममा पर्ने बताउँछन् । एप्रोच सडक नबन्दा पुलबाट सवारी साधन ओहोरदोहोर गर्न नपाएको उनको भनाइ छ । सुरुमै एसएसबीले सीमा विवाद झिकेर सात वर्षसम्म पुलको कामै गर्न दिएनु, ठोरीका हरिशरहण लामिछानेले भने, अहिले जसोतसो गरी पुल त बनाइयो । तर फेरि भारतीय पक्षले अर्को बखेडा झिकेका कारण प्रयोग गर्न पाएका छैनौं ।
ठुटे खोलामा पुल नहुँँदा वर्षायाममा वीरगन्ज(ठोरी सडकमा सार्वजनिक यातायातका सवारी साधन ठप्प हुने गरेको छ । पुल बनेपछि वर्षौंदेखि सास्ती खेप्दै आएका ठोरीवासीले यसपालि भने राहत मिल्ने अपेक्षा गरेका थिए । तर, पुल प्रयोगमा नआउँदा यसपालि पनि ठुटे खोलामा बाढी आएका बेला ठोरी र सदरमुकाम वीरगन्जबीचको सडक सम्पर्क विच्छेद हुने यादवले बताए ।
ठोरी गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष रामप्रकाश कुँवरले भारतीयको विवादकाकारण पुल सञ्चालनमा आउन नसकेको बताए । समस्या समाधानका लागि छलफल गर्दा भारतीय पक्ष अडानबाट पछि नहटेको उनले सुनाए ।
हामीले सुभद्रा र धमौराका मुखियासँग छलफल गयौं । तर उनीहरूले कुलो पुर्नमानेनन्ु, उनले भने, हामीले यो समस्या समाधानको जिम्मा स्थानीय प्रशासनलाई दिएका छौं ।ु उनले थपे । यसबारे आफूले गृह र परराष्ट्र मन्त्रालयमा जानकारी गराएको स्थानीय जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भारततर्फ गइरहेका कुलाको पानीमा कुनै व्यवधान खडा नहुने गरी कल्भर्ट राखेर पुललाई सडकसँग जोड्नु पर्ने स्थानीय अगुवाहरुको भनाइ छ ।ु, तर, स्थानीयले कृत्रिम समस्या खडा गरेको छन् ।
सुरुमा पुल निर्माणका लागि सर्भे गरिएको ठाउँलाई एसएसबीले भारतीय भन्दै अवरोध गरेपछि सात वर्षसम्मकाम अघि बढ्न सकेको थिएन । सडक विभागले २०६७ साल जेठ ४ गते अमर एन्ड मृत सञ्जीवनी निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौता गरे पनि एसएसबीले सीमा विवाद झिकेका कारण पुल निर्माण कार्य रोकिएको थियो ।
२०७४ साल वैशाखमा सीमा अधिकारी बीचको वार्तामा सहमति भएपछि मात्र पहिले सर्भे गरिएकै स्थानमा पुल निर्माण सुरु गरिएको थियो ।