वास्तवमा लक्ष्य अनि उद्देश्य प्राप्त गर्न मैदानमा उत्रिन पर्दछ भन्ने भनाइमा सार्थक बन्दै अगाडी बढिरहेको छ मध्य नेपाल सन्देश साप्ताहिक । शिक्षा तथा चेतनाको सवालमा सबैभन्दा कमजोर मानिदै आएको प्रदेश नं २ मा आजभन्दा ठिक तीनबर्ष अगाडी मध्य नेपाल जन्मिएको हो । अब बल्ल उभिएर पाइला सार्ने उमेरमा पुग्दैछ यो । तथ्याँक अनुसार औसतमा ४० प्रतिशत मात्रै साक्षरता देखाएको यो प्रदेशको कुल जनसंख्या मध्ये ७४ प्रतिशत महिलाहरु घरायसी काममा सिमित रहेको देखिन्छ । २६ प्रतिशत महिला आत्मनिर्भरको बाटोमा छन् । अर्काे तर्फ घुम्टो भित्रको दुनियाँभन्दा बाहिर आउन अझै पनि २८ प्रतिशत महिलाहरुले सकेका छैनन् । उनीहरुलाई घुम्टो बाहिर आउन नै संघर्ष गर्नु परिरहेको छ । विभिन्न जातजातीको बसोबास रहेको यस प्रदेशमा अन्य प्रदेशको तुलनामा महिलाहरु निक्कै पिछडिएका छन् ।
सामाजिक धर्म संस्कृत अनि पुरानो रितिरिवाजका अनुसार चल्दै आएको पुरानो परम्परालाई आखाँ बन्द गरेर अंगाल्ने सोचलाई परिवर्तन गर्नु आफैमा चुनौतपूर्ण छ । त्यसमा पनि अझ महिला भएकै कारण घर भित्रको चुलोचम्को र बालबच्चा हेरचाहको उपादीलाई काँधमा बोकेर हिड्ने नै वास्तविक नारीको पहिचान सम्झने समाज भित्र बस्ने महिलाहरुलाई चुलोचौका बाहेकको दुनियाँमा ल्याएर हात थापेर खाने मात्र हैन महिलाहरु स्वयम् आफैमा आत्मनिर्भर बन्नु पर्दछ भन्ने सोचलाई सार्थक बनाउन ूसमाज सुद्घिढीकरण हाम्रो अभियान ूनाराका साथ जन्म लिएको मध्य नेपाल सन्देश जो प्रदेश नं. २ का महिला संचारकर्मीहरुद्धारा संचालित मध्य नेपाल कै पहिलो पत्रिका हो ।
समाजमा महिलाले आत्मनिर्भर बन्नुपर्दछ । पृतिसत्तात्मक सोचको अन्त्य गर्न महिला आफैमा सक्षम बन्नुपर्दछ, कागजमा लेखिएका हक र अधिकारलाई व्यवहारमा उर्तान प्रतिष्पर्धात्मक बन्न सक्नुपर्दछ भन्ने उच्च सोचका साथै आफ्नै घर अनि समाजमा हुने अशोभनीय घटना, महिला हिंसा, बलात्कार, दाईजोे प्रथा जस्ता अर्मयादित कार्यलाई उजागर गर्ने अभिप्रायले संचालित यस पत्रिकाले समाजमा घटित घटना पत्रिकाको माध्यमबाट बाहिर ल्याउन प्रेरित मात्र गरेको छैन । योग्य हुदाँ–हुदै पनि समाजका आखाँबाट ओझेलमा परेका महिला तथा बालबालिकाहरुको मनको आवाजलाई परिस्कृत गर्ने काम यस पत्रिकाले गरेको छ । समाजमा केहि गरौं भन्ने सोच तथा योग्य हुदाँ–हुदै पनि छायाँमा परेका बिशेष गरी महिलाहरुको आवाजलाई बाहिर ल्याउने सरल माध्यम बनेको यस मध्य नेपाल सन्देशमा खोजी जवाफदेहिता, महिला सशक्तिकरण मुखी लेख, समसामुहिक सेरोफेरोमा साताको बोली, प्रदेश गतिविधि, बालबालिका तथा प्रभावशाली महिलाको अन्तरवार्ता, स्वास्थ्य खबर, नेताको बोली, राशीफल, सामाजिक संजाल, साताभरिका गतिविधी खबर समेटेर आठ पृष्ठमा निकाल्दै आएको यस पत्रिकाले यस हप्तादेखि रङगीन आउनेने जमर्को गर्दैछ । यो कुरा भन्न पाउँदा हामी पत्रिका परिवार गर्व महशुस गर्दैछौ । तर यो कुरा सहज भने छैन । चुनौती मध्ये यो पनि थप चुनौती उठाउने आँट महिलाहरुले गरेका छौ ।
राज्यका हरेक तहमा महिला सहभागिताको कुरा गरिरहँदा पहिलेको तुलनामा केही हद सम्म सहकार्य भए जस्तो देखिएता पनि नीति निर्माण तथा कार्यान्वयनको पक्षमा भने महिलाको पहँुच बिल्कुल नगन्य अवस्थामै छ । बाहिर मञ्च तथा सार्वजनिक स्थानमा महिलाका सवालमा जति नै संवेदनशील देखिएता पनि व्यवहारिक पक्षमा सोच परिवर्तन हुन नसक्नु दुखद् कुरा हो । अझ त्यसमा पनि महिला संचारकर्मीहरुका लागि सार्वजनिक स्थानमा समाचार संकलन गर्दाको असहजता छुटै छ । पत्रकारीता जस्तो संवेदनशील अनि जटिल कार्यलाई आँट अनि हिम्मतका साथ सफलतापुर्वक यहाँ सम्म आउन सक्नु कम चानचुने कुरा होइन । घरबाट बाहिर निस्कन समेत डर अनि त्रासको झोला बोकेर समाजमा भएका घटना खोज्न बिभिन्न कार्यक्रम तथा सभामा पुगेर समाचार टिपोर्ट गर्दै घरसम्म पुग्दा झेल्नु परेको पीडाहरुलाई वेवास्ता गर्दै तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गर्नु प्रत्येक महिलाले गर्व गर्न लायक छ । समाजमा आएका हरेक चुनौतिसँग मुकाविला गर्दे तराई क्षेत्रका महिलाहरुको बीचका काम गर्दा सम्पादक कविता खड्का रहेको टिमले धेरै कुरा सिकेको हुनु पर्दछ । पत्रकारिता जस्तो जटिल कार्य महिलाहरुको टिमले नेतृत्व गर्दै चौथो खुड्किलोमा पुग्न थुप्रै जिम्वेवारी बहन गरेकोमा भने कुनै शंका छैन । तर आजको प्रतिष्पर्धी समयमा अवसर बढेसगैं चुनौति पनि कम हुने कुरै भएन ।
पहिलेको तुलनामा महिलाहरुलाई घर बाहिर निस्कने वातावरणमा सहजता आउँदै नआएको भने होइन । महिला नेतृत्वका निमित्त अवसरहरु पनि धेरै आएका छन् । यी अवसरलाई प्रयोग गर्नका लागि चाहिने वातावरणको कमि भने हरेक क्षेत्रमा महसुस गरिएको छ ।
हिजोका दिनमा महिला का लागि अवसर कम अनि चुनौति बढी हुने गथ्र्याे भने अहिले यी दुबै कुरा बराबरी जस्तै छ । पितृसत्तात्मक चिन्तन भएको यस समाजलाई संकुचित सोचबाट बाहिर ल्याउने क्रम चौथो सिढीमा प्रवेश गरिरहँदा अझ जिम्मेवारी बोध गरिएको छ । जतिसुकै आरोह अवरोहका पर्खाल थपिए पनि तोडेर उक्लिने छ मध्य नेपाल सन्देश ।