ब्रमाहकुमारि राजयोग सेवा केन्द्र सिमरा तथा माट्रिका आई पाउण्डेशनको सहयोगमा अम्बाडारमा निःशुल्क आखाँ शिविर समपन्न भएको छ ।
नेपालमा रतंन्दो विरामी कारण धेरै मानिसले आखाँको ज्वोति गुमाउनु परेको तथ्याङ्क आईरहेको बेला ब्रमाहकुमारि राजयोग सेवा केन्द्र सिमरा र माट्रिका आई पाउण्डेशनले शिविर समपन्न गरेको हो ।
जितपुर सिमरा उप महानगरपालिका ११ अम्बाडारको गिता पाठसालामा आयोजित शिविरमा फत्तेपुर, डुम्मरवाना, खैरवा, खेसरोल, अम्बाडार लगायतका सयौँ आखाँका विरामीहरुले लाभ लिएका माट्रिका आई पाउण्डेशन वीरगंजका डा. महेश सिह धामिलले बताए । शिविरमा चेकजाँचको क्रममा ८८ जना विरामीमा मोतियाविन्दु फेला परेको उनले बताए ।
सामान्य उपचारबाहेक आखाँको शल्यकृया माट्रिका आई फाउण्डेशनले वीरगंजमा निशुल्क उपचार गरिदिने फोन्डेसनका लक्ष्मि खरेलले जनाएकी छिन् ।
शिविरको केन्द्रका मधु दिदि र माट्रिका आई पाउण्डेशन वीरगंजका प्रबिधिक डा. महेश सिह धामिले सयुक्त रुपमा उदघाटन गरेका थिए ।
कार्यक्रममा ममता दिदि, परमेश्वोर माईजि, मेद्रो फोन्डेसनका हरि प्याकुरेल, लक्ष्मि खरेल, कर्ण धार भाईजि, संञ्चार कर्मि बिदुर खडका लगायतको उपस्थित रहेको थियो ।