सशस्त्र प्रहरी बल १४ नम्बर गुल्मले लागु औषध सहित पक्राउ गरि नेपाल प्रहरीलाई बुझाएकोलाई नेपाल प्रहरीले आफुहरुले पक्राउ गरेको दाबी गरेको छ ।
सशस्त्र प्रहरीले शनिवार दिउसो १३ः३० बजे पक्राउ गरिएको भन्दै साझ ७ बजे सञ्चारसंस्थाहरुलाई समाचार पठाएको थियो सोही व्यक्तिलाई नेपाल प्रहरीले शनिवार नै १६ः३० मा पक्राउ गरिएको दाबी गर्दै आईतबार विहान ८ः१० बजे समाचार पठाएको छ ।
भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवैध लागु औषध सहित बाराको जितपुर सिमरा उपमहानगरपालिका १७ बस्ने २७ वर्षिय नरेश चौधरीलाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको थियो ।
सिमावर्ति शहर रक्सौलबाट लु.४८ प ५२४८ नम्बरको मोटरसाइकलमा सवार चौधरीको शरिर खनतलाशि गर्दा डाइजोल्याव, फेनारगन, नोफिन १७/१७ पिस र एकग्रामको २ प्याकेट ब्राउन सुगर सहित उनलाई शनिवार नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएका चौधरीलाई शनिवार नै दिउसो ४ बजेतिर नेपाल प्रहरीलाई बुझाएको सप्रसह हिरा प्रसाद निरौलाले बताए । उनले भने, हाम्रो टिमले पक्राउ गरि नेपाल प्रहरीलाई बुझाउनु भएको हो, पक्राउ पर्दा हामीले व्यक्तिको नाम थर वतन यकिन गर्दैनौँ उनले बताए अनुसार वा व्यक्तिले बोकेको परिचयपत्रको अधारमा मात्रै हामीले बाहिर फलास गर्ने हो । तर ति व्यक्तिलाई हामीले पक्राउ गरेका हौँ । यससंगै फोटो पनी पठाएका छौँ त्यसमा हाम्रै जवान छन् ।
यता नेपाल प्रहरीले दाबी गरे अनुसार व्यक्तिको फोटो वा बरामद भएको कुनै समाग्रिको समेत फोटो पठाएका छैनन् ।
यस विषयमा पर्सा प्रहरीको जिम्मेवार व्यक्ति प्रहरी उपरिक्षकको मोबाईल नम्बर ९८५५०२१११३, दुई जना प्रहरी नायब उपरिक्षक ९८५५०२८२८५ र ९८५५०२८२८७ मा सम्पर्क गर्दा मोबाईल अफ गरिएको छ । जिल्लामा शान्ति सुरक्षा स्थापित गराउन तत्कालिन बरिष्ठ प्रहरी उपरिक्षक हालका आईजिपि सर्वेन्द्र खनाल, प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ लगायतले यी तिनवटा नम्बर गाऊँ गाऊँमा पुगेर सर्वसधारणलाई दिएका थिए । तर अहिले तिनवटै नम्बर भने प्रायः स्विच अफ रहने गरेको छ ।
लागु औषध सहित एकजना पक्राउ