खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने होडबाजीका कारण घोषणा भएका कतिपय स्थानमा हालसम्म पनि शौचालय बनेका छैनन् ।
सन् २०१७ भित्रमा देशलाई नै खुल्ला दिसा मुक्त घोषणा गर्ने लक्षय राज्यले दिएको थियो । देशलाई सन् २०१६ सम्ममा नै खुल्ला दिसा मुक्त क्षेत्र घोषण गर्ने प्रतिबद्वता थियो, तर त्यो प्रतिबद्वता सन् २०१९ लाग्दा समेत पुरा नभएपछि प्रदेश दुईको जिल्लाहरु धमाधम खुल्ला दिशा मुक्त भइरहेका छन् ।
हतार हतारमा मापदण्ड नपुगी खुल्ला दिशा मुक्त घोषणा गरिएको स्थानियहरुको आरोप रहेको छ ।
शौचालय नभएका र आर्थिक अवस्था कमजोर भएका परिवारमा शौचालय बनाउन आवश्यक सामाग्री उपलब्ध नगरादाँ खुल्ला दिसामुक्त क्षेत्र कागजमा मात्रै सिमीत देखिएको हो ।
यता खुल्ला दिशामुक्त क्षेत्रमा काम गरिरहेका संस्थाले जिल्लामा सय प्रतिशत चर्पि निमार्ण भएको तथ्यांक सार्वजनिक गरेपछि जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागिएको खानेपानी तथा सरसफाई कार्यालय बाराका विरेन्द्र पंडितले जानकारी गराए ।
खुला दिसा मुक्त अभियान कार्यक्रम हत्तार हत्तारमा सक्ने होडवाजी र कार्यक्रमको नाममा आएको बजेट कुम्ल्याउने कारणले पनि ठोस पूर्वाधार नै निर्माण नगरी खुल्ला दिसा मुक्त घोषणा गरिएको स्थानियहरु बताउँछन् ।
जिल्लाको सम्पुर्ण घरमा चर्पि निमार्ण भईसकेको खुल्ला दिसामुक्त क्षेत्र तथा स्वच्छता सम्बन्धि काम गरिरहेको अन्र्तराष्ट्रिय गैर सरकारी संस्था युनिसेफ, युएन ह्याबिटयाट र एसएनभी नेपालले अपुष्ट तथ्यांक सार्वजनिक गर्दै खुल्ला दिसामुक्त भएको बताइरहेका छन् ।