आमा कुमकुम अग्रवाल बुबा रमेश अग्रवालको पहिलो सन्तानको रुपमा कोलकत्तामा १९८४ मा जन्मिएकी बन्दना क्याल हाल वीरगंज स्थित किरण आँखा अस्पतालमा कार्यरत डाक्टर हुन् । उनले भारतको कर्नाटका मणिपालबाट एम.बि.बि.एस र गोवाहटीबाट एम.ए सम्मको अध्ययन पुरा गरेकी छन् । १० वर्षको अनुभव बटुली शंकर नेत्रालयबाट फेलोसिप गरेकी क्याल सन् २०१६ मा वीरगंजका डा. अमर क्यालसंग वैवाहिक जिवनमा बाधिएको बताइन् । शिक्षित परिवार र समाज भएकोले उनलाई शिक्षा लिने क्रममा कुनै बाधा नभएको उनले बताइन् । यो अंकमा मध्य नेपालले उनै बाल आँखारोग विशेषज्ञ डा.बन्दना क्यालसंग गरेको कुराकानी :-
१) बालबालिकाहरुलाई कस्तो किसिमको समस्या आखाँमा देखिन्छ ?
ठूलो व्यक्तिहरुभन्दा साना—साना बालबालिकाहरुको आँखाको जाचँ गर्नुपर्छ । आँखा चिलाउने, आँखा रातो हुने, आँखाबाट पानी बग्ने जस्ता समस्याहरु देखा पर्दछन् । आँखामा थोरै व्यक्तिहरुलाई ठूलो समस्या पनि हुन्छन् । आँखा टेडो हुने, आँखाका नसाहरु सुक्ने, आँखाको पर्दामा पनि समस्याहरु हुने गर्दछन् । यी सबै चेक गरेपछि मात्रै थाहा हुन्छ ।
२) साना बालबालिकाहरुले पनि चश्मा लगाएको देखिन्छ । यो ठिक हो ?
सबै बच्चाहरुलाई एक पटक आँखा चेक गराउँनु पर्छ । चश्मा लगाउनुपर्ने खासै ठूलो समस्या होइन । चश्माको पावर कसैको (–) हुन्छ त कसैको (+) हुन्छ । (.) र (–) को पावर बन्द ग¥र्यो भने समस्या हुन्छ । चश्माको पावर उमेर अनुसार बढ्ने वा घट्ने गर्दछ । चश्माले बच्चाको आँखाको किरणलाई सुरक्षित राख्दछ ।
३) कस्ता किसिमका समस्या भएका व्यतिmहरु उपचार गराउँन आउँछन् ?
टेडो भएको आँखाको अपे्रसन र सबै किसिमका आँखाको उपचार गर्ने गरेका छौ । उमेर अनुसार आँखामा विभिन्न खालका समस्याहरु हुन्छन । आँखा पोल्ने, सुख्खापन हुने, बढी मात्रामा स्क्रीन भएका चिजहरु बढी प्रयोग गर्ने । जस्तो कि मोबाइल, टिभि, कम्प्युटर जस्ता चिजहरुको बढी उपयोग गर्ने व्यक्तिलाई यस्ता समस्याहरु हुने गर्छन । उच्च रक्तचाप, मधुमेह रोग भएका व्यक्तिहरुलाई बढी मात्रामा आँखाको पर्दामा समस्या देखिन्छ ।
४) आँखाको उपचार र सफाई कसरी गर्नु पर्छ ?
आँखा सबैले एकपटक जाँच गराउँनु पर्दछ । पहिलो जाँच गराउँदा साधारण छ भने जाँच पर्दैन । यदी आँखामा समस्या छ भने समस्या अनुसार ६ महिना, ८ महिनामा जाँच गराउँनु पर्दछ । हामीले आँखालाई सफा पानीले धोएर आइड्रपहरु हालेर धुलोबाट बँच्न राम्रा किसिमका सनग्लास भएका चश्माहरुको प्रयोग गरेर आँखालाई सफा राख्न सकिन्छ । समय–समयमा आँखाको चेकजाँच पनि गर्नु आवश्यक छ ।
५) आँखाको अपे्रसन गर्दा ध्यान दिनुपर्ने कुरा के हुन् ?
यहाँका मानिसहरु अपे्रसन गर्ने भन्ने वितिकै अलि डराउने प्रवृतिका छन् । आँखाको टेडोपनको अपे्रसन गर्नुपर्ने हुन्छ । बच्चामा आँखामा टेडोपन छ भने पछि उपचार गराउँछु भनेर कहिल्यै सोच्नु हुदँैन । बच्चा सानो भएको बेलामा नै उपचार गर्नुपर्दछ । अपे्रसन गर्दा गर्मी, जाडो महिना या जुन समयमा पनि गर्न सकिन्छ । बच्चालाई बेहोस बनाएर अपे्रसन गर्नुपर्दछ । म सबैलाई के भन्न चाहन्छु । बच्चाहरुको आँखा एक पटक सबैले चेक– जाँच गराउँनु पर्दछ । यदि कुनै समस्या भएमा उपचार गर्दा चाडै नै निको हुन्छ । यहाँका मानिसमा छोरीलाई टेडोपन छ भने अप्रेसन गर्नु । अलि हिचकिचाउने प्रवृति बढी मात्रामा पाएको छु । प्राय आँखामा समस्या महिला पुरुष दुवैलाई हुने गर्दछ । महिला पुरुष दुवैमा एकै किसिमको आँखाको समस्याहरु हुने गर्छ उमेर अनुसार फरक हुन्छ ।
६) हरेक व्यक्तिलाई के सन्देश दिन चाहनु हुन्छ ?
हरेक बच्चालाई एक पटक आँखाको चेक गराउनु होला यदि समस्या छ भने चेक गराउनुपर्छ, छैन भने ६ महिना या बर्ष दिनमा चेक गराउँनु आवश्यक छ । ठूलो व्यक्तिहरु पनि ३५ वा ४० उमेर पुगिसक्नु भयो र एकपटक पनि आँखा चेक गराउनु भएको छैन भने आँखा चेक गराउनु अति आवश्यक छ । किनकि आँखामा कालो मोतिविन्दु पनि हुन सक्छ । यसको केही लक्षणहरु हुदैन । जब चेक गराउँदै गइन्छ अनि मात्र थाहा हुन्छ कालो मोतिविन्दु भएको । जलविन्दु, मोतिविन्दु विभिन्न किसिमका रोगहरु हुन्छन । यो रोग विभिन्न उमेर समूहका मानिसलाई हुने गर्छ । यसको समयमा अपे्रसन ग¥यो भने निको हुन्छ । यो रोग बढी मात्रामा गरिब घरको परिवारमा बढी पाइन्छ । पौष्टिक आहारको कमीको कारण या सरसफाईको कमीले गर्दा रोगहरु हुने गर्दछ । गर्भवती आमालाई बढी मात्रामा पौष्टिक आहारको कमीको कारणले पनि बच्चाहरुमा यस्ता समस्या देखा पर्दछ । गर्भवती अवस्थामा बढी खानुपर्छ र बच्चालाई स्वास्थ्य राख्नमा मद्धत पुग्दछ ।
७) स्वास्थ्य वीमा अन्तर्गत कति विरामीको उपचार गर्नुभयो ?
स्वास्थ्य वीमा अन्तर्गत हामीले लगभग ५/६ सय जना जतिको उपचार गराइसकेका छौ । कार्डको आधारमा १ परिवारलाई १ लाख सम्मको उपचार हामीले जेष्ठ नागरिकहरुलाई पनि उपचार गराएका छौ । हामीले विभिन्न स्कूलहरुमा पनि गएर त्यहाँका विद्यार्थीहरुको आँखाको चेकजाँच पनि गराएका छौ । शिक्षकहरुलाई पनि छुट दिएर चेक गर्ने सुविधा दिएका छौ । आमजनतालाई के भन्न चाहन्छु भने एक पटक आँखा चेक गराउँनु अति आवश्यक छ । कुनै चिकित्सकको सल्लाह बिना आँखामा कुनै पनि किसिमको आँखाका औषधीहरु प्रयोग नगर्न आग्रह गर्दछु । बच्चाहरुको पनि आँखा चेक गराउँनु पर्छ र आँखालाई सधै सफा पानीले धुनु पर्छ ।