‘एक जुगमा एक दिन एक चोटी आउँछ, उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ’ कवि गोपालप्रसाद रिमालको गीतका यी हरफ मधेस आन्दोलन र त्यस यताका उपलब्धिलाई संगालेर हेर्दा अपवाद बनेर आउँछ ।
समय बितेर गइरहेको छ । तर ती उथलपुथलमा बलिदानी दिएका शहिदको सपना अझै पुरा हुन सकेको छैन । न त शहिदहरुको उचित सम्मान नै भएको आभाष पाइन्छ ।
मधेसमा अह्वानै गरेर दुई ठूला अन्दोलन भए । २०६२/६३ र २०७२/०७३ सालमा । पहिलो आन्दोलनमा सहभागी भएर पनि अन्तरिम संविधान २०६३ मा समान सहभागिता, पहिचान र समानुपातिक निर्वाचन प्रणालीमा सहभागि नगराएकाले र अर्को समेत ऐतिहासिक संविधान सभाबाट जारी संविधानमा मधेसीको पहिचान र अधिकार प्राप्त नभएको भनी । यी दुई छुट्टा छुट्टै आन्दोलनबाट मधेसले उपलब्धि नै नपाएको भने होइन । केही उपलब्धि भने पाएको छ । नेताहरु आफै पनि भन्न थालेका छन् । तर अझै पनि अधिकार बाँकी रहेको शहिद परिवारको भनाइ छ ।
मधेश आन्दोलनमा सबैभन्दा बढी उपलब्धि नेताहरुले पाए । चाहे त्यो स्थानीय निर्वाचनमा होस् या प्रदेश वा चाहे त्यो केन्द्रको निर्वाचनमा । मधेस आन्दोलन कै नाराले सत्तामा पुगेका नेताहरुले हिजोको दिनलाई भूलेको शहिद परिवारको आरोप छ । यता प्रत्यक्ष र परोक्ष रुपमा आन्दोलनमा होमिएकाहरुलाई उपेक्षा गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले बताए । शहिद परिवार कसैको पारिवारिक अवस्था राम्रो छैन । मधेसी नेताहरु पनि त्यति चासो दिदैनन् । आन्दोलनका समयमा शहिद भएकै दिन विशेष भाषण दिने नेताहरुले समेत शहिद परिवारलाई नसम्झेको उनी तर्क गर्छन् । त्यो वेला त आन्दोलनकारी सत्तामा थिएनन् । तर आज सत्तामा पनि उनीमध्येबाट पुगेका छन् । यस्तो समयमा शहिद परिवारको लाई काम गर्नु पर्ने थियो उनले तर्क गरे । निर्वाचनका समयमा तिनै शहिदको नामबाट जनता सामु भावनात्मक रुपमा भोट पाएका नेताहरु एकै वर्षमा फेरिएको थारुको भनाइ छ । हामीले मधेस आन्दोलनमा सहभागि भएका अन्य नेताहरुलाई समेत भन्ने गर्दा माघ १६ गते राष्ट्रिय शहिद दिवसका दिन कार्यक्रम गरिने बताउँछन् उनले तर्क गरे ।
मधेसी पार्टीले ति दिन कसरी बिर्सन्न सक्छन् । तिस दशक भएन, तिन दशक पनि भएन, तीन बर्ष मै शहिदलाई विर्सनु अन्याय भएको अभियन्ता थारुको भनाइ छ । कसैलाई भर्खरै रोजगारी दिलाएको छ । रोजगारी दिलाउँदैमा दायित्व सकिएको भनेर पन्छिनु भने गलत हुन्छ । स्थानीय निकायमा जनप्रतिनिधि आएपछि ति सहिदका नामबाट सडक नामाकरण गर्ने सालिक, विद्यालय निर्माण लगायतको रचनात्मक र मधेस आन्दोलनका सपुतहरुलाई पहिचान दिलाउने खालका कामहरु गर्नुपर्ने थारुले बताए ।
सहिद परिवारको अवस्था दयनीय
पर्सामा ३ वर्ष अगाडी यसै समयमा काफ्र्यू लागेको थियो । आन्दोलनको क्रममा भदौँ १४ गते सोमबार पर्सा मनियारीका दिलिप चौरसिया, १४ गते वीरगंज नगवाका २४ वर्षीय भोला साह (जयप्रकाश साह), बहुअरी नौतनका २७ वर्षीय दिनानाथ साह, मनियारी कै ३० बर्षीय धर्मराज सिंह र नगवा १९ का सोहन साह कलवारको मृत्यू भएको थियो । यस्तै असोज ३ गते २१ वर्षिय सत्रुधन पटेल र बाल सहिद चन्दन पटेलको समेत आन्दोलनकै क्रममा मृत्यु भएको थियो ।
मृत्यु भएर बेसहरा भएका सहिद परिवारको अवस्था अहिले भनि साध्य छैन् । बारा र पर्सामा ८ जना सहिद भएका मध्ये ४ जना सहिदका बालबच्चा छन् । तिनिहरुको अवस्था दयनीय छ, दिनानाथ साहको बुवा बाबासिर भएर थला परेका छन् । उनको अपरेशन गराउने अवस्था छैन । केही समय अगाडी केहीको सहयोगले आखाँको अपरेसन गराएँ उनले भने । आफैले गराउने अवस्था छैन । अब वावासिरको अपरेसन कसरी गराउनु केही खानै हुन्न । कहि बस्नु हुन्न कहिले मरुँ पर्खदैछु ! शहिदका बुबाले भने ।
यस्तै अर्का सहिद (भोला साह) जयप्रकास साहको परिवारको अवस्था पनि अवस्था छ । उनकी श्रीमति संजोगिया देवीले नेपाल सरकारबाट पाएको १० लाख रुपैयाँबाट ५ लाख आमा बुवालाई स्थानीयहरुले दिलाई दिए । ५ लाख छोराको नाममा फिक्स गराईदिए । अहिले माईतिकै सहारामा बच्चालाई पालन पोषण गरिरहेको छु । कसैले सोध्न रोजगारी दिलाउन कोही सोधखोजका लागी नआएको उनले बताइन् ।
व्यवहारिक रुपमा शहिद दिनानाथ साहकी श्रीमति सोनी देविले जागिर पाएकी छन् । वीरगंज महानगरपालिकाले उनलाई जागिर दिएको छ । तर बास बस्ने स्थान नभएर डेरा गरी बसेको उनको भनाइ छ । कहिले वीरगंज त कहिले आमा बुवाको हेरविचारमा दौडिनु परेको उनको तर्क छ ।
यस्तै सहिद धर्मराज सिंहको परिवारको पनि अवस्था छ । परिवार चलाउन पनि धौधौ भएको उनका बुवा प्रभु सिंहले बताए । उनले भने उहि छोरो थियो । घर परिवार चलाउँथ्यो । उहि नरहे कसरी परिवार चल्ने ? सरकारले उपलब्ध गराएको पैसाबाट समाजका अगुवाहरुले घर बनाउन भने । कर्जै धेरै भयो जसोतसो बनायौँ सानो छोरा कहिले यता कहिले कता कामका लागी दौड्या दैडयै छ उनले भने ।
आर्थिक रुपमा सम्पन्न भए पनि सहिद दिलिप चौरसियाकी आमा अझै शोकबाट बाहिर आएकी छैनन् । उनका बुवा रामेश्वर चौरसियाले भने म आफै अस्वस्थ्य छु । हरदम दमको समस्याले सताइरहेको छ । केही समय देखि चर्मरोगले समेत समातेको छ । कति ठाउँमा उपचार गराए अझै निको हुन पाएको छैन । छोरोलाई सम्झिन्छन् भन्ने आस थियो । तर खै किन सम्झेनन् आफुलाई केही थाहा नभएको उनले बताए ।
मधेस आन्दोलनका घाईतेहरुको अवस्था समेत ज्यादै दयनीय छ । वीरगंज महानगरपालिका ईनर्वा १९ का सन्तलाल यादवले लगाएको वृmतिम खुट्टा पनि टुटिसकेको उनले बताए । कृतिम खुट्टैका लागी पैसा जोहो गरिरहेको उनले बताए ।
सहिद परिवारको अवस्था सबैको दयनीय छ । तीनबर्ष अगाडी आजको दिन वीरगंजमा कफर््यू लागेको थियो । चारैतिर आश्रु ग्यास, गोलीको खोका र ढुङ्गाहरु मात्रै देखिन्थ्यो । को गरीब को धनी सबै आन्दोलनमै होमिएका थिए । सोही क्रममा मधेसको अन्य भाग झै यहाँ पनि मधेसका युवाहरु सहादत प्राप्त गरे । धेरैको सिन्दुर पुछियो, कसैले छोरा गुमाए कतिले भाई गुमाए तिनिहरुलाई कमसेकम सम्झनु पथ्र्यो । त्यो दिन सम्झँदा साहै्र दुःख लागेर आउँछ आन्दोलनमा घाईते तथा उद्धारमा जुटेका सकृय युवा समाजसेवी राजन श्रीवास्तवले बताए । सत्तामा गए पनि तिनिहरुका परिवारलाई खान लाउन पुगेको छ की छैन ? कस्ता समस्याहरु छन् ? स्थानीय निकायसंगको समन्वयमा भए पनी सहिद परिवारलाई रोजगारीसँगै उनका छोरा छोरीलाई शिक्षा दिक्षाको समेत व्यवस्था गर्नुपर्ने थियो श्रीवास्तवले भने ।
यता मधेसी पार्टीका नेताहरु सहिदलाई सम्झेको बताउँछन् । सहिद भएका सहिदहरुलाई संयुक्त रुपमा शहिद दिवसकै दिन मात्रै सम्झने हो । संघिय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मिले भने । एक जना मात्रै शहिद भएका छैनन् । शहिद हुने धेरै छन् । हामीले पर्सा जिल्लाको शहिद परिवारहरु सबैलाई रोजगारको व्यवस्था गर्दैछौँ । प्रदेश सरकार र महानगरपालिकाले उहाँहरुको जविकोपार्जनका लागि उचित रकमको पनि व्यवस्था गरेको छ उनले तर्क गरे । यता मधेशका लागि जुन लडाई लडियो त्यो अनुसारको सम्मान हुनु पर्नेमा त्यस्तो पीडितहरुले अनुभूति गर्न नसकेको आन्दोलनमा सकृय मध्ये अजय पटेलले बताए ।