जनजाती कल्याण आश्रम, नेपालद्धारा सञ्चालित आमाको माया छात्रावासमा खेलकुद स्टेशनरी तथा खानेकुरा लगायतका सामाग्री वितरण गरिएको छ । संविधान दिवसको अवसरमा मन्जुश्री फाइनान्स लि. वीरगंज शाखाद्धारा छात्राबासका २० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको हो ।
न्यून आर्थिक अवस्था भएका विभिन्न जिल्लाका छात्रहरुलाई पढाइमा प्रोत्साहन मिल्नेभन्दै सबैलाई सो सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । यस्ता कार्यले विपन्न आय भएका छात्रहरुलाई ध्यान दिन जरुरी रहेको वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाईले बताए ।
कार्यक्रममा मंजुश्री फाइनान्सका शिखा खड्गी, हरि मानन्धर, एकता श्रीवास्तव, सोनालाल प्रसाद सहनी, योगेन्द्र चौधरी, श्याम नारायण ठाकुर, प्रकाश श्रेष्ठ, स्वेता कुमारी साह, कन्चनजंङ्गा मा.वि का मार्टिन मोक्तान, संचारकर्मी कविता खड्का, जियालाल प्रसाद साह, निलम पन्त, सन्ध्या पौडेल लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण मंजुश्री फाइनान्सकी ईश्वरी श्रेष्ठले गरेकी थिइन । कुल २३ जना संख्या रहेको छात्रावासमा ३ जना शिक्षक र २० जना छात्रहरु रहेका छन् । उनीहरु बारा, पर्सा, सप्तरी, महोतरी, चितवन, मोरङ्ग ओखलढुङ्गा, कैलाली, महेन्द्रनगर, अछाम, मगु, कपिलवस्तुका रहेका छन् ।
स्थानीयहरुको सहयोेगबाट नै संचालित रहेको यो छात्रावासमा नेपाल सरकार या कुनै संघ–संस्थाबाट सहयोग नआएको आमाको माया छात्रावासका प्रमुख रुपेश कुमार हाँस्दाले बताए । जनजाति कल्याण आश्रम नेपालले जनजातिहरुको स्वास्थ्य, शिक्षा एंव स्वावलम्बनको व्यवस्था गरी उनीहरुको व्यक्तित्व विकास गरेर समाजलाई मुख्य धारामा जोड्ने कार्य गरेको उनको भनाइ छ ।