महिला हिसां न्यूनिकरण परियोजना अन्तरर्गत सफल दम्पती जीवनमा सासु, नन्द र श्रीमान् श्रीमतिको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।
दलित महिला संघको आयोजनामा भएको कार्यक्रममा परिवार सफल हुनका लागी सासु, नन्द र श्रीमान श्रीमतिको समन्वय र सहकार्य आवश्यक हुने दलित महिला निला रामले बताईन् ।
व्यस्त जीवनशैलिमा विहान बेलुका मात्रै भेटघाट हुने परिवारमा एक अर्काको स साना मन मुटावले परिवार नै विस्थापीत हुने स्थित रहेकाले एक अर्काको समन्वय आवश्यक वडा नं. १ की वडा सदस्य रितादेवी कलवारले बताएइन् ।
आर्थिक विपन्नता र ठुला जात भनाउदाँले भेदभाव गर्ने हुदाँ एक आपसमा समन्वयको खाडल रहेको स्थानीय दलित अगुवाहरुले जानकारी गराएका थिए । वीरगंज महानगरपालिकाको वडा नं. १ को धाङ्गड बस्ती र वडा नं. १८ को सुकचैनास्थित चमार बस्तीमा आयोजित कार्यक्रममा विभिन्न वर्ग समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दलित महिला संघको उपाध्यक्ष नागी देवि गोसाई, वडा नं. १ की वडा सदस्य रितादेवी कलवार, वडा नं. १८ का वडा सदस्य छोटेलाल राउत कुर्मी, स्थानीय नेता प्रहलाद राम, फुलझरी देवि, रिता देवि, पारस पासवान, जिर्धोधन राम लगायतको उपस्थिति रहेको थियो ।
दलित महिला संघकी अध्यक्ष निला रामले सहजिकरण गरेको कार्यक्रम संघको उपाध्यक्ष नागी देवि गोसाईको संयोजकत्वमा समपन्न भएको थियो । कार्यक्रमको सञ्चालन भने बैजनाथ रामले गरेका थिए ।