पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले ‘जनता दर्शन’ कार्यक्रम सुरु गरेका छन् ।
संघीय संसदको चौथाे आर्थिक शत्र समपन्न भएको दोश्रो दिनबाट जनताको समस्या समाधानका लागि ‘अपनेके सांसद, अपनेकेद्धार’ नारा मार्फत जनता दर्शन कार्यक्रम शुरूवात गरेको जानकारी गराए ।
भाेटका बेला भाेट मात्रै माग्ने जनताको गुनासा र समस्यामा भाग्ने प्रवृत्तिलाई चिर्दै जनतासंग प्रत्यक्ष साक्षत्कार गर्न याे कार्यक्रम ल्याइएको सांसद यादवले बताए ।
जिल्लाकाे लालपर्साबाट सुरु भएको उक्त कार्यक्रम दलित बस्तीकाे घरदैलोमा पुगेर समस्या बुझ्दै त्यसको समाधानका लागि रूपरेखा तयार गरिएको उनलेे बताए ।
कार्यक्रम अन्तर्गत लालपर्साका धाना देवी, इन्दु देवी, दिपनारायण पासवान, जगदिश राम , लालबहादुर राउत, रुपनारायण महतो, महेश कोइरी, बाबुलाल यादव ,मनोज यादव लगायतको घरमै पुगेर स्थानीय समस्या बुझ्ने र अाफुसंग सम्बन्धित अाफैले भए प्रदेश वा स्थानीय तह संग भए तिनको राेहबरमा गर्न लगाएकाे उनलेे बताए ।
पहिलो कार्यक्रममा स्थानियले बिद्यालयमा शिक्षकको कमि र भौतिक सरचनाको आवश्यकता, सडकको मर्मत सम्भार, गाउँका बिजुली पोलहरुमा बती नहुने, चापाकल र एैलानी जग्गा भूमिफियाकाे कब्जामा राखिएको लगायतको समस्या अाएकाे प्रदेश सभाका सांसद जन्नत अंसारीले जानकारी गराए ।
यससँगै जनप्रतिनिधिहरुद्धारा हपकाउने, धमकाउने समेत गरिएको गुनासो स्थनिय महिलाहरुले सासद यादव समक्ष राखेका थिए ।
स्थानियहरुबाट आएका अधिकांस गुनासाहरु जायज भएको बताउदै क्रमिक रुपमा समाधान गरिने सांसद यादवले अाश्वासन दिएका छन् ।
आफु जनताको नेता भएकाले सधै जनताको माझमा रहेका समस्या बुझ्दै समस्या समाधान गर्ने उनलेे प्रतिबद्धता जनाए ।