आमा तिलेश्वरी देवी र बुवा ब्रह्मदेव राउत यादवको सातौं सन्तानको रुपमा वी. म न.पा वडा न. ३१ मा २०३० साल असोज १५ मा जन्मिएका हुन् । डा. हरेराम यादव । उनी हाल पशु क्वारेन्टाइन पर्साको कार्यालय प्रमुख छन् । २०४६ सालमा एस एल सी पास गरी वीरगंजको चर्चित क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसबाट अध्ययन गरेका हुन् । सुरुमा विज्ञान विषय पढेर मेडिकल डाक्टर बन्ने उनको इच्छा थियो । तर उहाँले भेटेरीनरी सम्बन्धी पशु डाक्टरको रुपमा परिचित हुनुहुन्छ । मास्टर डिग्रि इन्डियाको नागालयाण्ड युनिर्भरसिटीबाट गरी हाल बरिष्ट पशु चिकित्सकको रुपमा परिचित छन् । एउटा प्रमुखको रुपमा भए पनि उहाँ एउटा पशुको ज्यान बचाउने र निष्पक्ष रुपले पशुको उपचार गर्ने उद्देश्यले ए.भि.पी. पर्सा नामक संस्थामा आवद्ध भएर काम गर्दै आएको छ । मध्य नेपाल सन्देशले पशु रोग विशेषज्ञ डा. हरेराम यादवसंग गरेको कुराकानी :
१) रेविज रोग के हो ?
रेविज एउटा लिसा (Lyssa) भन्ने विषाणुबाट हुने रोग हो । जुन स्तनधारीलाई प्रभावित गर्दछ । प्रायः जसो यसले जंगली जनावरलाई प्रभावित गर्दछ । तर मानिस र घरपालुवा जनावर पनि जोखिममा हुन्छन् । यो एउटा जुनोटिक रोग हो । जुन पशुबाट मानिस तथा मानिसबाट पशुमा सर्दछ । यसमा रोगीको हावभावमा परिर्वतन, उतेजना, पागलपन, पक्षघात अनि मृत्यु हुने गर्दछ । यो विषाणुले मानिस तथा पशुको मस्तिष्क तथा मेरुदण्ड सहित केन्द्रिय स्नायु तन्त्रलाई प्रभावित गर्दछ । यो रोगको विषाणु पेश्तौलको गोली आकार हुन्छ । त्यसैले यसलाई बुलेट भाइरस पनि भनिन्छ र यो विषाणु शरीरमा प्रति दिन १ से.मीे.को गतिले हिड्छ ।
उष्मायन अवधि (Incubation period) मा विषाणु स्नायु नशाबाट मस्तिष्क सम्म पुग्दछ । यो प्रकृयामा औसत एक महिनादेखि तीन महिना सम्म लाग्दछ । तर कहिले काहि केहि दिन वा केही बर्ष पनि लाग्न सक्छ । रेविजबाट संसारमा प्रति वर्ष करिब ५९ हजार तथा नेपालमा प्रति वर्ष करिब सय जना मानिसको मुत्यु भईरहेको अवस्था छ । जसमा ९९ प्रतिशत घटना रेविज लागेको बहुला कुकुरको टोकाईबाट हुने गरेको छ । धेरै कम मात्रामा अरु जंगली जनावर जस्तै स्याल, बादर, ब्वासो, चमेरो आदिबाट मानिसमा रेविज लागेको पाईन्छ । आ.ब. २०७३।०७४ मा ३९ हजार ७४४ पशुको टोकाईको केश मध्ये ३७ हजार २२६ (९४ प्रतिशत) कुकुरको टोकाईको केश फेला परेको थियो । त्यसै गरी आ.ब. २०७४।०७५ मा २८ हजार ५१४ पशुको टोकाई केश मध्ये २६ हजार ३१२ (९२ प्रतिशत) कुकुरको टोकाईको केश थियो । विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनले सन् २०३० सम्ममा संसारमा कुकुरको टोकाईले हुने रेविजबाट मानिसको मृत्यु शुन्य गर्ने लक्ष्य लिएको छ ।
२) रोग कसरी सर्छ ?
रेविज रोग ग्रसित पशुको टोकाईबाट धेरै जसो यो रोग फैलिने गर्दछ । मुख्यतः रेविजबाट ग्रसित कुकुर, विरालो तथा अन्य जंगली जनावर जस्तै स्याल, व्यासो, बाँदर आदिले टोक्दा विषाणुको प्रसार हुन्छ । ग्रसित पशुको ¥याल विषाणुको प्रमुख स्रोत हो । घाउ, छालामा भएको स्क्रेच, आंखाको झिल्ली र मुखको म्युकश मेमब्रेनमा ग्रसित ¥यालको संक्रमण भएमा यो रोग लाग्ने गर्दछ ।
३) विषाणुको शरीरमा प्रवेश पछि लक्षण आरम्भ हुने अन्तराल के कुरामा निर्भर हुन्छ ?
शरिरमा काटेको वा टोकेको घाउ र मस्तिष्कको दुरी, घाउको आकार प्रकार, घाउमा प्रवेश विषाणुको सख्या तथा घाउमा प्रवेश भएको ¥यालको मात्रा अनुसार विरामीको लक्षण धेरै चाँडो या ढिलो गरी देखिन्छ । यदि टाउकोको नजिक टोकेको छ भन्ने चाडो र विपरित यदि खुटामा टोकेको छ भन्ने दिलो रोगको लक्षण देखा पर्दछ ।
४) कुकुरमा यसको कस्ता–कस्ता लक्षण देखिन्छ ?
मनोवृति तथा व्यवहार फरक किसिमको हुनु । उत्तेजना हुनु । धेरै ¥याल काड्नु । बंगारा तल झरेको अवस्था । पुच्छर पछाडीको दुइवटा खुटाको बिचमा राखी तलतिर राख्नु । पारालाइसीस हुनु । केहि निल्न नसक्नु । माटो, इट्टा आदि खानु । मान्छेलाई देखेपछि झम्टनु खोज्नु । ठुलो अवाज, बत्तिले तर्सनु । अन्तमा मर्नु ।
५) मानिसमा यसको कस्ता–कस्ता लक्षण देखिन्छ ?
उत्तेजित भई काम्नु । पानी पिउन अप्ठ्यारो हुनु । पानी देखेर तर्सनु (Hydrophobia) । बत्ती र ठुलो आवाजले तर्सनु । ¥याल काड्नु । श्वास फेर्न गाह्रो हुनु । पारालाइसिस हुनु । टाउको दुख्नु, नर्भस हुनु । अन्तमा मानिस कोमामा गई मृत्यु हुने गर्दछ ।
६) यो रोगको उपचार के हो ?
मानिस वा पशुमा यस रोगको लक्षण देखिसकेपछि कुनै उपचार छैन । मृत्यु निश्चित छ ।
७) यो रोगबाट बच्नका लागि के कस्ता उपायहरु छन् ?
यस रोगबाट बच्नका लागि बढी जोखिममा भएका मानिस जस्तै पशु स्वास्थ्य प्राविधिक, वन क्षेत्रमा काम गर्ने मानिस, खोप बनाउने प्रयोगशालामा काम गर्ने मानिसहरु प्रत्येक वर्ष Pree – exposure vaccine लिनुपर्छ ।
त्यसै गरी पालिएका कुकुर, विरालो, बादँर आदिलाई नियमित रुपले एचभभ Pree – exposure vaccine दिलाउनु पर्छ । यदि रेविज लागेको कुकुर वा कुनै पशु मानिसलाई टोकेमा तुरुन्त साबुन पानीले घाउलाई सफा गरी एन्टिसेप्टिक औषधी लगाउनु पर्छ ।
एन्टी टिटानसको सुई , घाउ निको हुने मलम लगाउनु पर्छ । रेविज पशुले टोकेको घाउ कहिले पनि सिलाउनु र बैन्डेज लगाउनु हुदैन । चाडोभन्दा चाडो डाक्टर सल्लाह बमोजिम तालिका अनुसार नबिराई एयकत Post – exposure खोप लगााउनु पर्छ ।
'Prevention is better than cure'
'An ounce of prevention is the worth a pound of cure ''
८) विश्व रेविज दिवस के हो, कहिले र किन मनाईन्छ ?
यो दिवश सन् २००७ देखि लगातार प्रत्येक वर्ष सेप्टेम्बर २८ मा मनाइँदै आएको दिवश हो । यसको मुख्य उद्देश्य जनमानसमा रेविज रोग र यसका रोकथाम बारे जनचेतना जगाउनु हो । यो दिन, रेविज विरुदको खोप बनाउने पहिलो व्यक्ति लुइस पास्चरको मृत्यु एनभरसरी पनि हो । यो २०१९ सेप्टम्बर २८ मा १३ औं विश्व रेविज दिवश मनाइन्छ ।
९) पर्सा जिल्लामा यसपाली यो दिवश कसरी मनाईदै छ ?
यस जिल्लाको नगर क्षेत्र टारजेट गरी एक हप्ते विश्व रेविज दिवस मनाउने तयारी भईरहेको छ । जसमा मुख्यत पहिलो दिन प्रभात फेरी र त्यसको भोलीपल्टबाट भुस्याहा कुकुरहरुलाई निःशुल्क रेविज विरुद्ध खोप लगााईने छ । यसका साथ–साथै जनचेतना मुलक पोष्टर, पम्पलेट, व्यानर, अन्तरवार्ता जस्ता कार्यक्रमहरु संचालन गरिने छ । यो दिवश मनाउने कार्यको अगुवाई एसोसिएसन अफ भेटेरीनरी पराक्टिसनर पर्सा भन्ने संस्थाले गर्दैछ । जसका लागि सम्बन्धित अन्य निकाय, समाजसेवी, स्थानीय निकाय, स्थानिय प्रशासन, संचारकर्मी संग समन्वय गरी कार्यक्रम बृहत रुपमा संचालन गर्ने सोच रहेको छ ।