रामान्नद चौधरी र चनावती देवी चौधरीको पहिलो सन्तानका रुपमा २०३६ साल असोज ५ गते अलौमा जन्मिएका नेकपाका युवा नेता मनोज कुमार चौधरी पर्सा बाराको लागि परिचित नाम हो । पारिवारिक अवस्था सबल रहेकोले बाल्य अवस्था सुखमय नै बितेको चौधरीका तीन बहिनी छन् । बुवा सरकारी सेवामा भएकाले पढाईमा कुनै कठिनाई नआएको र कटहरिया रौतहटबाट एसएलसी पास गरी वीरगन्जकै चर्चित ठाकुरराम बहुमुखी क्याम्पसबाट पोल्टिकल साइन्सबाट स्नाकोत्तर सम्मको अध्ययन गरेका चौधरी विद्यार्थी अवस्थाबाट नै राजनीतिमा लागेको बताउँछन् ।
२०५३ सालदेखि सक्रिय रुपमा राजनितिक यात्रा सुरु गरेको बिगत सम्झदै उनले भने त्यो बेलामा साचिक्कै राजनीति हुने गर्दथ्यो । हाम्रो पालामा ४ हजारभन्दा बढी विद्यार्थीहरु मतदाता हुन्थे । चितवन, हेटौडा, बारा, पर्सा, गौर, चपुर, सर्लाही, धनुषा, महोतरी, सिरहा र सप्तरीसम्मका विद्यार्थी ठाकुरराम क्याम्पसमा अध्ययन गर्न आउँदथे । तर आजकल त्यो अवस्था नरहेको र राजनीति पैसाको बलमा हुने गरेको उनको कथन छ । वर्तमान राजनीतिमा युवाको भुमिका लगायतका समसामयिक बिषयमा उनै नेकपाका युवा नेता चौधरीसँग गरिएको कुराकानी :
१) वर्तमान राजनीतिमा युवाको भूमिका कस्तो पाउँनु भएको छ ।
वर्तमान समयमा राजनीति प्रति युवा वर्गको सहभागिता व्यापक देखिए पनि त्यो दीर्घकालिन हुन सकेको छैन । किनभने जो साँचो अर्थमा राजनीतिको माध्यमबाट देशको सेवा गर्न चाहान्छ उनीहरुले अवसर नै पाएका छैनन् र जस्ले अवसर पाएका छन् उनीहरु कमाउन मै व्यस्त छन् । वितेका दिनहमा युवालाई एउटा आधार मात्र बनाईयो । त्यसैले पनि अहिले राजनीति प्रति युवाहरुको बितृष्णा बढ्दो छ ।
२ ) अहिले पार्टी एकताको क्रम चलिरहँदा अब युवाले राजनीतिमा अवसर पाउँछन् भन्ने लाग्छ ?
पार्टी एकता भएपनि भित्रभित्रै मनमुटावहरु देखिएका छन् । केही कुराहरुमा असन्तुष्टि जाहेर भएका छन् । कुनै ठाउँमा स्थापित हुनु ठूलो कुरा होईन, तर त्यही ठाउँमा टिक्नु महत्वपूर्ण कुरा हो । त्यसको लागि राजनीति सिस्टममा चल्नु प¥यो । एक अर्काको स्वार्थ प्रतिका लागि पार्टी एकता गरेर केही उपलब्धी हुँदैन । रह्यो कुरा युवाले अवसर पाउँने अहिले युवाहरु मिल्नु पर्छ भन्ने वातावरण राजनीतिमा सृजना भईसकेको छैन । त्यसैले पनि युवाहरुमा ह्रास आउँदैछ । राजनीति गरेर के पाईन्छ ? भन्ने प्रश्नहरु युवा पुस्तामा सलबलाउन थालेका छन् ।
३) अपराधिक घटनामा युवा पुस्ताको संलग्नता बढि भएसंगै कडा कानुनी व्यवस्था गर्न कानुन संसोधनका कुराहरु उठिरहेका छन् नि ?
अहिले आन्दोलन र राजनीतिक माहोल सेलाईसकेको छ र रोजगारीको अभावमा युवाहरु बेकामे भएका छन् । खाली दिमाग सैतानको घर भने झैं कुनै जिम्मेवारी नभएको र नकारात्मक सोचाई प्रति बढि ध्यान भएकोले पनि युवा पुस्ताको संलग्नता अपराधिक क्रियाकलापमा बढेको पाइन्छ ।
कानून मेरो लागि होस् वा तपाईको लागि । एउटै हुनुपर्छ, सानो होस् वा ठूलो यदि कुनै अपराधिक कार्यमा संलग्न छ भने दण्डित गर्नु पर्छ । कुनै पनि व्यक्तिले गलत गरेको खण्डमा उसलाई बचाउन राजनीतिक संयन्त्रहरु लाग्नु उचित होइन । यदि अपराधीलाई सजायको भागिदार बनाउने कानून राम्ररी कार्यान्वय हुने हो भने नेपालको कानून पर्याप्त छ ।
मलाई व्यक्तिगत रुपमा के पाएँ भन्दा म यो देशको लोकतान्त्रिक नागरिक हुन पाए । त्यो मेरो लागी गर्वको कुरा हो ।
४) तपाईले के बुझेर राजनीतिमा प्रवेश गर्नु भयो ? अवका युवाहरु राजनीतिमा किन लाग्ने ?
त्यो बेला कम्युनिष्ट पार्टीले राजतन्त्रलाई हटाउनु पर्छ । श्रीपेच फाल्नु पर्छ भन्ने हाम्रो बुझाइ थियो । त्यसै अनुरुप हामीले प्रजातन्त्र र गणतन्त्र स्थापित ग¥यांै । शिशु प्रजातन्त्रलाई बलियो बनायौं । फेरी पूर्ण प्रजातन्त्र आयो । गणतन्त्र संस्थागत गरेर यो देशमा किसानको छोरा, मजदुरका छोराछोरी, आम नागरिकको छोरा राष्ट्रपति बन्न पाउनु पर्छ । श्रीपेच रहनु हुदैन भन्ने कुरामा हामी अडिक रह्यौै । मलाई व्यक्तिगत रुपमा के पाएँ भन्दा म यो देशको लोकतान्त्रिक नागरिक हुन पाए । ०६२÷०६३ सालको आन्दोलनमा जब सम्म श्रीपेच रहन्छ, तब सम्म नागरिकता बनाउदिन भनेर मैले घोषणा पनि गरें । अब देशको विकासका लागि युवाहरु राजनीतिमा आउनु पर्छ ।तर अनपढ हैनन् पढेका युवा आउनु पर्छ । युवा भविष्यका कर्णधार मात्रै हैनन् वर्तमानका अंसियार पनि हुन् । युवाले आफ्नो योग्यता र क्षमता प्रमाणित गर्ने अवसर पाउनु पर्छ । युवाको सहभागिता उल्लेखनिय छ तर प्रभावकारीता छैन् । युवा राजनीतिमा अवसर नपाएर निराशाले राजनितिबाट ओझेल परेको देखिन्छ । जब यति धेरै लगानी गरेका युवाहरु राजनीतिक समर्थकका रुपमा मात्रैै देखिन्छन भने कसरी देशले काँचुली फेर्छ ? कसरी हामीले परिवर्तनको कुरा गर्न सक्छौ ?अब देशमा आर्थिक रुपान्तरण हुन जरुरी छ । युवा रोजगारको अभावमा विदेश पलायन हुदैछ त्यसलाई रोक्नुपर्दछ । रोजगारको समस्या समाधान गर्नु पर्दछ ।
५) मुलुकमा इतिहासमै बलियो दुई तिहाई कम्युनिष्टको सरकार छ । तर तराईमा कम्युनिष्टले आफ्नो सिट सुरक्षित गर्न नसक्नुका कारण के हो ?
नेपाली जनताले परिवर्तनको अनुभुति पाउने भनेको कम्युनिष्ट बाटै हो अरुबाट हुदैन । अरु पार्टीका तुलनामा नेकपा एमालेले लोकतान्त्रिक अभ्यास गरेको छ । हामीले पहिले पनि जनताका काम गरेका हौ । पहिला हामीले जितेको तीन वटा क्षेत्रमा विकास भएकै छ ।पछि भएको मधेश आन्दोलनलाई हामीले रोक्न सकेनौ । पहाडमा राष्ट्रवादिको नारा लाग्यो र मधेशमा मधेशवादी नारा लाग्यो । त्यसमा हामी कम्युनिष्ट पाटी बिचमा प¥यौ । अहिले जति पनि निर्वाचित भएका छन् । यी सबै भावनात्मक हिसावले जितेका छन् ।
६) तपाईको विचारमा नेता कस्तो हुनुपर्दछ ?
समाज र नेतृत्व बिच महत्वपूर्ण सम्बन्ध हुन्छ । समाज जस्तो छ त्यस्तै किसिमको नेतृत्व हामीले पाउँछौ । अहिलेको नेता ईमान्दार, कर्मठ, वैचारिक रुपमा परिपक्क, बुद्धिमानी, उतरदायी जवाफदेही हुनुपर्छ । नेताको व्यवहार मृदुभाषी, हुनुपर्छ र पर्दा तितो बोल्न सक्ने हुनुपर्छ । यहाँको नेतामा त्यो गुण छैन । तर बिस्तारै आउँछ भन्ने विश्वास गर्ने हो भरोसा चाही गर्ने वातावरण खासै अझै सम्म देखिएको छैन ।