वीरगंजमा पनी अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।
वीरगंजको होटल मकालुमा आयोजित उमेरको कारण विभेद अन्त्य गरौँ विषयक कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले वृद्धहरुको अनुभवले हामी सफल काम गर्न सक्ने धारणा राखेका थिए ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले वृद्धको सम्मान गर्नु आफ्नो सम्मान हुने बताएका थिए । उनले एक न एक दिन हामी सबै वृद्ध हुने भएकाले पनी आमा बुवाको सम्मानमा हामी पछाडि हटन नहुने बताएका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले भने, वृद्धका अनुभव लिएर कुनैपनी योजना कार्यन्वयन गरे काम सफल हुने बताएका थिए ।
डा भरत गोइतले अल्जाइमर्स बारे कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा ज्येष्ठ नागरिक बारे उधोगी गणेश लाठले अन्तराष्ट्रिय दिवसको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले हिजो भन्दा आज वृद्धहरु प्रवृधि तर्फ आकर्षित हुने हुदाँ हामीले त्यसको प्रयोग बारे झर्को नमानि बताउनुपर्ने बताएका थिए । उनले फेसबुक, भिडियो कलिङ्ग लगायतको प्रयोग बारे स्पष्ट रुपमा बुझाई दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा विष्णुमाया दाहाल, निर्मला ठकुरी, रामरति कनुइन, विसुन पंडित कहार, पशुपति विक्रम शाह लगायतलाई नगद सहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका उप मेयर शान्ति कार्की, समाजसेवी उषा शाह, जुमादिन शेख हवारी, किशोरी गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम ज्येष्ठ नागरिक एवं बरिष्ठ पत्रकार जगदिश शर्माको सभापतित्वमा समपन्न भएको थियो ।