सांसद प्रदिप यादवले शान्तिको कामना गर्दै, वीरगंजमा बाजाँगाजा सहित फुलपाती भित्र्याउनु भएको छ ।
संघिय संसदका सांसद प्रदिप यादवले देशको हरेक नागरिक सुखि र समृद्ध होस् भन्दै कामना गर्दै फुलपाती भित्रयाउनुको भएको हो । संविधान संशोधनका लागी देशमा रहेको असन्तुष्टि समाप्त पार्न यस दशैंमा माता भवानीले काग्रेस र एमालेको बुद्धि फेरोसे भन्दै वहाँले कामना समेत गर्नु भएको हो ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती शास्त्रीय विधिअनुसार उनि लगायतका भक्तजनहरुले माता दुर्गाको डोली लिई नेपाल बिधुत प्राधिकरणको प्रांगणमा पुगि मन्दिरको पुजा अर्चना गर्नु भएको थियो ।
राधेमाई मन्दिरको प्राङ्गणबाट बाजाँ गाँजा सहित हजारी साह, हिरा गिरी, उदय राज उपाध्याय, देवेन्द्र नाथ तिवारी, लगायत हजारौँ दर्शनार्थीहरुको सहभागितामा निकालिएको डोलि राधेमाई, वडा प्रहरी कार्यालय श्रीपुर, तिजारथ टोला हुदै फुलपाती भित्रायाईएको थियो ।
घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्रयाउने गरिन्छ । नव प्रतिकको नामले समेत चिनिने फूलपाती नौ देवीको रुपमा भित्रयाउने गरिन्छ ।
राधेमाई, श्रीपुर, रानीघाट, लक्षुमणवा लगायतको हजारौँ स्थानीय वासिन्दाहरुको सहभागितामा रहेको डोलि विधुत प्राधिकरणमा पुजा आज गर्दै पुनः रोधमाई मन्दिरमा पुगेर नेपाल प्रहरीका पाँच टुकडीले भगवती देवीको सलामी अर्पण गरेका थिए ।