स्व. बुवा नोर चन्द्र गिरी तथा आमा विणा गिरीका ५ सन्तान मध्ये जेठो सन्तान हुन् अर्पणा गिरी । वि.सं. २०२४ साल माघ ०१ गते धरानमा जन्मिएकी गिरीको घरजम भने वीरगंज पानीटंकीका भएको हो । धरान बालिका माध्यमिक विद्यालयबाट एस.एल.सि सम्म अध्ययन गरी छोरीले पनि केही गर्नुपर्छ भन्ने कुरा प्रमाणित गरेर देखाउने सफल पात्र अर्पणा ३४ वर्ष अघि वीरगंज आइपुगेकी हुन् । २ सन्तानकी आमा गिरी विगत ३० वर्षदेखि आफ्नै नारायणी अगरबत्ती म्याटेरियल उद्योग संचालक हुन् । रातदिनको मेहनत, लगनशिलता, श्रीमानको पूर्ण सहयोगको कारण आज उनी आफूजस्ता १० जना महिलालाई रोजगारी दिन सफल भएकी छन् । २०६६ असार महिना नेपाल अधिराज्यका १०१ सफल महिला उद्यमी मध्ये उनि सम्मानित भईन् । उनै अर्पणा गिरीसंग मध्य नेपाल सन्देशले उद्याम लगायतका बिषयमा गरेको कुराकानी :
१) गृहणीे मात्र नभई सफल महिला उद्यमी पनि बन्न सक्नुभएको छ, यो सफलता कसरी पुरा भयो ?
नरायणी धुप अगरबत्ती उद्योग । यसको अर्को नारायणी अगरबत्ती मटरियल उद्योग पनि छ । धुपसँग सम्बन्धित चाहिने बेस कच्चा पदार्थदेखि लिएर सबै उत्पादन हुन्छ । यो उत्पादन हाम्रो नेपाल अधिराज्य भरी निर्यात पनि हुन्छ । सानो–सानो थोरै लगानीमा कारखाना खोल्न चाहने जो कोहिले पनि एउटा थोरै लगानी रु.५० हजार देखि लिएर रु.१ लाखबाट पनि सुरुवात गर्न सकिन्छ । घरमा नै बसेर पनि घरेलु काम भएकोले महिलाले आय–आर्जन गर्न सकिन्छ । हामीले महिलालाई नै फोकस गरेका छौ । त्यस्तो किसिमको फ्याक्ट्रि घर घरमा खोलाइ दिएका छौ । विभिन्न संघ–संस्थासंग आवद्ध भएर पनि निःशुल्क तालिमहरु पनि दिन्छौ ।
२) उद्योग स्थापनाको साथै यो उचाइमा पुग्न कसरी सम्भव भयो ?
हामीले नारायणी अगरबत्ती उद्योग वि.सं. २०३८ सालमा स्थापना गरेको हो । तर यो धुप उत्पादन गर्ने काम २०४६ सालदेखि भएको हो । त्यो भन्दा अगाडी हामीले भारतबाट सबै कच्चा पदार्थ लिएर आउँथ्यो । प्याकिङ्गदेखि लिएर हाम्रो कम्पनीको ब्रान्ड बनाएर हामीले बजारमा बेच्ने गथ्र्यो । अब त्यो रहेन । नेपालमा नै सबै कच्चाप्रदार्थ पाइन्छ । काउलो भन्ने जुन रुखको बोक्राको एक किसिमको चिप्लो आउने (जिकेट पाउडर) भनिन्छ । जिकेट पाउडर पनि यही बनाइन्छ । कोइला जुन घरघर बाट जम्मा गराएर त्यो हामीले नै किनिदियौ । इलम हेलभेटाससंग मिलेर बासँको सिन्का बनाउने तालिम पनि चलाएको थिए ।
३) यहाँ विगत ३० वर्षदेखि निरन्तर उद्योग सञ्चालनमा प्रतिबद्ध हुनुहुन्छ, । यो सोच कसरी आयो ?
एक त हामी तराईबासी । त्यसबेला महिलालाई घरबाट बाहिर निस्कन पनि गा¥हो थियो । तराईलाई नै कर्मथलो बनाएका छौ । मेरो श्रीमान्ले नै यो योजना बनाउनु भएको हो । मेरो श्रीमान् वि.सं. २०३८ सालदेखि नै यस व्यवसायमा लाग्नु भएको हो । यहाँ केमिकल, सेन्ट नबन्ने हुनाले भारतको शिवकासी, मद्रास, कलकत्ताबाट नै आयात हुन्थ्यो । भारतको गया जुन मुस्लिम बस्तीका महिलाहरुले बनाएको देखेपछि मेरो श्रीमतीलाई सिकेर गर्न सक्छौ भन्ने सोच आयो । पछि बुझ्दै जादाँ हाम्रो नेपालको कच्चा पदार्थ भारत जान्छ र त्यही धुप बनाएर नेपालमा आयात गर्दछ । हामीले खोजी गर्दै जाँदा चुरे पहाडतिर काउलो भन्ने वोट पाइन्छ । त्यो बोट नारायणी अगरबत्तीले नै खोजी गरी आज देशभरी अगरबत्ती विक्री वितरण गर्छ ।
४) यँहाले नेतृत्व गरेको काममा बाधा–अड्चन के–के छन् ?
महिलाले नेतृत्व गरेको काममा बाधा–अड्चन आउँछ नै । तर श्रीमान्को पूर्ण सर्पोट भएपछि त्यस्तो समस्या आउँदैन । श्रीमान् र घर परिवारको साथ र सहयोग भएपछि हेप्याइ प्रवृति हुदैन । सबभन्दा ठूलो कुरा यही हो । त्यतिबेला साना–साना बच्चा साथै कोइलाको धुलो र बाँसको सिन्काबाट काम हुन्थ्यो । आफुले सिकेर अनि अरुलाई सिकाउनु यो सबै हेर्दा गा¥हो नै छ । तालिम लिनुस् भनेर घरदैलो गर्न जाँदा घरबाट निस्कन पनि अप्ठ्यारो मान्नु हुन्थ्यो । सिक्नको लागि पनि घर घरमा गएर हात समाइ ल्याउँनु पथ्र्यो । सुरुवातमा हामीले ५ जनाबाट सुरुवात गरेका हौं ।
५) कति जनालाई रोजगारी दिनु भएको छ ?
कति–कति अनगिन्ती ज्यालादारीमा राखियो । पहिला कस्तो हुन्थ्यो भने जब मैले धुप पेलाउन सुरु गरे, आफ्नो उत्पादन आफैमा खपत हुन्थ्यो । त्यतिले पनि पुग्दैनथ्यो । अझ भारतबाट ल्याउँनु पर्दथ्यो । सुरुवातीमा म आफै पनि सिकेर त्यस मध्ये ५ जनालाई ज्यालादारीको रुपमा सिकाएर सक्षम बनाएको छु । पछि घर घरमा गएर कच्चा प्रदार्थ दिइ सिकाएर पनि बनाउन लगाए । सिकेका मध्येले साना उद्योग पनि खोलेका छन् ।
६) नेपालमा धुप उद्यम फस्टाउन नसकेको सुनिन्छ नि ?
वास्तवमा धुप जति बनाए पनि यहाँ पुग्दैँन । तर जुन हाम्रो सेन्ट केमिकल छ नि । त्यो नेपालमा बन्दैन । कुरा त्यही अड्किन्छ । यो सेन्टहरु सिवाकासी, बैङ्गलोर तिर बन्छ । त्यो त्यहाँबाट ल्याउन पाइन्छ । हामीले त्यँहाबाट नै ल्याएर बनाउँछौ । नेपाल सानो देश । भारतसंग तुलना गर्न सकिदैन । त्यो क्वालिटीमा नेपालमा बनाउन सकिएको छैन । कतिले भारतमा बनेको धुप नै खोज्छन् । हामीेले कोसिस गरिरहेका छौ । राम्रो भन्दा राम्रो सेन्ट वाला धुप बनाउन । त्यँहासम्म पुग्न सकेका छैनौ । त्यँहा हाम्रो कमि कमजोरी पनि धेरै छ ।
७) यहाँहरुको लगानीको कमि हो कि नेपाल सरकारको कमिकमजोरी ?
हामी जति लगानी लगाए पनि त्यो लगानी बाहिर नै जान्छ । यहाँ सरकारको नीतिमा कमिकमजोरी देखिएको छ । किनभने यहाँको उद्यमीलाई प्रोत्साहन गरेर उताको आयातमा रोक लगाउनुपर्ने हो नि । कच्चा पदार्थमा रोक लगाउन सकिन्छ । यहाँ जति सिकेका छन् तिनीहरुले मात्र धुप उत्पादन गरेभने रोजगार भई रोजगारी सृजना गर्न सकिन्थ्यो । एउटा परिवारलाई धुपको काम दिन मेसिन राख्यो भने उसले आफ्नो परिवार पाल्नुको साथै अरुलाई पनि रोजगारी दिन सक्छ ।
८) किन महिलालाई नै छान्नु भएको यो कामको लागि ?
मलाइ चाहि महिलाले काम गरेको साह्रै मन पर्छ । उनीहरुको रोजगारी हो नि यो । अर्को कुरा हलुका काम हो । अटोमेटिक मेसिनमा उनीहरुले बसेर अपरेटिङ्ग मात्र गर्नुपर्छ । कुनै त्यस्तो बल लगाउनु पर्देन । सुकाउने उठाउने काम मात्र हो । तर पैसा यसमा मनग्यै छ । एउटा महिलाले १० देखि ५ बजे सम्ममा काम गर्दा रु.१५००० कमाइरहनु भएको छ ।
९) अन्त्यमा समग्रमा हेर्नु पर्दा उद्यमीहरुको अवस्था कस्तो पाउँनु भएको छ ?
पहिले र अहिलेको अवस्थामा धेरै परिवर्तन छ । तर पनि अपुग नै छ । महिला उद्यमी खोज्नुपर्छ । म उधोग वागिज्य संघको सदस्य पनि हो । बेला–बेलामा मिटिङ्ग पनि हुन्छ । उद्यमी महिलालाई एक ठाउँमा एकजुट गराएर उनीहरुको समस्याको बारेमा छलफल गर्छौ । तर त्यो उद्यमी महिला खोज्दा ब्यूटिपार्लर, टेर्लस बाहेक अरु उद्योगमा छदै छैनन् महिलाहरुमा । अचम्म लागेर आउँछन् । त्यो उद्योग हैन । त्यो सेवा मूलक कार्य हो । यिनीहरु सेवामूलक र व्यक्तिगत भए । उद्यमी भनेको एकजना हुनुहुन्छ । होटल व्यवसायी उषा शाह । उँहाले कति जनालाई काम दिनुभएको छ । वहाँ उद्यमी हो । तर वीरगंजमा त्यति छैनन् । कमै छन् । उद्यमी महिलाहरुको अवस्था नाजुक नै पाएको छु ।
उद्यम सुरु गर्न नै उधमी महिलाहरुलाई समस्या छ । उनीहरुबाट उत्पादन भएको बस्तुहरुले बजारीकरण पाइरहेको छैन । महिलाहरुले जहाँ तालिम लिए त्यही सिमित भएर बसेका छन् । बजारीकरणको व्यवस्थापन हुन सकेको छैन । विशेषत नीति नियमको बारेमा त्यति जानकार नहुँदा पनि कुनै व्यवसाय संचालन गर्न अफ्ठ्यारो परेको अवस्था छ । स्थानीय सरकारले उद्यमलाई व्यवस्थापन गर्नको लागि विभिन्न सिपमुलक तालिम संचालन गरेर उद्यमलाई अगाडी बढाउनको लागि सहयोगको खाँचो छ ।