दयानन्द ओझैया र सरिता ओझैयाका चारजना छोराछोरी मध्येकी जेठी छोरी हुन् विजया ओझैया । वि.सं. २०४४ साल कात्र्तिक ६ गते पर्सा जिल्ला स्थित सखुवा प्रसौनीमा जन्मिएकी विजया ओझैयाको बाल्यवस्था भने सुखमय वितेको उनले बताइन् । प्लस टु सम्मको अध्ययन सकिएपछि वीरगंजको चर्चित ठाकुरराम क्याम्पसबाट मेजर इङ्गलिसमा एम.एड सम्म अध्ययन गर्न सफल उनको १८ वर्षको उमेरमा वि.सं. २०६२ सालमा पर्सागढी–८ हरपुर निवासी श्रीराम दाससंग हिन्दु परम्परा अनुसार विवाह भएको हो । हाल एक छोराको आमा समेत रहेकी छन् विजया । आफुलाई भाग्यमानी ठान्ने विजयाले श्रीमान् र घर परिवारको सहयोगबाट विवाह पश्चात पनि अध्ययनलाई निरन्तरता दिन पाएको तर्क गरिन् । जीवनसँग प्रत्यक्ष नजोडिने शिक्षा र प्रमाणपत्रको मात्र के अर्थ ? भनेजस्तो बाहिरी संसार हेर्नको लागि आँखा भए जस्तै जीवनलाई व्यवहारिक बनाउन भित्रि आँखा ‘शिक्षा’ प्राप्तिमा मेरो ध्यान कहिले हटेन । आजको प्रतिस्पर्धी युगमा सानोदेखि ठुला–ठुला उपलब्धिहरु सम्भव भएको श्रेय नै शिक्षालाई जान्छ । त्यसैले सीपयुक्त शिक्षा अर्थात प्राविधिक शिक्षा जिविकोपार्जनसंग जोडिने शिक्षाका लागि ध्यान गएको उनको भनाइ छ । हाल श्रीपुर वीरगंज–११ मा बसोबास गर्दै आइरहेकी विजयासंग प्रदेश नं. २ को शैक्षिक अवस्था लगायतको सेरोफेरोमा रहेर मध्य नेपाल ले गरेको कुराकानी :
१) प्रदेश नं. २ को शैक्षिक अवस्था कस्तो पाउनु भएको छ ?
प्रदेश कै कुरा गर्ने हो भने अहिले शिक्षाको जुन गुणस्तर छ त्यसमा सुधार हुन थालेको छ । पहिलाभन्दा पक्कै पनि सुधार नभएको भन्न मिल्दैन । किनभने हामीले नै आफ्नो करियर बनाएर अगाडी बढेका छौँ । त्यहाँ निर हामीले कलम र कापी बाहेक बच्चाहरुलाई हामी अरु दुनियामा लादैन थिए । हामीले प्रयोग गर्ने भनेको चक र डस्टर नै हुन्थ्यो । तर आजकाल हामीले त्यो विर्सिन थाल्यौं । अहिले त प्राविधिक रुपमा मार्कर बोड भन्छौ । अब बोडलाई पनि हामीले विर्सन्दै डिजिटल बाटोमा बच्चालाई आधुनिक र भिजुअल रुपमा अक्षरहरु चिनाउन र सिकाउन थालेका छौं । यो परिवर्तनको एउटा उदाहरण हो ।
२) प्रदेश नं. २ मा शिक्षा परिवर्तन भएको भन्न खोज्नु भएको हो ?
पहिलाभन्दा अहिले शिक्षामा केही न केही परिवर्तन भएको नै छ । अहिले हामीले सरकारी स्कुलमा पनि हेर्न सक्छौ । स–साना नानीहरुलाई जुन एउटा शिक्षाको गुणस्तर पाउनु पर्ने हो अहिले सरकारी स्कुलमा पनि त्यो पद्दती अपनाएको हामीले देख्न सक्छौं ।
३) यहाँका विद्यार्थी बाहिर जाँदा विभिन्न आछेपहरु आएको सुनिन्छ । विगत लामो समयदेखि शिक्षा कै क्षेत्रमा कार्यरत हुदाँ के भन्नु हुन्छ ?
तराई प्रदेशलाई त्यसै पनि मानिसहरुले रुचाउने गरेका छैनन् । यहाँका बासिन्दा बाहिर जाँदा हेप्ने प्रवृद्धि अहिले पनि छ । तर नियाल्ने हो भने पहिलाभन्दा सुधार पक्कै पनि छ । जुन नानीहरु मार्कसिट बोकेर अध्ययन गर्न जाँदा त्यसको महत्व नदिएको पनि कहि कतै सुनिन्छ । जहासम्म लाग्छ कि कुनै–कुनै संस्थाले गर्दा होलान् । विद्यार्थीहरुको प्रतिशतको कुरा गर्दा अथवा ग्रेडको कुरा गर्दा अहिले राम्रै छ । अहिले नानीहरु खाली प्रतिशत र ग्रेडमा मात्र सिमित छैनन् । उनीहरु पढाई बाहेक अन्य फिल्डमा आफुलाई अगाडी बढाइरहेका छन् । उदाहरण दिदा हाम्रो वीरगंजबाट गएका क्रिकेट टिमका खेलाडी, गायन क्षेत्रबाट पनि नेपाल बाहिर गएर आफुलाई चिनाउन कम छैनन् । यसले पनि यहाँका विद्यार्थीको दक्षताको अब कम आँकलन गर्ने बानी हराउँदै जान्छ ।
४) विजया जी, यहाँ आफ्नै स्वामित्वमा रहेर विद्यार्थीहरुको लागि वीरगंज पाठशालाको स्थापना गर्नुभएको छ । कुन उद्धेश्यले स्थापना गर्नुभएको हो ?
वीरगंजको हेराइमा हेर्ने हो भने अलि गा¥हो छ । हामीले मोन्टेश्वरीको तालिम काठमाडौंबाट लिएका छौ । यस संस्था अन्तर्गत विभिन्न विद्यालयहरु छन् । कुरा गर्ने हो भने ठुला–ठुला नाम लिएका विद्यालयहरु छन् । त्यहाँ हामीले विभिन्न स्कुलमा भ्रमण गर्दा जुन एउटा आमा बुवाको जिम्मेवारी हुन्छ । जुन एउटा अभिभावकले स्कुल प्रति हेर्ने नजरिया यहाँ हामीले फरक पाएका छौ । यहाँका अभिभावकलाई कुनै प्रविधिदेखि मतलब छैन । उहाँहरुको बच्चाले लेख्न जान्नु प¥र्यो । यहाँको मानसिकता यति मात्र छ । हामीले प्राविधिक ल्याउन खोज्छौ । तर त्यसमा पनि कहिले काही विभिन्न समस्या आइदिन्छ । त्यो प्रविधिलाई हामीले १०० प्रतिशत प्रयोग गर्न सकिरहेका छैनौं ।
५) यहाँको पाठशालामा के–के प्रविधिहरु अपनाइएको छ ?
प्रविधिको कुरा गर्दा प्रि–प्राइमेरीमा आफ्नो पुरै मोन्टेश्वरी प्रक्रियालाई नै फ्लोअप गरेका छौ । जसमा मोन्टेश्वरीमा सिकाइभन्दा आगाडी बच्चालाई विषयबस्तु चिनाउने, जुन एउटा सिकाइ हुन्छ । त्यसलाई हामीले महत्वपूर्ण रुपमा अगाडी बढाएका छौ । बच्चालाई किताबी ज्ञानभन्दा पनि व्यवहारिक ज्ञान सिकाउँछौं । हामी चाहन्छौ कि साना नानीहरु भोलिका सवल नागरिक बनुन् । बच्चाहरु अनुशासित हुनुका साथै व्यवहारिक ज्ञानलाई जोड दिने हुन् । हाम्रो जोड यसैमा छ ।
६) अभिभावकहरु कतिको सन्तुष्ट हुनुहुन्छ ?
तुलनात्मक रुपले हेर्ने हो भने मलाइ जहाँसम्म लाग्छ कि आफ्नो अभिभावकको अनुहार हेरेर खुशी लाग्छ । भनिन्छ नि, अभिभावक ढोकाबाट हास्दैँ भित्र छिर्नु हुन्छ भने तपाई ९९ प्रतिशत सफल हुनुहुन्छ । जहिले पनि अभिभावकमा हसिलो अनुहार नै देखेको छु । अभिभावकहरु यस पाठशालाबाट सन्तुष्टि नै भएको मैले महसुस गरेको छु ।
७) यहाँले वीरगंज पाठशाला भनेर एकदमै राम्रो नाम राख्नुभएको छ, भविष्यमा यसको योजना के छ ?
अहिले चाहि हामीले प्रि–प्राइमेरीबाट सुर गरिरहेका छौ । अभिभावकको सोच के छ भने विद्यालय भनेपछि १० क्लास सम्म भनेर बुभm्छन । त्यसले गर्दा पहिला त सोच हाम्रो प्रि–प्राइमेरीको मात्र थियो । प्रि–प्राइमेरी मात्र थियो । प्रि–प्राइमेरीभन्दा प्ले ग्रुपदेखि यू केजी सम्म मात्र बुझिन्छ । तर यहाँ सात कक्षा सम्म पढ्ने विद्यार्थी देखियो । त्यसले गर्दा हामीलाई अलिकति गा¥हो भयो । खाली प्रि–प्राइमेरी राख्ने हो भने सिनियर क्लासको बच्चा कहाँ राख्ने अभिभावकबाट नै कुरा आउँदा क्लास अगाडी बढाउन दवाव बढेको छ । त्यसले यस वीरगंज पाठशालामा सात कक्षा सम्मको अध्यापन गराई अगाडी बढिइरहेका छौ ।
८) यहाको पाठशालाका शिक्षक–शिक्षिका सबै तालिम प्राप्त हुनु हुन्छ ?
वीरगंजको कुरा उठाउँछु । यहाँ हेर्न सक्नु हुन्छ । अहिले पनि ट्रेनिङ्ग सेन्टरको अभाव छ । यहाँनिर ट्रेनिङ्ग लिनको लागि बाहिर जानुपर्छ । यदि हामिलाई कुनै ट्रेनिङ्ग चाहियो भने नेपाल बाहिर गएर आफ्नो व्यक्तित्व विकासको लागि क्षमता विकासको लागि भारतसम्म पुगेर पनि ट्रेनिङ्ग लिएर आएका छौ । वीरगंजमा एकदम तालिम प्राप्त टिचरहरु पाउँन धेरै गा¥हो छ । त्यसैले मैले कुनै कुरा जानेको छु भने त्यो कुरालाई सेयर गर्न मलाइ एकदमै मन लाग्छ । यहाँ जति शिक्षक–शिक्षिका हुनुहुन्छ । उहाँहरुलाई हरेक दिन हामीले भोली तपाइले क्लासमा के गर्नु हुन्छ, ? कसरी गर्नुहुन्छ ? त्यो पढाउनलाई के–के प्रविधि अपनाउन सक्नुहुन्छ भनी त्यो विषयमा मैले आफै शिक्षकहरुसँग परामर्श गर्ने गरेको छु ।
९) अन्त्यमा तपाई एक थारु समुदायको महिला । तपाइले नै नेतृत्व लिएर यस संस्थालाई अगाडी बढाइरहनु भएको छ । चुनौति कतिको थियो र छ ?
अवसरको कुरा गर्ने हो भने मैले अहिले पनि धेरै अवसर पाइरहेको छु । हामीलाई विभिन्न संघ–संस्थाहरुले निमन्त्रणा गर्नुहुन्छ । हाम्रो नानीहरुको प्रफर्मेन्स उहाँहरुले माग्नु हुन्छ । चुनौतीको कुरा गर्ने हो भने पक्कै पनि चुनौती छ । एउटा महिला भएर काम गर्दा अफ्ठ्यारा बाधाहरु आइपुग्छन् । त्यस्तै अभिभावकको नै कुरा गर्दा कहिलेकाही महिला अभिभावकसंग कुराकानी गर्न सजिलो हुन्छ । तर पुरुष आइदिनु भयो भने कहिले काही रिसाएर आइदिनुहुन्छ । त्यतिखेर अलि–अलि गा¥हो महसुुुस हुन्छ । तर जहाँसम्म मैले त्यो बाधा र अवरोधलाई अवसरको रुपमा परिणत गरिकन अगाडी बढिरहेको छु ।