वडा दशैंको अवसरमा पर्साको सखुवापर्सौैनी गाउँपालिकाको महुवनमा बिराट कुस्ती प्रतियोगिता समपन्न भएको छ ।
संस्कृति तथा खेलकुद प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरीएको कुस्ती प्रतियोगितालाई सांसद प्रदिप यादवले समुद्घाटन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले मधेसको शानको रुपमा रहेको कुस्ती खेललाई प्रवर्द्धन गर्न आजको आवश्यक्ता गरेको उनले बताएका छन् । देशका शासकहरूले मधेसको यस्ता हिराहरूलाई पहिचान गर्न ढिलाई गरेकाले कुस्ती खेल स्थानीय आयोजनामा मात्रै सिमित रहेकाले यसलाई राष्ट्रियस्तरको खेलको रुपमा विकास गर्नुपर्ने बताएका थिए ।
कुस्ती मेलामा नेपालको पर्सा , बारा , रौतहट ,धनुषा लगायत भारतको दिल्ली, बनारस, गोरखपुर, ,कुशीनगर , रामनगर लगायतका स्थानबाट राष्ट्रिय स्तरका ख्याती प्राप्त कुस्ति खेलाडीहरुको सहभागिता रहेको थियो ।
मेलामा प्रदेश सांसद प्रहलाद गिरी , प्रदेश सांसद मजुर अंसारी ,समाजबादी पार्टी पर्साका संयोजक राम नरेश यादव, सचिव तबरेज अहमद , वडाध्यक्ष असलम आलम ,जगरनाथपुर गाउपालीकाका प्रमुख जालीम मियाँ लगायतको उपस्थिती रहेको थियो ।