वीरगंजमा पनी भिमसेन जात्रा मनाईएको छ । जात्रा मनाउने वीरगंजको आफ्नै मौलिक परम्परा रहदै आएको छ । नेवारी समुदायले करीब १ सय बर्ष अघिदेखि यस परम्परालाई निरन्तरता दिदै आएको छ । नेवारी समुदायको कुल देउता मानिन भिमसेनको जात्रा मनाउदा धन वैभव र आरोग्यता प्राप्त हुने धार्मिक विश्वास रहदै आएकाले यस जात्रा मनाईने गरिएको नेवार समुदायका अगुवाहरु बताउँछन् ।
यो जात्रा बिगतमा गहवाका नेवार समुदायले निकाल्ने गरेकोमा उति बेलै वीर्ताका बासिन्दाले जात्राको डोला खोसेर आफूसंग राखेर बर्षेनी जात्रा निकाल्दै आएको मान्यता रहेको छ । डोला खोसिएपछि गहवाका नेवार समुदायले हाल पनि सानो र सामान्य रुपमै भएपनि डोला निकाल्ने गरेका छन् ।
जात्रा निकालिएपछि गहवाका नेवार समुदायले आआफ्नो टोलमा पनि डोला घुमाउन आग्रह गरेपनि जात्रा २ नम्बर रोड हुदै सोझै वीर्ता मन्दिर जान खोजेपछि प्रत्येक बर्ष गहवाका नेवार समुदायले जात्राको बाटो मोडन खोजेपछि केही बेर तनाव हुने गर्दछ । जात्राका सहभागीले ‘लियोलियो पायोपायो’ भन्दै जात्रा अवधि भर नारा लगाउने गर्दछन् ।
जात्राको क्रममा बोकाको मासु, सिध्रा, बारा, आलु, केराउ, साग ,अन्डा, काक्रो,भुजा,चिउरा लवगायतका पकवान तयार पारेर चढाई सकेपछि प्रसादको रुपमा नगरबासीलाई बितरण गर्ने गरिन्छ ।
विग्तदेखी नै पुजा उपसमिति पनि स्थानीय युवाहरुले क्रमशः युवा पुस्ताहरुलाई हस्तान्तरण गर्दै आएका छन् । जिम्मेवारी पाएका युवाहरु घर बाहिर रहेपनि जात्रा मनाउनकै लागि फर्कने गरेका छन् ।
वीर्ता मन्दिरमा पुजा आजगरेपछि डोलालाई मन्दिरको ३ पटक परिक्रमा गराएपछि क्रमशः वीर्ताका खडकी समाज र मानन्धर समाजले डोलामा भिमसेनको पुजा अर्चना गर्छन् । जात्रा नगरको मुख्य सडकबाट गुज्रिन्छ । माइस्थान मन्दिर हुदै २ नम्बर सडकबाट परिक्रमा गरी जात्रा पुनः वीर्ता मन्दिरमै आई सम्पन्न हुन्छ । बिगतदेखि नै जात्रामा यही रुट प्रयोग हुदै आएको छ ।
जात्राको व्यवस्थापनका लागि नगरमा सशस्त्र र नेपाल प्रहरीका गरी करीब ३ सय सुरक्षाकर्मी परिचालन गरीएको थियो । तस्वीर सौजन्य : प्रणय साह l