कुनै समयमा घरायसी खर्च चलाउन धौ—धौ पर्ने बाराको निजगढ नरपालिका वडा नं.६ का विनोद राउत अहिले स्वदेशमा नै लाखौं आम्दानी गरिरहेका छन् । विगतमा गाउँ घरमा गर्दै आएको कामबाट सन्तुष्ट हुन नसकेको उनी विदेश सम्म पुगेका हुन् । तर, काम गर्ने शैली र तरिका जानेपछि भने उनलाई विदेशको माटोमा श्रम गर्नु नपर्ने भएको छ ।
गाउँमा नैं गर्दै आएको व्यवसायबाट सफलता नमिलेपछि साढे ६ बर्ष अगाडी धेरै कमाउँने सपना बोकी साउदी अरब पुगेका राउत त्यहाँ पनि कमाई नभई निराश भएर घर फर्केको बताए । त्यहाँ खासै उलपब्धि नदेखेपछि मेरो खाडी यात्रा दुई बर्षभन्दा बढी टिक्न सकेन उनले भने ।
पढ्दै गरेका दुई सन्तानको भविष्य र परिवारको जीविका चलाउँने मेरो सपना अन्ततः घर फर्किएपछि बेरोजगारीमा टुँगियो । विदेश जानु अघि कुटानी पिसानी गर्ने मिल र ट्रकको व्यवसाय थियो । तर अवसरको खोजीमा विदेश भासिएर फर्केपछि रोजगारीको कुँनै सम्भावना नदेख्दा तनावमा थिएँ उनले विस्तारमा बताए । लगातारको प्रयास र असफलता पछि छोरा गौरब र छोरी गरिमालाई राम्रो शिक्षा दिने सपना आँफूबाट टाँढा हुँदै गएकोमा टाँढा पुग्दै गएको ठान्थे उनी । तर पनि हरेस नखाएका विनादेको सपना धेरै टाँढा भने पुग्न पाएन । कुँनै बेला परिवार कै गुजारा चलाउँन मुश्किल पर्ने उनी यति बेला निकै खुशीसाथ जीवन यापन भइरहेको बताउँछन् ।
आँफू समेत ६ जनाको परिवार चलाउँन र सन्तान पढाउँन उनलाई अहिले कुँनै दुःख छैन । अभावको स्थितिबाट गुज्रिरहेको बिनोदको परिवारमा यो खुशी भने निजगढ कै कुशल व्यवसाय परामर्श तालिम केन्द्रले दिएको उनले बताए । युवाहरुलाई सिप दिदै व्यवसाय र कृषिमा लाग्न उत्प्रेरित गर्दै आएको केन्द्रको सम्पर्कमा पुगेका उनले त्यसपछि भने कहिल्यै दुःख देख्नु नपरेको उनको तर्क छ ।
केन्द्रबाट तालिम लिदै सानो लगानीमा कुखुरा पालन सुरु गरेका उनी अहिले वार्षिक चारलाखभन्दा बढि आम्दानी गरिरहेका छन् । केन्द्र कै सहयोगमा यसै बर्ष केरा खेती समेत सुरु गरेका उनले पछिल्ला दिनमा जीवन निकै सहज हुँदै गएको बताए । ‘पहिला सिप थिएन, के गर्ने अन्यौलमा बसिरहेको थिए’ उनले भने ‘कुशलले तालिम दिए पछि जताततै सम्भावना देख्न थालें । पैसा कमाउन विदेश होइन, घर मैं बस्नु पर्ने रहेछ ।’ भन्ने होस् खुल्यो उनले मध्य नेपालसँग भने ।
बजारीकरण र व्यवस्थापनका बारेमा समेत केन्द्रले सिकाएपछि आँफूलाई कुखुरा पालन व्यवसाय थप सहज भएको छ । अहिले कुखुरा पु¥याउन अन्यत्र जानु पर्दैन । चल्ला र दाना पनि घर मैं आइपुग्छ । कुखुरा पनि घरबाटै बिक्री हुन्छ । ‘कुखुरा बिक्री गर्न कुँनै गाह्रो छैन , बजार धाइरहँनु पर्दैन’ उनले भने । ‘कुखुरा बिक्री गर्ने समयमा गाडी आँफै घरमा आउँछ, धेरै दौडधुप पनि हुँदैन ।’ राउतले बताए ।
वार्षिक चार लाखभन्दा बढी कमाइ कुखुरा पालनबाट गर्न कुँनै समस्या नरहेको उनको अनुभव छ । तीन सय कुखुराको चल्लाबाट ब्यवसाय सुरु गरेका उनले अहिले एकै पटक पन्ध्र सय चल्ला हुर्काउने गरेको बताए । चल्ला खोरमा हालेको ३५ दिन देखि बिक्री गर्न सकिने भएकाले धेरै समय मेहनत गर्न पनि नपर्ने उनी बताउँछन् ।
‘चल्ला सानो हँुदा अहिले बढी ध्यान दिनु पर्छ । रोग भित्रिन नदिनका लागि सचेत रहँनु पर्छ’ उनले भने ‘त्यस बाहेक अन्य कुरामा खासै समस्या छैन् । ३५ दिन मैं कुखुरा बिक्री गर्न सकिन्छ ।’
पछिल्लो ३९ दिनमा आँफूले एक हजार कुखुराबाट एक लाख ३० हजार आम्दानी गरेको उनले बताए । व्यवसायबाट निकै खुशी भएका उनले यसै बर्ष केरा खेती पनि सुरु गरेका छन् । केन्द्र कै सहयोगमा निजगढमा फस्टाइरहेको केरा खेती थालेका उनले अहिले १६ कठ्ठा खेतमा केरा लगाएका छन् ।
केरा खेतीबाट पहिलो वर्ष एक लाखभन्दा आम्दानी गर्ने उनको लक्ष्य छ । ‘केरा खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिने देखिएको छ, थुप्रै किसानले गरेका पनि छन्’ उनले भने ‘अन्य बाली नलगाएर यस पटकदेखि केराखेती समेत थालेको छु, राम्रो कमाई हुने आशा छ ।’
कुखुरा पालनबाट छोटो समय मैं सफलता हात पार्न सफल उनी सफल युवाका रुपमा गाउँमा चिनिन थालेका छन् । उनको जिवन शैली फेरिदिएको केन्द्रले पनि उनलाई सफल युवाका रुपमा प्रस्तुत गर्न थालेको छ । विदेशिन लागेका र बेरोजगार युवालाई सिप सिकाउने क्रममा गाउँ मैं व्यवसाय गरेर खुशी रहँन सकिने भन्दै केन्द्रले आँफूलाई प्रस्तुत गर्ने गरेको विनोदले बताए ।
‘विदेशमाभन्दा गाउँ घर मैं गरेको दुःखबाट बढी खुशी मिल्न सक्छ भने उदाहरणका रुपमा मलाई देखाइन थालिएको छ’ उनले भने ‘निकै खुशी लाग्छ । म पनि युवाहरुलाई यस्तै सल्लाह दिन्छु ।
विदेशमा कमाउँने पैसा घर मंै बसेर कमाउँन सकिन्छ । सिप सिकेर त्यहाँ गर्ने दुःख घर मैं बसेर गरौं, चाँडै सफलता पाइन्छ ।’