हाम्रो देश परिवर्तनको पाटोमा होमिरहेको छ । अल्पविकसित देशको सूचिमा रहेको हाम्रो देश । सन् २०२२ सम्ममा विकसित देशको सूचिमा पुग्न कसरथ गरिरहेको छ । समृद्घ नेपाल अनि सुखी नेपालीको परिकल्पनालाई सार्थक पार्न सर्वप्रथम समाज अनि देश परिवर्तनमा मुख्य भुमिका के वा कस्को हुनपर्दछ भन्ने कुरा पहिचान गर्न आवश्यक छ ।
समाज परिवर्तनसगैँ विकासको गतिलाई हेर्दा हाम्रो देश नेपाल मात्रै नभएर अन्य विकशित मुलुकहरुको श्र्रोत युवा श्रम शक्ति नै प्रमुख हो भनिरहँदा हाम्रो देश नेपाल आज विकासको गतिमा पछि पर्नुको मुख्य कारण युवा परिचालन र नेतृत्व पंतिमा युवाको न्युन सहभागिता त होईन ? यो प्रश्न गम्भिर पक्ष छ । विश्वको इतिहासलाई हेर्ने हो भने राजनितीक तथा आर्थिक परिवर्तनको संवाहको रुपमा युवा शक्तिलाई परिचालन गरेको देखिन्छ । शिप,दक्षता, क्षमतासगैँ परिवर्तित समाजको माग अनुरुप कार्यशैलीमा खरो उत्रन सके मात्र समाज अनि देशको विकास हुन्छ । वास्तवमा युवा जनशक्ति जनसंख्याको सर्वाधिक सक्रिय, उर्जावान अनि गतिशिल समुह हो । हिजो आज राजनीतिक बिचारधाराको पाटो होस् वा निति निर्माणको निर्णायक पाटोमा युवा सहभागिताको माग बढ्नु पक्कै पनि हरेक कुरामा जनताले परिवर्तनमा चाहेको छ भन्ने स्पष्ट देखिन्छ ।
उसो त हिजो र आजको परिवर्तनको फड्को हेर्ने हो भने युवा वर्गलाई हेर्ने दृष्टिकोणमा फरक पक्कै देखिन्छ । तर पनि एक्काईसांै शताब्दीसम्म आइपुग्दा पनि पृति संस्कार वा पुरानो चालचलन देखासेखी गर्न पक्कै राम्रो कुरा भने होइन । हामीले सुन्दै आएका हिजोका पुस्ता र हामीले भोग्दै आएका आजका पुस्ता बिच फरक धारणा हुनु सामान्य कुरा हो । नेतृत्व वर्गले पुस्ता हस्तान्तरण गर्दा आजको समयको माग अनुरुप राजनैतिक वा आर्थिक परिवर्तनलाई संस्थागत गर्नदेखि राष्ट्रिय निमार्ण समेत युवाहरुको भुमिका महत्वपुर्ण बन्दै गएको महशुस हुन पर्दछ । युवा जनशक्तिको संख्यात्मक तथा गुणात्मक विकाशको माध्यमबाट अहिले विकशित मानिएका देश र अब विकशित बन्दै जाने देशहरुमा युवाहरुको योगदान सबैभन्दा महत्वपुर्ण हुने गरेको एक तथ्याङ्गले देखाउछ । हुन त युवाको अवस्थालाई बिभिन्न देशले फरक फरक तरिकाले परिभाषित गरे पनि नेपालको संन्दर्भमा राष्ट्रिय युवा परिषद ऐन, २०७२ तथा राष्ट्रिय युवा निति, २०७२ ले १६ बर्षदेखि ४० बर्षलाई युवा उमेरको समुह भनेर परिभाषित गरेको छ । २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्याको ४०.३५ % प्रतिशत अर्थात एक करोड ७ लाखको संख्यामा युवा रहेका छन् ।
युवाको वर्तमान अवस्था :
युवा विकास सूचकांकमा नेपाल विश्वकै ७७ औ स्थानमा रहेको छ, । युवाहरु बेरोजगारी भएकै कारण बिदेशिनेको संख्या ठ्याक्कै यति हो भन्ने तथ्याङ्ग नभए पनि करिब ४० लाख नेपाली जनशक्ति संसारको विभिन्न ठाउँमा रहेको अनुमान लाउन सकिन्छ । रोजगारीको तथ्याँकलाई हेर्दा कृर्षिमा ५०.७ % प्रतिशत संलग्नता पुर्ण रुपमा बेरोजगार युवा २१.०२% प्रतिशत, स्नातक भएर पनि बेरोजगार युवा २८.१% प्रतिशत रहेका छन् । बेरोजगारी भएकै कारण युवाहरु प्रति दिन १ हजार ८ सय दुई जना बिदेशिएको देखिन्छ भने गत आर्थिक बर्ष २०७३/०७४ मा श्रम स्वकृति लिनेको संख्या ६ लाख ५८ पुगेको थियो । यी मध्ये ७४% प्रतिशत अदक्ष, २४% प्रतिशत अर्धदक्ष र २% प्रतिशत दक्ष रहेका छन् । हालै श्रम स्वरोजगार तथा सामाजिक सुरक्षा मंत्रालयले जारी गरेको तथ्याङ्ग बमोजिम बिदेशिनेको संख्यामा कमि आएको भनिरहँदा पनि हाल बिदेशिनेको संख्यामा थोरै भए पनि सुधार देखिन्छ ।
बैदेशिक रोजगारमा गएका युवाले कमाएको रकम रेमिटान्सको रुपमा नेपालको अर्थतन्त्रमा २९% प्रतिशत योगदान रहेको छ । तर खाडी मुलुकमा गएर आफ्नो ज्यान जोखिममा पारेर काम गर्ने हाम्रा युवा शक्तिलाई आफ्नै देशमा रोजगारीको सृजना गर्ने वातावरणको निर्माणमा आजका युवा नै अघि लाग्नु पर्ने आवश्यकता बन्दै गएको छ । हाल संघीय नेपालको संविधान २०७२ पश्चात स्थानीय तहमा युवा परिषद्, तथा गाउँ/नगर पालिकामा थोरै भुमिका दिए झै देखिएता पनि उच्च पदमा युवाको संख्या न्युन नै रहेको छ । नेपाली युवालाई सबल, क्षमतावान अनि प्रतिश्पर्धी, आत्म निर्भर बनाई राज्यका हरेक अंगमा सार्थक सहभागिता आजको आवश्यकता भएकोले युवा नेतृत्वको लागि दीर्घकालिन योजना बनाउन क्षमताको बिकाश, उक्तम शिलता, कर्मठ, स्वाबलम्बी बनाउन आवश्यक छ ।
हाम्रो देश नेपालमा युवाहरु परिचालन गर्ने प्रशस्तै ठाउँछन । रोजगारीका संभावना बिल्कुलै नभएका पनि होइनन् । तर वस्तुगत परिस्थितिको संलेषण गरेर लोकतान्त्रिक परिधि भित्र रहेर लक्ष्य प्राप्त गर्न मानवपँुजीको निमांण तथा उत्पादकत्व बढाउने, आधुनिक पुर्वधार र सघन अन्तर आवद्घताको माध्यमबाट नेपाललाई समृद्घ बनाउन सकिन्छ । समाज अनि राष्ट्रमा राजनैतिक, आर्थिक, सामाजिक अनि सांस्कृतिक रुपानन्तरणका लागि मात्र हैन । शोषण अन्याय, अत्याचार र दमनबाट ग्रसित समाजलाई जरैबाट परिवर्तन गर्न महत्वपुर्ण योगदान गर्ने सक्ने युवा वर्गलाई अवसर दिने हो भने, जनसंख्याको एउटा ठुलो हिस्सा बोकेको युवा वर्गले समाज परिवर्तन गर्न दिगो ढंगमा सफल हुन्छ ।