विद्यालय’ भनेको शिक्षाको मन्दिर अर्थात बालबालिकाहरुले आफ्नो भविष्य कोर्ने स्थल । जहाँबाट साना साना बालबालिकाहरुको भविष्य निर्माणको सुरुवात हुन्छ । सादा कागजमा जे लेख्यो त्यहि भएजस्तो साना साना बालबालिकाहरुलाई जे सिकाइन्छ जीवनमा त्यसले त्यही सिक्छ । त्यसैले नेपाल सरकारले विद्यालयलाई शान्ति तथा बालमैत्री वातावरण क्षेत्रको घोषणा गरेको छ ।
अधिकांश विद्यालयहरु शान्ति तथा बालमैत्री वातावरणमा संचालित छन् । तर वीरगंज महानगरपालिकाको एउटा यस्तो विद्यालय छ । जहाँ शिक्षाभन्दा पनि व्यापारलाई बढावा दिइएको छ ।
वीरगंज महानगरपालिका वडा नं. ९ घण्टाघरको छेउमै रहेको नेपाल रेल्वे मा.वि. विद्यालयमा यस्तो पनि जथाभावी बोर्डहरु झुण्ड्याउन नपाइने र झुण्ड्याए पनि विद्यालयको नामयुक्त ब्यानर तथा बालबालिकाहरु लाई चाहिने सचेतना मुलक लेखिएको बोर्ड । तर यो विद्यायलमा बालबालिकाहरुलाई शिक्षा दिने होडिङ्गबोर्ड भन्दा व्यापारिक प्रचारवाजीको बोर्ड झुण्ड्याइएको छ । अहिले विद्यालय भवनको माथि २०/५५ फिटको जे.के. होर्डिङ एण्ड सप्लायर्स कम्पनी काठमाडौंको ठूलो बोर्ड राख्ने कार्य भइरहेको छ ।
स्कुलको आयश्रोत बढाउनका लागि व्यवस्थापन समिति सँग छलफल गरेर प्रतिबर्ष ५० हजार पैसा लिने गरि ५ वर्षको प्रचार वाजीको कन्ट्रयाक्ट भएको विद्यालय का प्रधानाध्यापक दिनेश कुमार चौरसियाको भनाई छ । तर सहमति भएको माइनेटिङ्गमा प्रअ लगायत ५ जनाको मात्रै हस्ताक्षर छ, । जसले व्यवस्थापन समितिसँग छलफल नै नभएको भनेर शंका उत्पन्न भएको स्थानीय ले बताए । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जवाहर प्र. गुप्ता लगायत विजय कुमार रौनियार, हिरालाल राम, वाणी कर्ण र दिनेश कुमार चौरसियाको हस्ताक्षर छ । व्यवस्थापन समितिमा यि ४ जना मात्रै पदाधिकारी छन् ? कि अन्यसँग पनि छलफल गरेर यो निर्णय गरिएको हो ? यो खोजीको विषय हो विद्यालय श्रोतले जनाएको छ ।
प्रअका अनुसार विद्यार्थी हरुसँग चर्को शुल्क असुल नगरिएको कारण विद्यालयको आर्थिक अवस्था कमजोर छ, कहीबाट आयश्रोत छैन, त्यसैले विद्यालयको आन्तरिक श्रोत बढाउनका लागि विद्यलायको भवन कलेजलाई भाडामा दिइएको स्वीकार्दै प्रअ चौरसियाले यो प्रचारवाजी बोर्डबाट पनि केही आम्दानी हुन सक्ने भनेर विद्यालय व्यवस्थापन समितिको निर्णयबाट भाडामा लगाइएको उनले दावी गरे । विद्यालयको आम्दानीबारे वीरगंज महानगरपालिकालाई पनि जानकारी गराइएको भन्दै महानगरपालिकाले नै विद्यालय व्यवस्थापन समितिको निर्णयबाट भवन भाडामा लगाउन सकिने र बोर्ड पनि राख्न सकिने भनेपछि विद्यालय संचालन वाहेकको समयमा वीरगंज स्थित नेशनल एकडेमी कलेजलाई भवन भाडामा दिइएको र व्यापारिक प्रचारवाजीको लागि बोर्ड राखिएको विद्यालय प्रशासनको भनाइ छ ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी भने नियम कानूनले विद्यलायमा प्रचारवाजी बोर्ड झुण्ड्याउन नमिल्ने भएकोले तत्काल झुण्ड्याउन लागिएको बोर्डलाई हटाउन लगाइने बताए । विद्यालय जस्तो ठाउँमा व्यापारिक प्रयोजनका प्रचारवाजी बोर्ड झुण्ड्याउन नियमले मिल्दैन, यदि झुण्ड्याएको छ भने तत्काल हटाइन्छ उनले भने ।